आयात प्रतिबन्धको असर भन्सार राजस्वमा

वैदेशिक मुद्रा सञ्चिति नियन्त्रणका लागि सरकारले महंगा वस्तुहरुको आयातमा लगाएको प्रतिबन्धले भन्सार राजस्व प्रभावित भएको छ । आयातकर्ताले एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने प्रावधान र विलासिताका वस्तु आयातमा सरकारले लगाएको प्रतिबन्धकै कारण चालू आर्थिक वर्षको चार महिना लगातार वीरगन्ज नाकाका भन्सारमा राजस्व असुलीमा गिरावट आएको हो । वीरगन्जका तीनवटै भन्सराहरु वीरगन्ज, एकीकृत भन्सार जाँच […]

सम्बन्धित सामग्री

भैरहवा नाकाबाट विद्युतीय गाडीको आयात बढ्यो

भैरहवा भन्सार नाकाबाट नेपाल भित्रने विद्युतीय सवारीसाधनको आयात बढेको छ । पछिल्लो समय विद्युतीय सवारीसाधनमा आकर्षण बढ्दै गएकाले आयात बढेको समाचार गोरखापत्र दैनिकले लेखेको छ ।  पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनबाट हुने वायु प्रदूषणबाट स्वास्थ्यमा असर पर्ने भएकाले विश्वव्यापी रूपमा विद्युतीय गाडीको माग बढ्दै गएसँगै नेपालमा पनि बढेको छ । चालु आर्थिक वर्षको चैत...

इन्धन आयात घट्दा राजस्व प्रभावित

पूर्वी नाका काँकडभिट्टाबाट भित्रिने पेट्रोलियम पदार्थको आयात घटेसँगै राजस्व असुली प्रभावित भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । पेट्रोलियम पदार्थको खपत कम हुँदा आयातमा समेत गिरावट आएको छ । त्यस्को प्रत्यक्ष असर राजस्व संकलनमा परेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले बताए । आयात परिमाण घट्दा राजस्व कम उठ्ने गरेको र […]

भारतबाट निर्वाधरुपमा कपडाको तस्करी,सुरक्षाकर्मी मूकदर्शक बन्दै

विराटनगरः आर्थिक ऐनअनुसार महिलाले लगाउने कुर्ता–सुरुवालको आयात गर्दा भन्सार विन्दुमा भन्सार महसुल २० प्रतिशत र भ्याट  तिर्नुपर्छ। दुबै खाले राजस्वमा ढुवानी खर्च र वीमाको रकम अनि त्यसमा तिर्नुपर्ने भन्सार महसुल र भ्याटसमेत जोड्दा २० र १३ को असर ३३ नभएर ३५ प्रतिशत पुग्छ। यसरी कुर्ता–सुरुवालको आयात गर्दा ३५ प्रतिशत राजस्व लाग्छ।…

आयात प्रतिबन्धले घट्यो राजस्व

काठमाडौं, साउन १८ । विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धको असर भन्सार महसुलमा देखिएको छ । जसको परिणाम गत आर्थिक वर्ष २०७८/७९ मा सरकारले लिएको भन्सार राजस्वको लक्ष्य पूरा हुन सकेन । अर्थ मन्त्रालयका अनुसार दुई खर्ब ७८ अर्ब ९२ करोड रुपैयाँ भन्सार महसुल उठाउने लक्ष्य रहेकोमा आर्थिक वर्षको अन्त्यसम्म दुई […]

गाडी आयातमा गरिएको कडाइको असर राजस्वमा

काठमाडौं । सरकारले गाडी आयातमा गरिएको कडाइको असर राजस्वमा देखिएको छ । वीरगञ्ज भन्सार कार्यलयमा १० महिनामा लक्ष्यको ३० प्रतिशत कम अन्तःशुल्क उठेको हो । साेही अवधिमा भन्सार कार्यलयमा १७ अर्ब ३१ करोड रुपैयाँ अन्तःशुल्क उठेको छ । वीरगञ्ज भन्सारबाट उठ्ने अन्तःशुल्कको मुख्य स्रोत नै गाडी आयात रहेको छ भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० […]

यी हुन् नेपालले १० महिनामा सबैभन्दा बढी रकम खर्चेर आयात गरेको १० वस्तु

काठमाडौँ– नेपालको आयात प्रत्येक वर्ष बढ्दो छ । खाद्यान्नदेखि लगाउने वस्तु सबै विदेशबाट आउँछ । आयात बढ्दै जाँदा नेपाली ठूलो रकम बाहिरिने गरेको छ । यसले देशको अर्थतन्त्रलाई समेत असर गरेको छ ।  भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले सबैभन्दा बढी रकम खर्चेर आयात गरेका वस्तुमा पर्छन्– डिजेल, पेट्रोल, […]

यी हुन् सबैभन्दा बढी रकम खर्चेर आयात गरेका वस्तु

नेपालको आयात प्रत्येक वर्ष बढ्दो छ । खाद्यान्नदेखि लगाउने वस्तु सबै विदेशबाट आउँछ । आयात बढ्दै जाँदा नेपाली ठूलो रकम बाहिरिने गरेको छ । यसले देशको अर्थतन्त्रलाई समेत असर गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले सबैभन्दा बढी रकम खर्चेर आयात गरेका वस्तुमा पर्छन्– डिजेल, पेट्रोल, एलपीजी ग्यास, कच्चा भटमास तेल, फलाम, मोबाइल फोन, कच्चा पाम तेल, खोप, कोइला र सुन । नेपालले पछिल्लो दश महिनामा यी दश वस्तु आयात गर्न ४ खर्ब ८८ अर्ब ७६ करोड

