छोटकरीमा आज - २०७७ भाद्र ०८, सोमबार

आज कोरोना संक्रमणको पछिल्लो वस्तुस्थिति, नेकपामा नयाँ सहमति, अस्पतालहरूको वर्गीकरण खारेज, सबैले संक्रमितको उपचार गर्नुपर्ने, कोरोना भाइरसको नयाँ प्रकोपको संघारमा दक्षिण कोरिया, फिलिपिन्समा दुई वटा बम विस्फोट, चीनले सुरु गर्‍यो कोरोनाविरुद्धको आपतकालीन खोप लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।



सोमबार ७४३ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३२,६७८ पुगेको छ भने मृत्यु हुनेको संख्या १५७ पुगेको छ।

हालसम्म नेपालमा १८,८०६ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR परिक्षण : ६,१०,४६९ => क्वारेन्टाइनमा : ११,२७५

सम्बन्धित :

  • कोरोना संक्रमित थप आठजनाको सोमबार निधन भएको छ। निधन हुनेमा पाँचजना पुरुष र तीनजना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
  • काठमाडौं उपत्यकाका तीन जिल्लाका थप दुई सय २४ जनामा सोमबार काेरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं जिल्लाका एक सय ७७ जना, ललितपुरका ३३ जना र भक्तपुरका १४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
  • मकवानपुरमा कोरोना संक्रमितको संख्या बढेसँगै दोस्रोपटक निषेधाज्ञाको म्याद थपिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले १५ भदौसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। 
  • ओखलढुंगामा सरुवा भएर आएका प्रहरीमा कोरोना संक्रमण देखिन थालेपछि कडाइ गरिएको छ । बाहिरी जिल्लाबाट रमाना लिएर आएका प्रहरी र उनीहरूका परिवारमा केही दिनयता लगातार कोरोना संक्रमण पुष्टि हुन थालेपछि जिल्ला कमान्ड पोस्टले कडाइ गरेको हो । 
  • नेपाल प्रहरीमा कोरोनाभाइरस संक्रमितको संख्या एक हजार नाघेको छ। सोमबारसम्म नेपालका विभिन्न स्थानमा खटिएका प्रहरीमा संक्रमण हुनेको संख्या एक हजार एक सय ४२ पुगेको हो। तीमध्ये सात सय ४४ जना देशका विभिन्न स्थानमा रहेको अस्पतात तथा आइसोलेशन सेन्टरमा उपचाररत छन्।


कोरोना संक्रमण नियन्त्रण सम्बन्धित निर्णयहरू :

