छोटकरीमा यस हप्ता : श्रावण ३२ गतेदेखि भाद्र ०६ गतेसम्म (अन्तर्राष्ट्रियतर्फ)

यस हप्ता(श्रावण ३२गते -भाद्र ०६ गते) भित्र देशबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? थाहा पाउनुहोस्।



कोरोना सम्बन्धित :

गत शनिबारसम्म २,१४,१२,६४३ जनामा देखिएको कोरोना भाइरस बढेर यस शनिबार २,३२,२६,०४२

पुगेको छ। 

गत शनिबारसम्म कोरोना भाइरसका कारण ७,६४,४७० जनाको मृत्यु भएकोमा यस शनिबार ८,०५,०६८ पुगेको छ।

हालसम्म विश्वभर १,५७,८४,७८६ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन्।



कोरोना भाइरस एवं लकडाउन सम्बन्धित प्रभाव :

  • चिनियाँ अधिकारीहरूले चीनमै विकास गरिएको कोभिड-१९ खोपलाई पहिलो आविष्कार 'पेटेन्ट' (सर्वाधिकार) प्रदान गरेका थिए। चिनियाँ खोप कम्पनी क्यानसिनो बायोलोजिक्स कर्पोरेसनलाई चीनको बौद्धिक सम्पत्ति नियामक संस्थाले ११ अगस्टमा 'एडी ५-एनकोभ' नाम दिइएको यस खोपको पेटेन्ट प्रदान गरिएको हो।
  • भारतीय पूर्वक्रिकेटर चेतन चौहानको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो। जुलाई १९ मा कोरोना पुष्टि भएका ७३ वर्षीय चौहानको आइतबार उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका थिए। उनी उत्तर प्रदेशको अमरोहा क्षेत्रबाट दुई पटक लोकसभा सदस्यमा समेत निर्वाचित भएका थिए। 
  • विदेशबाट दक्षिण कोरिया भित्रिएका कोभिड–१९ संक्रमित तथा स्वदेशमा नै रहेका तर नियन्त्रणका उपायलाई उल्लङ्घन गर्ने बिरामीले उपचार खर्च आफैं व्यहोर्नु पर्ने भएको थियो। कोरिया सरकारले सोमबारबाट लागु हुने गरी यो व्यवस्था गरेको हो।
  • चिनियाँ स्वास्थ्य अधिकारीले चीनमा करिब चार महिनादेखि अस्पताल भर्ना भएका कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको जनाएका थिए। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका वरिष्ठ अधिकृत गुओ यान्होङले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि चिनियाँ रणनीति प्रभावकारी भएको दाबी गरेका थिए।
  • भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था ह्रासोन्मुख देखिएको भारतीय राजधानी नयाँ दिल्लीमा रहेको आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलले जनाएको थियो। भारतीय पूर्वराष्ट्रपति मुखर्जी केही समय अघि सो अस्पतालमा भर्ना भएका थिए। उनी अहिले पनि उपचाररत छन्।
  • चीनको राजधानी बेइजिङका बासिन्दा अब घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन नपर्ने भएको छ। सरकारको नयाँ मापदण्डअनुसार बेइजिङका बासिन्दाले बिहीबारदेखि अर्को व्यक्तिसँग नजिकै जानुपर्दा बाहेक मास्क लगाउनु नपर्ने व्यवस्था गरिएको हो। त्यहाँ सार्वजनिक स्थानमा थुक्न भने कडा प्रतिबन्ध लागू गरिएको छ।
  • न्युजिल्यान्डमा क्‍वारेन्टाइनको नियम उल्लंघन गरेको भन्दै ३३ वर्षीय पुरुषलाई ६ हप्ताका लागि जेल सजाय तोकिएको छ। यस महिनाको सुरुआतमा जेसी कोर्टनी वेल्स अस्ट्रेलियाबाट आएर अकल्यान्डस्थित क्‍वारेन्टिनमा रहेका आफ्नो साथीलाई भेट्‍न त्यहाँ पुगेका थिए। 



यस हप्ताका आर्थिक, राजनीतिक एवं न्यायीक गतिविधिहरू :

