इबोलाको औषधि रेमडिसिभिरबाट नेपालमा कोरोना संक्रमितको उपचार सफल

कोरोना संक्रमण भएपछि उपचारका लागि काठमाडौं ल्याइएका विराट मेडिकल कलेजका निर्देशक डा. ज्ञानेन्द्र कार्कीले रेमडिसिभिर प्रयोगपछि स्वास्थ्यलाभ गरेका छन्‌। सरकारले भने यो औषधी प्रयोगका लागि भर्खरै अनुमति दिएको छ 

संक्रमितको उपचारका लागि नेपालमा पहिलोपटक प्लाज्मा थेरापी गरिएका डा.कार्कीले नै यो औषधी आफूसँगै ल्याएका थिए। प्लाज्मा थेरापी र रेमडिसिभिरको प्रयोगबाट कोरोना संक्रमितको उपचार गरेका चिकित्सकहरूले यी दुवै विधि नेपालमा करिब-करिब सफल भएको दाबी गरेका छन्‌। 

शिक्षण अस्पतालका चिकित्सकहरूका अनुसार इबोलाको औषधी दिइएका डा. कार्कीको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको छ। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌ले भने रेमडिसिभिरको प्रयोग क्लिनिकल अध्ययनका लागि मात्रै प्रयोग गर्न सक्नेगरी अनुमति दिएको छ। औषधि व्यवस्था विभागले पनि यो औषधी आयातका लागि स्वीकृति प्रदान गरेको छ। 

यसअघि विभिन्न देशमा चिकित्सकहरूले गम्भीर अवस्थामा पुगेका संक्रमितलाई यो औषधि दिँदै आएका थिए। साथै, बेलायतमा बाथ र दमको उपचार गर्न प्रयोग हुने डेक्सामेथासोनको प्रयोग गरी गम्भीर अवस्थाका कैयौं बिरामीलाई बचाइएको छ। 

आयात गर्न अनुमति

संक्रमितको उपचारमा लाभदायी देखिएपछि औषधि व्यवस्था विभागले आयातकर्ताहरूलाई रेमडिसिभिर आयात गर्न अनुमति दिएको छ। परिषद्‌ले विभागलाई यो औषधी आयात गर्नका लागि अनुमति प्रदान गर्न पत्राचार गरेको थियो। 

परिषद्‌ले पत्र पठाएपछि विभागले आयातकर्तालाई रेमडिसिभिर आयात गर्न अनुमति दिएको हो। आयातकर्ताहरूलाई भारतको सिप्ला, माइलन र हिटेरो कम्पनीमा उत्पादित रेमडिसिभिरऔषधी आयात गर्न अनुमति दिइएको छ। आयातकर्ताहरूले विभागलाई यी औषधी तीन दिनभित्र ल्याइने बताएका छन्‌। 

यसअघि अवैध प्रयोग

कोरोना संक्रमितको उपचारका लागि रेमडिसिभिर प्रयोग गर्न सरकारले यसअघि अनुमति दिएको थिएन। अनुमति नपाएपनि अवैध रूपमै यो औषधी प्रयोग भइरहेको थियो। नेपालको बजारमा पर्याप्त मात्रामा नपाइएपछि भारतबाट रेमडिसिभिरको अवैध आयात समेत भएको थियो। 

संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीहरूलाई यो औषधी लाभदायी देखिएपछि नेपालमा पनि अनुमति दिन चिकित्सकहरूले सरकारसँग आग्रह गर्दै आएका थिए।

इबोला संक्रमितको उपचारमा प्रयोग हुने यो एन्टिभाइरल औषधि पहिलोपटक अमेरिकाको गिलियड साइन्स नामक कम्पनीले तयार गरेको थियो। हेपाटाइटिस सीबाट संक्रमितलाई उपचार गर्न बनाइएको यो औषधि इबोलाका बिरामीको उपचारमा निकै सफल देखिएको छ।

सम्बन्धित सामग्री

५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री !

