लाङटाङ राष्ट्रिय निकुञ्ज सञ्चालित होटलको टेन्डर प्रक्रिया अघि बढ्यो

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७४/७५ मा टेन्डर गर्ने तयारी गरेपनि विभिन्न कारणले टेन्डर हुन् सकेको थिएन।  

भुकम्पका कारण व्यवसाय धरासायी भएपछि केही समय टेन्डर रोकिएको थियो। गत आर्थिक वर्ष २०७५/७६ मा टेन्डर हुने तयारी भएपनि विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण टेन्डर नभएको निकुञ्जले जनाएको छ।  

कोभिड–१९ को कारण तत्काल टेन्डर नहुने भएपनि कार्यालयले तयारी सुरु गरिसकेको निकुञ्जका रेन्जर तथा सहायक सूचना अधिकारी रमेश बस्नेतले बताए। ‘अहिले तत्काल टेन्डर नभएपनि आन्तरिक तयारी सुरु भएको छ’, उनले भने, ‘कोरोना भाइरसको महामारी कम भएपछि टेन्डर निकाल्छौं ।’

कोरोना भाइरसको कारण होटल तथा पर्यटन व्यवसायमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीले राजस्व छुट मागिरहेको बेला निकुञ्जले भने टेन्डर प्रक्रिया अघि बढाएको छ। निकुञ्जका अनुसार आर्थिक वर्ष २०७६/७७ मा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलले ४ करोड ८६ लाख ७९ हजार ८ सय १६ रुपयाँ राजस्व बुझाउन पर्नेमा ३ करोड ४५ लाख ५७ हजार ९ सय ५ रुपयाँ बुझाएका छन्। अब व्यवसायीले १ करोड ४१ लाख २१ हजार ९ सय ११ रुपैयाँ राजस्व बुझाउन बाँकी छ।  

निकुञ्ज तथा मध्यवर्ती क्षेत्र भित्र ५१ वटा होटल, लज तथा चिया पसल सञ्चालनमा छन्। उनीहरूले ग्रेड अनुसार वार्षिक रूपमा निकुञ्जलाई राजस्व बुझाउन पर्छ। निकुञ्जका अनुसार ‘क’ वर्गका होटलले १ लाख २० हजार, ‘ख’ वर्गकाले ९० हजार, ‘घ’ बर्गकाले ६० हजार र घ बर्गकाले २० हजार रुपयाँ वार्षिक राजस्व तिर्नुपर्छ। चारै वर्गका होटल, लज तथा चिया पसललाई वार्षिक १० प्रतिशत शुल्क थपिँदै जान्छ।  

भूकम्प जानुअघि ५५ वटा होटल सञ्चालनमा थिए। भूकम्पपश्चात निकुञ्जले चारवटा होटलको सम्झौता रद्द गरेको थियो। लाङटाङ रुटमा २२, गोसाइँकुण्ड रुटमा १३ वटा र ठाडेपाटी रुटमा १६ वटा होटल सञ्चालनमा छन्। गएको चैतदेखि पर्यटकीय क्षेत्रमा सञ्चालन भइरहेका होटलमा पर्यटक आएका छैनन्।  

प्रकाशित: ४ भाद्र २०७७ १७:०७ बिहीबार

सम्बन्धित सामग्री

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल सञ्चालन

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आएका छन्। जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै त्यहाँ सञ्चालित होटल, लज तथा चियापसल सञ्चालनमा आएका हुन्।

नागरिक दैनिक

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आउने

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आउने भएका छन्। जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै त्यहाँ सञ्चालित होटल, लज तथा चियापसल सञ्चालनमा आउन लागेका हुन्।

नागरिक दैनिक

लाङटाङ निकुञ्ज क्षेत्रमा सञ्चालित होटलको टेन्डर प्रक्रिया सुरु

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ ।

नागरिक दैनिक

लाङटाङ राष्ट्रिय निकुञ्जमा चोरी तस्करी बढ्यो

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी तस्करी बढेको छ । सरकारले जारी गरेको लकडाउनको मौका छोपेर निकुञ्ज

नयाँ पत्रिका

गैँडा गणना आउँदाे चैत १ देखि

चितवन – दुर्लभ एक सिङ्गे गैँडाको गणना यही चैत १ गतेदेखि सुरु गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाको सम्पूर्ण तयारी अघि बढाइएको छ ।  फागुनको अन्तिम हप्ता प्राविधिक कर्मचारीलाई तालिम ...