आयात–निर्यातको वर्तमान अवस्था र सुधारका उपाय

आयात वृद्धिसँगै देशको शोधनान्तर अवस्थामा पनि असर परेको छ । यो समयमा शोधनान्तर स्थितिको अर्थात् भुक्तानी सन्तुलनमा नकारात्मक अवस्थाको सिर्जना भएको छ । भर्खरै भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालको व्यापारघाटा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ पुगेकोे छ । तथ्यांकका अनुसार यो अवधिमा विदेशबाट नेपालमा १३ खर्ब […]

रुस - युक्रेन युद्धको असर : वीरगंजका तीन भन्सार नाकाबाट हुने तेल आयात घट्ने

वीरगंज : झण्डै एक महिनादेखि चलिरहेको रुस–युक्रेन युद्धको असर नेपालको व्यापारिक नाकामा पनि देखिने भएको छ। वीरगंज भन्सार कार्यालयहरुले वैशाखपछि प्रत्यक्ष रुपमा यस्तो असर देखिने जनाएका छन्। वीरगंजमा रहेको वीरगंज भन्सारको पुरानो भन्सार नाका र आईसिपी नाका तथा वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकामा युद्धको प्रत्यक्ष असर पर्ने भन्सार अधिकारीहरुले विश्लेषण…

वैदेशिक व्यापारमा असर : आयात निर्यात दुवै घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावलगायतको असर देशको वैदेशिक व्यापारमा समेत देखिन थालेको छ । बैंकहरूले व्यापारीको मागअनुसार कर्जा प्रवाह गर्न नसक्नु र विलासी सामानहरूको आयातमा कडाइ गर्ने नेपाल राष्ट्र बैंकको नीति कारण चालू आर्थिक वर्ष (आव) को माघ महीनामा आयात निर्यात दुवै व्यापार खुम्चिएको छ । माघ महीनामा आयात पौने १३ अर्ब रुपैयाँले घट्दा निर्यात ३ अर्ब रुपैयाँले घटेको भन्सार विभागले जानकारी दिएको छ । भन्सार विभागले मंगलवार प्रकाशित गरेको तथ्यांकअनुसार माघ महीनामा देशमा १ खर्ब ४८ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबरको आयात भएको छ । पुसमा १ खर्ब ६० अर्ब ९३ करोड ४४ लाख रुपैयाँ बराबरको सामान आयात भएको थियो । उच्च आयातका कारण देशको शोधानान्तर घाटा बढ्नुका साथै विदेशी मुद्रा सञ्चितिसमेत कम हुँदै जान थालेपछि राष्ट्र बैंकले विलासी सामानहरूको आयातमा कडाइ गर्न थालेको थियो । आयातमा कडाइ गर्न राष्ट्र बैंकले पुस पहिलो सातादेखि चाँदी, फलाम र प्लास्टिकका फर्निचर, भान्साकोठाका सामग्री, शृंगारका सामग्री, जुत्ताटोपी, छाता, कृत्रिम फूल, चललेक, चुइँगमलगायत सामान आयातमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यसैगरी गाडी आयातमा ५० प्रतिशत नगद मार्जिनको व्यवस्था कार्यान्वयन गरेको छ । नगद मार्जिनका लागि बैंकहरूले कर्जा दिन नपाउने व्यवस्थासमेत गरेको छ । नगद मार्जिनको प्रावधानका कारण आयात घट्न थालेको तथ्यांकमा देखिएको छ । चालू आवको साउनमा १ खर्ब ५० अर्बको आयात भएकोमा क्रमशः बढ्दै मङ्सिर महीनामा १ खर्ब ८८ अर्बको आयात भएको थियो । राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था गरेसँगै पुसबाटै आयात घट्न थालेको हो । राष्ट्र बैंकले माघ अन्तिम सातादेखि सी फूड, धूलो दूध, सुपारी, केरा, छोकडा, मरीच, सुनका गरगहना, विद्युतीय घडी, रेडिमेड गार्मेन्ट कुर्सीलगायत अन्य वस्तुको आयातमा समेत कडाइ गरेको छ । नगद मार्जिनको व्यवस्थाबाहेक बैंकमा देखिएको तरलता अभावको प्रभावसमेत वैदेशिक व्यापारमा परेको हो । तरलता अभावका कारण पुसयता बैंकहरूको कर्जा प्रभाव खुम्चिएपछि वैदेशिक व्यापारमा समेत असर परेको हो । माघमा आयातसँगै निर्यात पनि खुम्चिएको छ । पुस महीनामा १५ अर्ब ९३ करोड रुपैयाँ बराबरको निर्यात भएकोमा माघ महीनामा १२ अर्ब ८० करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको छ । वैदेशिक व्यापार घटेसँगै भन्सार असुलीसमेत घटेको छ । पुसमा भन्सार कार्यालयहरूले ४० अर्ब २७ करोड रुपैयाँ भन्सार संकलन गरेकोमा माघमा ३६ अर्ब ७ करोड मात्र संकलन भएको छ । निर्यातको तुलनामा आयात उच्च भएपछि व्यापारघाटा वृद्धि भइरहेको छ । चालू आवको माघसम्ममा व्यापारघाटा ३८ दशमलव ४५ प्रतिशतले बढेर १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत आवको ७ महीनामा व्यापारघाटा ७ खर्ब ३३ अर्ब रहेको थियो । माघसम्ममा ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको आयात भएकोमा १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको छ ।