आपत्कालीन अवस्थामा कोरोना संक्रमितमा प्रयोग गर्न सरकारले अनुमति दिएको रेमडेसिभिर औषधिको कालोबजारी भएको पाइएको छ।औषधि व्यवस्था विभागबाट रेमडेसिभिर आयात गर्न अनुमति पाएकै संस्थाबाट कालोबजारी भएको भेटिएको छ।

नागरिक दैनिक

अमेरिकामा कोरोना सङ्क्रमितको उपचारमा रेमडेसिभिर प्रयोगका लागि पूर्ण स्वीकृति

काठमाण्डाै - अमेरिकाले कोरोना सङ्क्रमितको उपचारमा एन्टिभाइरल औषधि रेमडेसिभिरको प्रयोगका लागि पूर्ण स्वीकृति दिएको छ । अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीएले क्लिनिकल ट्रायलको क्रममा रेमडेसिभिरले बिरामीको अस्पताल बसाइ औषतमा पाँच दिनले कम गराएको पाइएको भन्दै उपचारमा त्यसको प्रयोगलाई पूर्ण स्वीकृति दिएको हो । यसअघि आप...

उज्यालो अनलाइन

कोभिडको उपचारमा प्रभावकारी रेमडिसिभर औषधि नेपालमा

काठमाडौं :  कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेमडिसिभिर औषधि वैधानिक रुपमै नेपालमा भित्रिएको छ। औषधि व्यवस्था विभागको अनुमतिपछि पहिलो पटक यसलाई वैधानिक रुपमा ल्याइएको हो।  यसअघि वैधानिकता नपाउँदै कोरोना संक्रमितहरुले यो औषधि ल्याएर प्रयोग गर्दै आइरहेका थिए। नेपालमा पहिलो पटक...

थाहा खबर

कोरना संक्रमितलाई दिइने 'रेमडिसिभर भ्याक्सिन' व्यवसायीले तत्कालै ल्याउन नसक्ने

काठमाडौं : सरकारले महामारीको रुपमा रहेको कोरोना भाइरसको औषधि नबनिरहेको समयमा इबोला भाइरसको उपचारमा प्रयोग गरिने रेमडिसिभर भ्याक्सिन नेपालमा परीक्षण गर्न अनुमति दिएको छ। २ हजार भ्याक्सिन ल्याउन तीन वटा औषधि कम्पनीलाई आयात अनुमति दिएको हो। भारतबाट यती फर्मा, सिनर्जी ओभर्सिस र भियोभिस लाइभ लाइसेन्सले औषधि ल्याउने अनुमति...

थाहा खबर

कोरोनाको उपचारमा प्रयोग गरिने रेमडिसिभिर औषधि आयात गर्न अनुमति

काठमाडौं- औषधि व्यवस्था विभागले कोरोनाको गम्भीर खालका बिरामीको उपचारका लागि प्रयोग हुने रेमडिसिभिर औषधि आयात गर्न अनुमति दिएको छ।  आइसियुमा अक्सिजनको कमी भएका कोरोनाका संक्रमितको...

अमेरिकाले इबोलाको औषधी कोरोनाविरुद्ध प्रयोग गर्न दियो अनुमति

अमेरिकाले कोरोना भाइरसको संक्रमण भएका विरामीका लागि रेमडेसिविर औषधि प्रयोग गर्न अनुमति दिएको छ।  रेमडेसिविर इबोलाका रोगीको उपचारका लागि प्रयोग गरिँदै आएको औषधि हो। विज्ञहरूले कोरोना विरामीहरू यो औषधिले पूर्ण रूपमा  निको हुनेछन् भनेर अहिले नै दाबी गर्ने अवस्था नरहेको बताएका छन्। तर अझै यो औषधिले कति फ...

थाहा खबर

अमेरिकाले कोरोना संक्रमितलाई इबोला विरुद्धको औषधी दिँदै

कोरोना (कोभिड–१९) संक्रमितको उपचार गर्न अमेरिकाले इबोलाविरुद्धको औषधी लगाउने स्वीकृति दिएको छ।  त्यहाँको 'फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)' ले कोरोना संक्रमितको उपचारका क्रममा इबोला संक्रमितलाई दिने गरिएको रेमडेसिवियर नामक औषधी प्रयोग गर्न अनुमति दिएको हो। यो औषधी आपत्तकालिन अवस्थामा प्रयोग ग...

थाहा खबर

अमेरिकामा कोरोनाविरुद्ध रेमडेसिभिर औषधि प्रयोग गर्न अनुमति

२० वैशाख, काठमाडौं । अमेरिकाले कोरोना भाइरसको उपचारमा रेमडेसिभिर औषधिको प्रयोग गर्न अनुमति दिएको छ । शुक्रबार अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए)ले अमेरिकी कम्पनीले बनाएको यो औषधि आपतकालीनरुपमा प्रयोगको लागि अनुमति दिएको हो । यो …

अनलाइनखबर