  • प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोनाविरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित गर्ने घटनाप्रति दुःख व्यक्त गरेको छ। प्रतिकूल वातावरण र सामग्री अभावबीच स्वास्थ्यकर्मीहरूले ‘फ्रन्टलाइन’मा रहेर उच्चमनोबलले कार्य गरिरहेको भन्दै देउवाले अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरण बनाइदिन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । 
  • सरकारले यसअघि अस्पतालहरूलाई लेभल १, २ र ३ भनेर वर्गीकरण गरेकोमा त्यसलाई खारेज गरेको छ। अब तोकिएका कोभिड अस्पतालहरूले संक्रमितलाई आफै भर्ना गरेर उपचार गर्नुपर्ने छ। यसअघि केही अस्पतालहरूले संक्रमितहरूलाई अन्य अस्पतालमा रिफर गर्दै आएका थिए। यस्तै आइतबारै मन्त्रालयले सानेपास्थित मेघा अस्पताललाई पनि कोभिड अस्पताल बनाउने निर्णय गरेको थियो । यो व्यवस्था अनुरुप अब कोभिड उपचार गर्ने अस्पतालले अन्य बिरामी उपचारका लागि छुट्टै व्यवस्था गर्नुपर्ने छ । कोभिड र नन् कोभिडलाई एकै स्थानमा उपचार गर्न पाउने छैनन् ।
  • घरघरबाट स्वाब संकलन गर्ने नाममा बढी शुल्क लिने गरेको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी प्रयोगशाालाहरूलाई तत्काल सो कार्य (होम कलेक्सन) बन्द गर्न निर्देशन दिएको छ। प्रयोगशालाले पिसिआर परीक्षण गर्न चाहने व्यक्तिलाई सरकारले तोकेको ५ हजार ५ सय भन्दा बढी शुल्क नतिर्न अनुरोध गरेको छ।
  • विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिन थालेपछि कर्णालीका सात जिल्लामा निषेधाज्ञा गरिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर र भेरीगंगा नगरपालिका, जुम्ला, मुगु, कालीकोट, दैलेख, जाजरकोट र रुकुम पश्चिममा निषेधाज्ञा गरिएको हो।
  • कोरोना भाइरस सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि राजधानी काठमाण्डूसहित देशका विभिन्न भागहरूमा दुर्व्यवहार भएका विवरणहरू आइरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई "तत्काल पक्राउ गरी कारबाही गर्न" माग गरेको छ। नेपाल प्रहरीले भने पहिले नै देशैभरिका प्रहरी कार्यालयहरूलाई त्यस्ता कार्यबारे जानकारी आए तुरुन्त कारबाही अघि बढाउन निर्देशन दिइएको जनाएको छ।
  • पूर्वस्वास्थ्यमन्त्री तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ४ का सांसद गगन थापाले काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना रोकथामका लागि महानगरले खेल्न सक्ने भूमिकाबारे सातबुँदे सुझाबसहित ध्यानाकर्षण गराएका छन्।महानगरको कार्यालयमै पुगेर नेता थापाले कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसनलगायतको प्रभावकारी व्यवस्थापनमा स्थानीय सरकारको तर्फबाट भूमिका खेल्न ध्यानाकर्षण गराएका हुन्।
  • बाग्लुङ नगरपालिकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । ३ भदौदेखि जारी निषेधाज्ञा एक साता लम्ब्याएर १५ भदौसम्म पुऱ्याइएको हो । 
  • उपत्यका नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले संक्रमणको अवस्था अझै कम नभएको निष्कर्ष निकाल्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउन जिल्ला प्रशासनलाई सुझाव दिइएकाे छ। 
  • संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने बताएका छन्। विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु सिधै घर जान पाउने स्पष्ट पारेका हुन् ।



ठूलै आन्तरिक सङ्घर्षमा फसेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कार्यदलले 'सहमतिको प्रतिवेदन' सर्वसम्मत रूपमा तयार पारेपछि त्यहाँभित्रको विवाद अहिलेलाई अन्त्य हुने ठानिएको छ।

महासचिव विष्णु पौडेलको नेतृत्वमा दुवै अध्यक्ष र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरू रहेको कार्यदलले तयार गरेको प्रतिवेदन दुवै अध्यक्षले बुझेका छन्।

सम्बन्धित :

  • नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अधिकार बाँडफाँडलाई लिएर भएको संघर्ष टुंग्याउन पार्टी महासचिवको नेतृत्वमा गठित कार्यदलले चारबुँदे प्रस्ताव अगाडि सारेको छ । ‘कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पार्ने’ शीर्षकमा कार्यदलको प्रतिवेदनमा पारस्परिक विश्वास, सहमति, विधान र पद्धतिअनुरूप समस्या समाधान गर्न सुझाब छ । 


 नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताएका छन् । १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उनले बताए ।



केन्द्रीय बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकमा आर्थिक वर्ष २०७६-७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले मात्र कमी आएको छ । नेपाल राष्ट्र बैंकले आफूले गरेको अनुमान तथा विश्व बैंकले गरको प्रक्षेपणलाई चुनौती दिने तथ्य सार्वजनिक गरेको हो।



काठमाडौं विश्वविद्यालयले कोरोना महामारीका बेला विद्यार्थीलाई शुल्क तिर्न दबाब दिएसँगै उक्त कदमको विद्यार्थीद्वारा विरोध भएको छ।

अनलाइन कक्षा सञ्चालन गरिरहेको विश्वविद्यालयले स्कुल अफ साइन्स र स्कुल अफ इञ्जिनियरिङ स्नातक तह दोस्रो सेमेस्टरका विद्यार्थीलाई भदौ १५ गतेसम्म शुल्क तिर्न भनेको हो।



