डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावलाई ‘रियालिटी सो’जस्तो बनाए : बाराक ओबामा

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनलाई ‘रियालिटी सो’ जसरी लिएको आरोप लगाएका छन्। बुधवार प्रजातान्त्रिक सम्मेलनमा ओबामाले ट्रम्प राष्ट्रपतिका रुपमा अयोग्य भएको बताएका हुन्।

ओबामाले भने,’डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रुपमा राम्रो काम गरेका छैनन् किनकि उनी सक्दैनन्।‘ उनले ट्रम्पले कुनै काम गर्न रुची समेत नदेखाएको बताएका छन्।

भने,’उनी आफूसँग भएको शक्तिको प्रयोग गर्न चाहँदैनन्। सबै काम आफू र आफ्ना साथीहरूका लागि मात्र गर्छन्।‘

चार दिन लामो प्रजातान्त्रिक सम्मेलनमा कमला ह्यारिसले उपराष्ट्रपति पदको मनोनयन स्वीकार्ने छिन्।.अन्तिम दिन पार्टीकोतर्फबाट राष्ट्रपतिको उम्मेद्वारी दिएका जोय वाइडेनले पनि मन्तव्य दिनेछन्।

आउँदो नोभेम्बर ३ मा हुने निर्वाचनमा वाइडेन र ह्यारिसको प्रतिस्पर्धा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सविरुद्ध हुनेछ।  

 

सम्बन्धित सामग्री

ट्रम्प ह्वाइट हाउसबाट निस्किन मानेनन् भने सेना लगाएर निकालिन्छ : ओबामा

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउ (राष्ट्रपतिको कार्यालय) बाट निकालिने चेतावनी दिएका छन्।

नागरिक दैनिक

ह्वाइटहाउसभित्र कमाण्डो पठाएर ट्रम्पलाई बाहिर निकाल्न सकिन्छ : ओबामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारिसकेका छन्। तर, उनले हार स्वीकारेका छैनन्।  चुनाव हारेका ट्रम्प नोभेम्बर ३ यता ह्वाइटहाउसबाट बाहिर देखिएका छैनन्।  यही बीचमा पूर्व राष्ट्रपति बराक ओबामाले ट्रम्पको जिद्दीपन बारे बोलेका छन्। एक अन्तर्वार्ताका क्रममा ओबामाले भनेका छन्, 'यदि कोही ह्वाइट हाउस…

थाहा खबर

ओबामाले गरे ट्रम्पको आलोचना

२८ वैशाख, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलेाचना गरेका छन् । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि ट्रम्पले लिएको नीतिको ओबामाले विरोध गरेका हुन् । उनले अहिले अमेरिकाले कोरोना भाइरसको नियन्त्रणको लागि …

अनलाइनखबर

अमेरिकी कोसँग बढी प्रभावित छन्, ट्रम्प वा ओबामा ?

अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प वा पूर्वराष्ट्रपति बाराक ओबामा फेरि एकपटक आमनेसामने भएका छन्, तर यो वर्ष कोही विजेता र कोही पराजित भएका छैनन् । दुवैबीचको मुकाबिला बराबरी रहेको छ । एक अमेरिकी एजेन्सीले गरेको सर्भेमा डोनाल्ड ट्रम्प र बाराक ओबामा सर्वाधिक प्रशंसनीय व्यक्तिको सूचीमा बराबारीमा आएका छन् । यो सूचीमा बाराक ओबामा लगातार रहँदै आएका थिए भने डोनाल्ड ट्रम्पले उनलाई यसपटक टक्कर दिएका छन् ।

कारोबार दैनिक

ट्रम्पलाई यति चाँडै सफलताको श्रेय नलिन ओबामाको सुझाव

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय आर्थिक विकासको सम्पूर्ण श्रेय आफैँलाई दिइ आफ्नो

बाह्रखरी