आज न्युयोर्क सिटीको तापक्रम ८५ डिग्री फरेनहाइट नाघ्ने अनुमान गरिएको छ । विहानको हल्का बर्षा र आँधीपछि ब्रुकलिन लगायत न्युयोर्क सिटीका केही भागको तापक्रम दिउसो ८५ डिग्री फरेनहाइट नाघ्ने राष्ट्रिय मौसम सेवाको पूर्वानुमान रहेको छ । कतिपय भागमा दिउँसो २ बजेसम्म हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यसपछि घाम चर्किदै जाँदा तापक्रम पनि बढ्दै […]
युक्रेनी सेक्युरिटी सर्भिसका अनुसार गिरफ्तार गरिएका दुईजना कर्णेलले जेलेन्स्कीका अङ्गरक्षकहरूमध्ये त्यस्ता व्यक्तिको खोजी गरिरहेका थिए जो उनको अपहरण तथा हत्या गर्नका निम्ति इच्छुक होऊन्।
पछिल्लो २४ घण्टामा बाराको कलैयामा सबैभन्दा बढी वर्षा मापन भएको छ। जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार कलैयामा ६६७.८ मिलिमिटर वर्षा भएको छ।
भर्खरै इलाम २ को उपनिर्वाचनमा जित हासिल गरेका सुहाङको व्यक्तिगत ‘क्रेज’ सिंहदरबारभित्र पनि राम्रैसँग उजागर भयो । उनलाई चिन्नेहरू सेलिब्रिटी भेटेजसरी हात मिलाउन र फोटो खिचाउन आतुर देखिन्थे । सुहाङले पनि भ्याएसम्म सबैलाई रेस्पोन्स गरे ।