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी दिदी मारियन ट्रम्प ब्यारीले आफ्नो भाइको कटु आलोचना गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ।

उनले बोलेको कुरालाई गोप्य रूपमा रेकर्डिङ गरिएको सो सामग्रीमा ट्रम्पकी दिदीले भाइलाई "सिद्धान्तहीन, ढँटुवा, नक्कली तथा निर्दयी" भनेकी छन्। राष्ट्रपतिकी भतिजी मेरी ट्रम्पले उक्त गोप्य रेकर्डिङ गरेकी थिइन्।



अमेरिकाको खाद्य तथा औषधि प्रशासनसम्बन्धी नियामक निकाय एफडिएले कोरोनाभाइरसबाट निको भएकाहरूको रगतको प्लाज्मा तत्व अन्य बिरामीका लागि प्रयोग गर्न आकस्मिक अनुमति दिएको छ। प्रारम्भिक परीक्षणमा यो उपचार विधि सुरक्षित भएको पाइएको एफडिएले जनाएको हो। अमेरिकामा करिब ७० हजार बिरामीमा यसको प्रयोग भएको बताइन्छ।



कोभिड-१९ को नियन्त्रणमा प्रभावकारी मोडल अवलम्बन गरेको दक्षिण कोरियाका अधिकारीले मुलुक फेरि नयाँ राष्ट्रव्यापी कोरोना प्रकोपको संघारमा पुगेको बताएका छन् । 

राइट-विङ प्रेस्बिटेरियन चर्चकोबाट पहिलोपटक १७ वटा प्रान्तमा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । हरेक दिन कोरोना भाइरस संक्रमितको संख्यामा तीन अंकले बढिरहेको छ । 



कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि उत्पन्न परिस्थितिका कारण अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री सहजै प्राप्त गर्न समस्या भएको छ।

एसोसियट प्रेस(एपी)मा प्रकाशित समाचारका अनुसार विषेश गरेर अनलाइन कक्षा सञ्चालनका क्रममा आवश्यक पर्ने सामग्रीहरु सहजै पाउन गाह्रो भएको र पाएपनि निकै ढिलो मात्रै प्राप्त हुने गरेको उपभोक्ताहरूले बताएका छन्।



फिलिपिनो सञ्चारमाध्यमहरुका अनुसार फिलिपिन्सको दक्षिणी क्षेत्र सुलु प्रान्तको जोलो सहरमा गराइएको विस्फोटमा परी ६ जना सैनिक र ५ जना सर्वसाधारणको मृत्यु भएको हो। विस्फोटमा परी कम्तीमा ४० जना घाइते भएका छन्।



चीनले नोभेल कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको दाबी गरेको छ। चिनियाँ स्वास्थ्य अधिकारीले जुलाई २२ मा चिनियाँ कम्पनीले विकास गरेको कोभिड-१९ खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको बताएका छन्। 

यसअघि रुसले पनि कोरोना भाइरसविरुद्धको खोप विकास भएको दाबी गर्दै आपतकालीन प्रयोग गर्न अनुमति दिएको थियो।



अमेरिकी राष्ट्रपतिका लागि नोभेम्बरमा हुने निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार केलिन कनवेले राजीनामाको घोषणा गरेकी छन् ।

५३ वर्षीया कनवेले एक विज्ञप्ति जारी गर्दै अगस्त अन्तिममा आफूले राजीनामा दिने घोषणा गरेकी हुन् । उनले अब आफ्नो सन्तानप्रति केन्द्रित हुने र उनीहरुलाई ड्रामाभन्दा पनि 'मामा' बनेर हेरचाह गर्ने बताएकी छन् । 



भारतले कोरोना भाइरसको परीक्षण दरलाई आक्रामक रूपले अगाडि बढाएको छ।

तीव्र रूपमा संक्रमित पत्ता लगाउने, कन्ट्याक्ट ट्रेसिङ गर्ने लक्ष्यका साथ एकैदिनमा १० लाखसम्मको परीक्षण गरेको छ। यसमध्ये पोजिटिभ दर १० प्रतिशतभन्दा कम छ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक