छोटकरीमा आज - २०७७ भाद्र ०५, शुक्रबार

आज कोरोना संक्रमणको पछिल्लो वस्तुस्थिति, निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने, आँगन र कौसीमै सीमित भयो तीजको नाच, कूटनीतिक राहदानी बाहकलाई ईजरायलमा भिसा नचाहिने, उत्तर कोरियाली नेता किमले दिए बहिनीलाई 'थप जिम्मेवारी', बेइजिङमा अब घरबाहिर निस्कँदा मास्क लगाउन नपर्ने लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।



शुक्रबार ८३८ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३०,४८३ पुगेको छ भने मृत्यु हुनेको संख्या १३७ पुगेको छ।

हालसम्म नेपालमा १८,२१४ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR परिक्षण : ५,७९,८९९ => क्वारेन्टाइनमा : १२,२३४

सम्बन्धित :

  • निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यस्तै स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ।
  • सरकारले विदेशबाट फर्किने कामदारहरू राख्न होटल क्वारिन्टिनहरु तोकेको छ। विदेशबाट चार्टर्ड उडानमा फर्कने कामदारले विदेशबाटै होटल बुकिङ गर्नुपर्ने छ। यसअनुसार विदेशबाट फर्किने यात्रुले एउटा कोठाको प्रतिदिन १५ सय देखि ९ हजार रुपैयाँसम्मका कोठा लिन सक्नेछन्। यसमा खाना खाजाको खर्च पनि जोडिएको छ।
  • पछिल्लो समय संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरुलाई मात्र अस्पताल भर्ना गर्ने निर्णय गरेको छ। लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरेको गर्दै काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन सेन्टर बनाउने सरकारको निर्णय रहेको छ ।
  • पछिल्लो समय संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरुलाई मात्र अस्पताल भर्ना गर्ने निर्णय गरेको छ। लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरेको गर्दै काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन सेन्टर बनाउने सरकारको निर्णय रहेको छ। (भदौ ०४ गते बिहीबार मन्त्रीपरिषदबाट भएका निर्णयहरू समेत तल राखिएको छ
  • सरकारले पीसीआर गर्न सहज भएका देशबाट भदौ १६ देखि नियमित रुपमा हवाई उडान गर्न दिने निर्णय गरेको छ। सरकारले मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन अनुमति प्रदान गरेको पीसीआर गर्न गाह्रो भएका मुलुकहरु कतार, साउदी अरबलगायतका मुलुकबाट नेपाल आउने नेपालीहरुलाई भने चार्टर उडानबाट मात्रै ल्याउन पाउने निर्णय गरेको छ।
  • सरकारले पीसीआर गरेका व्यक्ति र नगरेको व्यक्तिलाई एउटै विमानबाट ल्याउन नपाउने निर्णय पनि गरेको छ । त्यसरी यात्रु ल्याएको सबै यात्रुलाई होटलको क्वारेन्टाइनमा राख्दा लाग्ने खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने र त्यस्ता विमानलाई मन्त्रालयले कारबाही गर्ने पनि निर्णय गरेको छ। तर, नेपालमा आउँदा ७२ घण्टाअगाडि पीसीआर गरेको र नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने छ । सात दिन काठमाडौंमा होटल क्‍वारेन्टिनमा बस्‍नुपर्नेछ । त्यसपछि १४ दिन घरमै सेल्फ क्‍वारेन्टिनमा बस्‍ने लिखित प्रतिबद्धता जनाउनुपर्ने र त्यसको अनुगमन स्थानीय निकायले गर्ने सरकारले निर्णय गरेको छ।
  • सरकारले कोरोना भारइसको पिसिआर परीक्षणको लागि हालसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको बताएको छ। हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको पिसिआर परीक्षण भएको छ। सरकारले एकजनाको पिसिआर परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ रकम खर्च गर्दै आएको छ।
  • सरकारले क्‍वारेन्टिन व्यवस्थानका लागि एकिकृत क्‍वारेनटिन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ।क्‍वारेन्टिनको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। उक्त क्‍वारेन्टिनमा विदेशबाट उद्धार गरेर ल्याइएका व्यक्तिहरुलाई राखिने र त्यसवापतको खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च गरिने जनाइएको छ
  • प्रतिनिधि सभाको कानून न्याय तथा मानवअधिकार समितिले देशका ७७ वटै जिल्ला सदरमुकाममा कोभिड–१९ को पिसिआर परीक्षणको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले कोभिड–१९ को व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन प्रोत्साहन र बीमाको व्यवस्था गर्न समेत सुझाएको छ।
  • जिल्ला प्रशासन कार्यालय बर्दियाले आफूले जारी गरेको निषेधाज्ञा आज राति १२ बजेदेखि हटाउने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अध्यक्षतामा आज बसेको कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको जिप्रकाका सूचना अधिकारी नारायणप्रसाद ढकालले जानकारी दिए।
  • कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा शुक्रबार मध्यरातीदेखि निषेधाज्ञा जारी भएको छ। जिल्ला सुरक्षा समिति मोरङको शुक्रबार बसेको बैठकले १० भदौको मध्यरातीसम्म ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।
  • कालीकोटमा पनि आजै (शुक्रबार) रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र कालीकोटको शुक्रबार बसेको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय कालीकोटले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।



तीज विशेष :

  • काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो। भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे। उपत्यकालगायत देशभरका मुख्य शिवालयमा पनि नित्य पूजा बाहेक सबै गतिविधि बन्द गरिएको छ।
  • कोरोनका कारण यो वर्ष विगतका वषहरुमा झैं हरितालिका तिज मनाउने अवसर जुटेन । कोरोना संक्रमणका कारण घरबाहिर निस्किने वातावरण नभएपछि यो वर्ष तिज घरमै सीमित रह्यो। लकडाउनका बाबजुद पनि तिजका सयौं गीत सार्वजनिक भए । तर तिज गीतमा पार्टी प्यालेस तथा स्टेजमा नाच्ने अवसर भने जुटेन। 
  • हिन्दु नारीको महान् पर्व तिज यस वर्ष कोरोना संक्रमणले प्रभावित बन्यो। तर पनि आफ्नै टोल-घरमा भने महिलाहरुले मज्जैले कम्मर मर्काएर तिज गीतमा नाचगान गरेका छन्। उसो त राजधानी उपत्यका (काठमाडौं, भक्तपुर, ललितपुर) मा निषेधाज्ञा जारी गरिएको छ। राजधानीका महिलाहरु भने आफ्नै टोलमा भेला भएर तिज गीतमा नाचगान भने गरेका छन्। उनीहरुले सुरक्षित तवरबाट तिज पर्व मनाएको बताएका छन्।
  • कोरोनाको महामारीका कारण यस वर्ष पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरु सुनसान बनेका छन्। देशभरका मुख्य शिवालयमा नित्य पूजाबाहेक सबै गतिविधि बन्द गरिएका छन्। 
  • हिन्दु नेपालीहरुको ठूलो पर्व तीज यस वर्ष विगतमा वर्षहरुमा जस्तो उल्लासमय भएन। काठमाडौंका शिवमन्दिर र सार्वजनिक स्थलमा ठूलो संख्यामा महिलाहरु नाचगान र रमाइलो गर्ने गर्थे। तर, यो वर्ष निषेधाज्ञाका कारण महिलाहरु सार्वजनिक स्थलमा भेला हुन र भेटघाटबाट वञ्चित भए।
  • संसदको कानुन न्याय तथा मानव अधिकार समितिले प्रत्येक जिल्ला सदरमुकाममा कोरोना संक्रमण परीक्षणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। शुक्रबार प्रविधिको प्रयोगमार्फत बसेको समितिको बैठकले तत्काल ७७ वटै जिल्लाका सदरमुकामबाट पीसीआर परीक्षण हुने प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको हो।


माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नौ हजार भन्दा बढी विद्यार्थीको औसत ग्रेड प्वाइन्ट (जीपीए) ४ आएपछि विद्यालयको आन्तरिक मूल्यांकनको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २८ साउनमा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले एसईईमा अंग्रेजी, गणित र विज्ञानमा ‘डी प्लस’ नल्याउने विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न नदिने निर्णय गरेको छ।



बाढी/पहिरो वितण्डा :

  • अछामको रामारोशन गाउँपालिकाका बाढी पीडितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । सो टोली सर्खेतमा अवतरण गर्ने र सुर्खेतबाट एमआई–१७ हेलिकोप्टरमार्फत् अछाम पुग्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ।
  • वैशाखयता मात्र नेपालमा चट्याङबाट ५२ जनाको ज्यान गएको छ भने १६५ जना घाइते भएका छन्। यस्तै, वैशाखयता पहिरोबाट ज्यान गुमाउनेको संख्या २२३ छ भने बाढीका कारण १४ जनाले ज्यान गुमाएका सरकारले बताएको छ ।
  • साताअघिको लिदी पहिरोमा परी बेपत्ता भएकामध्ये नौ अझै हराइरहेका छन्। सुरक्षाकर्मीले निरन्तर खोजी जारी राखे पनि बेपत्ताहरु फेला पर्न सकेका छैनन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका झण्डै ५० जनाको सुरक्षाकर्मी टोली बेपत्ताको खोजीमा जुटिरहेको छ।



सीमा सुरक्षा मात्र हेर्ने जिम्मेवारीसहित सशस्त्र प्रहरी बलले तराईका आठ जिल्लामा रिजर्भ गण स्थापना गरेको छ। यसअघि भन्सार, राजस्व तथा औद्योगिक गुल्ममा खटाइएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा खटाइएको हो। 

झापा, सुनसरी, महोत्तरी, बारा, कपिलवस्तु, बाँके, कैलाली र दार्चुलामा रिजर्भ गण स्थापना भएको हो। 



ईजरायल र नेपालबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशआज्ञाको आवश्यकताबाट उन्मुक्तिसम्वन्धी सम्झौता भएको छ। यो सम्झौतासँगै अब कुनै एक राष्ट्रको कूटनैतिक राहदानी बाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्मका लागि जाँदा प्रवेशाज्ञा लिनु पर्दैन।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा तैनाथ सबै अमेरिकी सेनालाई जतिसक्दो चाँडो स्वदेश फर्काउने पुनः प्रतिबद्धता व्यक्त गरेका छन्। इराकमा हाल पाँच हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ रहेको बताइन्छ।

सम्बन्धित :

  • अमेरिकी समर्थनप्राप्त इराकी प्रधानमन्त्री अल–काधिमी गत मे महिनामा देशको प्रधानमन्त्रीमा नियुक्त भएका थिए। अमेरिका–इरानबीचको शत्रुतापूर्ण सम्बन्धका कारण काधिमीले दुबै देशसँगको सम्बन्धलाई सन्तुलनमा राख्न निकै ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ।  


नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलिङमा आफ्नो धारिलो प्रदर्शन गरे पनि उनको टिम जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा ट्रिनबागो नाइट राइडर्ससँग शुक्रबार ७ विकेटले पराजित भएको छ।

जितका लागि १ सय ३६ रनको लक्ष्य पाएको ट्रिनबागोलले १८.१ ओभरमा ३ विकेट गुमाएर आवश्यक रन बनाएको थियो। जमैकाले बलियो लक्ष्य तयार पार्न नसक्नु हारको कारण रह्यो।



उत्तर कोरियाली नेता किम जोङ उनले बहिनी किम यो जोङलाई 'थप जिम्मेवारी' हस्तान्तरण गरेका छन् । दक्षिण कोरियाली जासुसी संस्था नेशनल इन्टेलिजेन्सका अनुसार किमले अझै पनि 'पूर्ण अधिकार' आफूमै राखेको तर तनावको स्तर कम गर्न कैयौं नीतिगत अधिकार बहिनीलाई सुम्पिएका बताएइको छ। 

सम्बन्धित :

  • अब अमेरिका र दक्षिण कोरियाबारे प्योङ्याङको नीतिसहित अन्य नीतिगत मुद्दाहरूको जिम्मेवारी बहिनी किममा सरेको र उनी वास्तविक रूपमा दोस्रो नम्बरको नेता रहेको बताइएको छ । 


लिम्पियाधुरा, कालापानी र लिपुलेकको स्वामित्वलाई लिएर नेपाल–भारतबीच विवाद भइरहेका बेला चीनले सो क्षेत्रमा अतिरिक्त सैनिक खटाएको भारतीय सञ्चारमाध्यमको दाबी छ। चीनले त्यस क्षेत्रमा एक सय ५० लाइट कम्बाइन आम्र्ड ब्रिगेड खटाएको र उनीहरू दुई साताअघि तिब्बतबाट लिपुलेकतर्फ प्रस्थान गरेको उनीहरूले बताएका छन्।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद्कुमार पोखरेलले भारतीय मिडियाले गरेको दाबीमा सत्यता नभएको बताएका छन्। 



चीनको राजधानी बेइजिङका बासिन्दा अब घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन नपर्ने भएको छ। सरकारको नयाँ मापदण्डअनुसार बेइजिङका बासिन्दाले बिहीबारदेखि अर्को व्यक्तिसँग नजिकै जानुपर्दा बाहेक मास्क लगाउनु नपर्ने व्यवस्था गरिएको हो। त्यहाँ सार्वजनिक स्थानमा थुक्न भने कडा प्रतिबन्ध लागू गरिएको छ।



 न्युजिल्यान्डमा क्‍वारेन्टाइनको नियम उल्लंघन गरेको भन्दै ३३ वर्षीय पुरुषलाई ६ हप्ताका लागि जेल सजाय तोकिएको छ। यस महिनाको सुरुआतमा जेसी कोर्टनी वेल्स अस्ट्रेलियाबाट आएर अकल्यान्डस्थित क्‍वारेन्टिनमा रहेका आफ्नो साथीलाई भेट्‍न त्यहाँ पुगेका थिए। 


सम्बन्धित सामग्री

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर खरानी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट दोभान बजारका ४९ घर जलेर नष्ट हुँदा डेरा गरी बसेकासहित ७१ परिवार विस्थापित भएका छन् । कसरी लाग्यो आगो ?

छोटकरी सम्पादक

फेवातालको नयाँ क्षेत्रफल प्रश्नको घेरामा, १५ सय ४५ रोपनी क्षेत्रफल घटेको दाबी

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

छोटकरी सम्पादक

कोरोनाविरुद्धको थप ५० लाख डोज खोप खरिद गर्दै सरकार

सरकारले कोरोना भाइरस विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । दोस्रो चरणको खोप कार्यक्रम सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको छ । जसमा ५५ वर्ष र माथिका नागरिकलाई लगाउने तयारी सरकारको छ ।

छोटकरी सम्पादक

प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : प्रोपोगाण्डा कि वास्तविकता ?

'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यसप्रकारको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

छोटकरी सम्पादक

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

छोटकरी सम्पादक