  • बेलारुसमा भइरहेको राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोविरुद्धको आन्दोलनमा सरकारी टेलिभिजनकर्मी नै सहभागी भएका थिए। अगस्ट ९ मा भएको निर्वाचनको परिणाममा राष्ट्रपति लुकासेन्कोले धाँधली गरेको भन्दै भइरहेको प्रदर्शनमा सरकारी टेलिभिजनकर्मी पनि सहभागी भएका हुन्।
  • थाइल्यान्डमा राजनीतिक सुधारको माग गर्दै हजारौं सर्वसाधारणले विरोध प्रदर्शन गरेका थिए। राजधानी बैंककमा आइतबार गरिएका प्रदर्शनका सहभागीले संविधान तथा राजसंस्थाको सुधारको माग गरेका हुन्।
  • क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिएका थिए। अहिले मन्त्री मोर्नीका परिवारका सदस्यहरुसँग डब्लुई च्यारिटी नामको संस्थाको सम्बन्धमा अनुसन्धान शुरु भएको छ, र प्रारम्भिक विवरणमा च्यारिटीसँग सम्बन्ध रहेका प्रमाणहरु सार्वजनिक भएका हुन्। 
  • मालीमा सैनिक ‘कू’ भएको छ । सेनाले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई हिरासतमा लिएर सत्ता हातमा लिएको छ।त्यसअघि राष्ट्रपति इब्राहिम बुबाकारले टेलिभिजन सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। साथै उनले संसद र सरकार भंग गरेको जानकारी पनि दिएका थिए।
  • भ्रष्टाचार विरोधी अभियानकर्तासमेत रहेका रुसका विपक्षी नेता एलेक्सेई नाभाल्नीलाई चियामा विष खुवाइपछि अचेत भएका छन्। अचेत भएका ४४ वर्षीय नाभाल्नीको आईसीयूमा उपचार भइरहेको छ।उनी राष्ट्रपति पुटिनका कडा आलोचकसमेत रहेको बताइएको छ।
  • उत्तर कोरियाली नेता किम जोङ उनले बहिनी किम यो जोङलाई 'थप जिम्मेवारी' हस्तान्तरण गरेका छन्। दक्षिण कोरियाली जासुसी संस्था नेशनल इन्टेलिजेन्सका अनुसार किमले अझै पनि 'पूर्ण अधिकार' आफूमै राखेको तर तनावको स्तर कम गर्न कैयौं नीतिगत अधिकार बहिनीलाई सुम्पिएका बताएइको छ। 
  • मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा तैनाथ सबै अमेरिकी सेनालाई जतिसक्दो चाँडो स्वदेश फर्काउने पुनः प्रतिबद्धता व्यक्त गरेका छन्। इराकमा हाल पाँच हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ रहेको बताइन्छ। अमेरिकी समर्थनप्राप्त इराकी प्रधानमन्त्री अल–काधिमी गत मे महिनामा देशको प्रधानमन्त्रीमा नियुक्त भएका थिए। अमेरिका–इरानबीचको शत्रुतापूर्ण सम्बन्धका कारण काधिमीले दुबै देशसँगको सम्बन्धलाई सन्तुलनमा राख्न निकै ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ।  


अमेरिकी चुनाव प्रसंग :

  • अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना गरेकी थिइन्। नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि जो बाइडेनलाई औपचारिक रुपमा डेमोक्रेटिक उमेदवार घोषणा गर्नका लागि शुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओबामाले ट्रम्पको आलोचना गरेकी हुन्। 
  • पूर्वराष्ट्रपति बाराक ओबामाले क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसलाई उपराष्ट्रपतिको उमेदवार घोषणा गर्नु बाइडेनको सबैभन्दा उत्तम निर्णय भएको बताउँदै समर्थन जनाएका छन्। 
  • डेमोक्र्याटिक पार्टीको सम्मेलनले जो बाइडनलाई औपचारिक रूपमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवार बनाएको थियो। डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति बनेका बिल क्लिन्टन र जिमी कार्टर तथा रिपब्लिकन पार्टीको सरकार हुँदा विदेशमन्त्री रहेका कोलिन पावलले जो बाइडनलाई समर्थन गरेका थिए।
  • अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रामक रुपमा प्रस्तुत भएका छन्।डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति ओबामाले राष्ट्रपति ट्रम्पले राष्ट्रपति पदलाई र त्यसको जिम्मेवारीलाई 'एक अर्को रियालिटी शो' का रुपमा लिएको आरोप लगाएका थिए।
  • सोमबारदेखि शुरु भएको डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनको तेस्रो दिन कमला ह्यारिसले उपराष्ट्रपति उम्मेदवारको टिकट औपचारिक रुपमा प्रदान गरिएको थियो। राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले ह्यारिसलाई आफ्नो 'रनिङ मेट' का रुपमा चयन गरेका हुन्। 
  • पार्टीको सम्मेलनको दोस्रो दिन मंगलबार पूर्वराष्ट्रपति क्लिनटनले सम्बोधन गरेका थिए। भिडिओमार्फत पठाइएको सन्देशमा ट्रम्पले ओभल अफिसलाई 'लथालिंग' बनाएको क्लिन्टनको टिप्पणी थियो।


सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक