अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी गर्ने अनुमति दिएका छन्। उनले त्यहाँको खाद्य तथा औषधी प्रशासनलाई थेरापीको अनुमति दिएको आइतवार पत्रकार सम्मेलनमा बताए।
कोभिड-१९ संक्रमितहरूको रगतको प्लाज्मामा भाइरस विरुद्ध एन्टिबडी बन्छ। उक्त एन्टिबडी संक्रमण मुक्त नभइसकेका र बिरामी अवस्थामा रहेकाको शरीरमा प्रयोग गरिनु प्लाज्मा थेरापी हो।
यस थेरापीले संक्रमितको मृत्यु दरलाई ३५ प्रतिशतसम्म कम गर्न सकिने ट्रम्पको दावी छ।
ट्रम्पले कोरोना भाइरस चिनियाँ भाइरस भएको बताएको । भने,’यस भाइरसविरुद्धको लडाईमा प्लाज्मा थेरापी महत्वपूर्ण छ। यसबाट धेरै मानिसको जीवन बचाउन सकिन्छ।‘ त्यसका लागि संक्रमण मुक्त भएकालाई प्लाज्मा दान गर्न आग्रह गरेका छन्।
ट्रम्पले कोरोना भाइरसविरुद्ध भ्याक्सिन चाँडै बन्ने आशा समेत व्यक्त गरे। अमेरिका भाइरसका कारण सर्वाधिक प्रभावित देश हो। हालसम्म त्यहाँ ५६ लाखभन्दा बढी संक्रमित हुँदा १ लाख ८० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।