अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोनाको उपचार गर्न अनुमती

कोभिड-१९ {अपडेट}

अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोनाको उपचार गर्न अनुमती

भदौ ८, २०७७

    काठमाडौं : अमेरिकाले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति दिएको छ। 

    राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरी अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले प्लाज्मा थेरापीको अनुमति दिएको बताए। उनले कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिँदै यो विधिबाट उपचार गरी धेरै मानिसको ज्यान जोगाउन सकिने विश्वास व्यक्त गरे। उनले प्लाज्मा थेरापी बिधिबाट उपचार गर्दा मृत्युदर ३५ प्रतिशतसम्म घटाउन सकिने अध्ययनले देखाएको बताए।

    यसैबीच भारतमा पछिल्लो २४ घण्टामा ६१ हजार बढी कोरोना संक्रमित थपिएका छन्। भारतमा हिजो मात्रै ६१ हजार ७ सय ४९ जना संक्रमित थपिँदा ८ सय ४६ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ हालसम्म ३१ लाख ५ हजार १ सय ८५ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ५७ हजार ६ सय ९२ पुगेको छ। पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलमा भने संक्रमित र मृत्यु हुनेको संख्या घटेको छ।

    अमेरिकामा ३२ हजार संक्रमित हुँदा ४०९ जनाको मृत्यु भएको छ । यस्तै ब्राजिलमा २३ हजार संक्रमित थपिएका छन् भने ४९५ जनाको मृत्यु भएको छ । यस्तै रसियामा ४ हजार ८५२ जनामा संक्रमण पुष्टि भएको छ भने ७३ जनाको मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५ हजार संक्रमित थपिँदा ४ हजार २१४ जनाको मृत्यु भएको छ। विश्वभर २ करोड ३५ लाख ७६ हजार संक्रमित हुँदा मृत्यु हुनेको संख्या ८ लाख १२ हजार पुगेको छ।
     

सम्बन्धित सामग्री

अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति

८ भदौ, काठमाडौं । अमेरिकाले कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्न अनुमति दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् । कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दै ट्रम्पले यो मजबुत …

अनलाइनखबर

ट्रम्पले कोरोना भाइरसलाई भने- चिनियाँ प्लेग

१९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘यो चिनियाँ प्लेग हो । …

अनलाइनखबर

अमेरिकामा धेरै प्रार्थाना जरूरी छ, चर्च खोलौँ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको तत्काल चर्चहरू खोलेर प्रार्थाना जरूरी भएको बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नु पर्ने बताए ...

नेपाल आज

'चीनले कोरोनाबाट विश्वलाई जोगाउन सक्थ्यो, तर जोगाएन'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणलाई लिएर चीनमाथि कडा टिप्पणी गरेका छन्।  ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनतर्फ इंगित गर्दै बेइजिङले चाहेको भए अमेरिकामात्र नभई विश्वलाई नै जोगाउन सक्ने अवस्था रहेको, तर यसो नगरिएको बताएका हुन्। कोरोना भाइरसबारे चीनको कदममाथि अमेरिकाले निकै गम्भीर...

थाहा खबर

अमेरिकी ग्रीनकार्ड सुविधा ६० दिनका लागि स्थगित गरिने

राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनकार्ड अर्थात् स्थायी बसोबासको अनुमति दिन स्थगित गरिए अमेरिकी नागरिकहरूलाई दिइने जागिरलाई रक्षा गर्न सकिने तर्क गरेका छन्।

बीबीसी नेपाली

अमेरिकी ग्रीनकार्ड सुविधा ६० दिनका लागि स्थगित गरिने

राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनकार्ड अर्थात् स्थायी बसोबासको अनुमति दिन स्थगित गरिए अमेरिकी नागरिकहरूलाई दिइने जागिरलाई रक्षा गर्न सकिने तर्क गरेका छन्।

बीबीसी नेपाली