विराटनगरमा स्वाब संकलन गर्ने चिकित्सकमै देखियो कोरोना, नमुना संकलन कार्य रोकियो

विराटनगर : विराटनगर महानगरपालिकाका स्वाब संकलनकर्ता एक चिकित्सकमा कोरोना संक्रमण देखिएको छ। महानगरपालिकामा पछिल्लो २४ घण्टामा ३१ महिला र ५५ पुरुषमा संक्रमण देखिएको  महानगरका जनस्वास्थ्य निरीक्षक तथा कोभिड १९ टिमका राजेन्द्र कुइँकेलले जानकारी दिए। कुइँकेलका अनुसार महानगरपालिकाका चिकित्सकसँगै नोवेल मेडिकल कलेजका तीन र न्यूरो अस्पतालका दुई जना कर्मचारीमा पनि