छोटकरीमा यस हप्ता : श्रावण २४ गतेदेखि श्रावण ३१ गतेसम्म (राष्ट्रियतर्फ)

यस हप्ता (श्रावण २४- ३१ गते) भित्र राष्ट्रियस्तरमामा के कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? थाहा पाउनुहोस्।



कोरोना स्थिति विवरण:

गत शनिबारसम्म २२,५९२ जनामा देखिएको कोरोना भाइरस बढेर यस शनिबार २६,०१९ पुगेको छ। 

गत शनिबारसम्म कोरोना भाइरसका कारण ७३ जनाको मृत्यु भएकोमा यस शनिबार १०२ पुगेको छ।

हालसम्म नेपालमा १७२०१ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन् भने १४,४४८

जना क्वारेन्टाइनमा रहेका छन्।



कोरोना भाइरस एवं लकडाउनको प्रभाव :

  • सोमबार समूदायस्तरमा कोरोना संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि(भदौ १५ गतेसम्म) बन्द गर्ने निर्णय गरेका थिए।
  • सोमबार सरकारले बेड अभावको अवस्था सिर्जना हुन् सक्ने बताउँदै सबै निजी, सामुदायिक, सरकारी, गैरसरकारी अस्पतालहरूले आफ्नो अस्पतालमा २० प्रतिशत बेड कोभिड बिरामीबिरामीका लागि छुट्याउन सूचित गरेको थियो। 
  • मंगलबार सरकारले अर्को सूचना नआएसम्म शैक्षिक संस्था, प्रदर्शन, मेला, भेला, सिनेमा हल, स्वीमिङ पूललगायत बन्द नै रहने बताएको थियो। त्यस्तै विद्यार्थी भर्ना तथा लामो दूरीका यातायात भदौ १५ गतेसम्म बन्द रहनेछन् भने बैंक, वित्तीय संस्थामा आधामात्रै कर्मचारी बोलाएर काममा लगाउन सरकारले निर्देशन दिएको थियो। 
  • मंगलबार सरकारले कोभिड-१९ को संक्रमणका संक्रिय संक्रमित २०० भन्दा बढी रहेका जिल्ला र काठमाडौं उपत्यकाका जिल्लाका सरकारी तथा गैरसकारी संस्थाहरु, कार्यालयहरुले विद्युतीय माध्यमबाट कार्य सञ्चालन गर्ने निर्णय गरेको थियो।
  • मंगलबार सरकारका प्रवक्ता अर्थ तथा सूचनामन्त्री डा. युवराज खतिवडाले सरकार लकडाउनको अवस्थामा नफर्किएको बताउँदै २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा आवतजावत बन्द गरिएको बताए।
  • बुधबार सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त संघसंस्थालगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं संघसंस्थाले विद्युतीय माध्यमबाट समेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सरकारले अनुरोध गरेको थियो। यस्तै, अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बढी जनसम्पर्क हुने कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय पनि सरकारले गरेको थियो।
  • बुधबार सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आन्तरिक तथा बाहृय व्यवसायिक उडानमाथिको प्रतिवन्ध थप १५ दिन लम्ब्याएपछि व्यवसायी पुनः निरास बनेका थिए। सरकारले पछिल्लो समय तोकेको १६ भदौको मितिमा पनि हवाई सेवा संचालनको वातावरण नबनाए व्यवसायी आन्दोलनमा जान बाध्य हुने चेतावनी वायुसेवा सञ्चालक संघले दिएको थियो।
  • बिहीबार विराटनगर महानगरपालिका क्षेत्रमा एकसाताको लागि लकडाउन थप भएको छ। विराटनगर महानगरपालिकामा समुदायस्तरमा कोरोना फैलिएपछि महानगरले गत साउन १६ देखि ३० गतेसम्म लकडाउन घोषणा गरेको थियो। तर, अवस्था झन् भायवह हुँदै गएको भन्दै महानगरले आज निर्णय गरी भदौ ५ गतेसम्म लकडाउन थपेको हो।
  • बिहीबार कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बर्दियाले थप तीन दिन निषेधाज्ञा जारी गरेको थियो। गत २५ गतेबाट जारी भएको निषेधाज्ञालाई साउन ३२ गते राति १२ बजेसम्म थप गरेको हो।
  • बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका निकायलाई बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो।बाँकी कर्मचारीहरूले आलोपालो हुने गरी घरैबाट काम गर्नुपर्ने मन्त्रालयद्वारा बिहीबार जारी परिपत्रमा उल्लेख छ। 
  • बिहीबार सरकारले कोरोना परीक्षणका लागि स्वाब संलकन गराएका व्यक्तिहरु रिपोर्ट सार्वजनिक नभएसम्म बाहिर ननिस्कन आग्रह गरेको थियो। स्वाब संकलन गर्न दिने तर रिपोर्ट नआउँदै केही नभएजस्तो गरेर सबैतिर हिँड्ने कार्य अनिवार्यरुपमा बन्द गर्न भनेको हो।
  • बिहीबार कोभिड-१९ संक्रमित र सम्पर्कमा आएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीको पीसीआर परिक्षण तथा रोग उपचारको खर्च सरकारले नबेहोर्ने बताएको थियो। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा सूचना जारी गर्दै सबै खर्च सम्बन्धित संस्थाले नै व्यहोर्नु पर्ने जानकारी गराएको हो।
  • ७७ वटै जिल्ला प्रशासनबाट जारी हुने सवारी पास रद्द गर्ने निर्णय गरेसँगै वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने गरेको आर्थिक सहायता सोहि अवधि (साउन ३२ गतेदेखि भदौं १५ गते)सम्म रद्द गरेको जनाइएको छ। कोरोना महामारीका बेलामा सङ्क्रमण जोखिम हुने भएकाले सम्बन्धित पालिकाबाटै आर्थिक सहायताका लागि निवेदन दिन बोर्डले अनुरोध गरेको छ।
  • कोरोना संक्रमण बढ्दै गएको र न्यायाधीशका सुरक्षामा खटिएका सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएपछि सर्वोच्च अदालतले भदौ १५ गतेसम्मका लागि सेवामा कटौती गरेको छ। गम्भीर प्रकृतिका, संवेदनशील, तत्काल सुनुवाई हुनुपर्ने रिटको दर्ता र सुनुवाई लगायत काम भने जारि रहने बताइएको छ।
  • जिल्ला प्रशासन कार्यालय नवलपरासीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ। शनिबार राति १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म ७ दिन मानिसहरुको जमघट, भेटघाट, कुनै प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्यहरु नगर्ने, नगराउने तथा धार्मिकस्थलहरुमा दैनिक नित्य पुजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्न अनुरोध गरिएको छ
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितसँग भेटघाट तथा उठबस भएको पाँच दिनपछि मात्रै स्वाबको पिसिआर गराउन सुझाव दिएको छ। शरीरमा कोरोना भाइरस प्रवेश गरेको ५ दिनसम्म संक्रमण नदेखिने भएकाले यति दिनपछि मात्रै परीक्षण गराउनुपर्ने सल्लाह मन्त्रालयले दिएको हो।  



यस हप्ताका राजनीतिक गतिविधिहरू :

  • गृह मन्त्रालयले २५ साउनको मन्त्रीस्तरीय निर्णयबाट सातजना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयद्वारा जारी सूचनाअनुसार उमेश बस्नेतलाई रौतहट, सन्तबहादुर सुनारलाई दैलेख, उमाकान्त अधिकारीलाई म्याग्दी, हिरादेवी पौडेललाई मुस्ताङ, खिमराज भुसाललाई प्युठान, ध्रुव गिरीलाई मनाङ, राजकुमार राईलाई रुकुम पूर्वको सिडिओको जिम्मेवारी दिएको हो। 
  • नेपाल-भारत सीमा निर्धारण गर्ने स्ट्रीप नक्साको अध्ययन गरी सत्यतथ्य जानकारी गराउन प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ। लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता लगायत नेपाल-भारतबीच सीमा विवादको समेत स्थायी समाधानका लागि अहिलेसम्म भएका पहलकदमीको सम्बन्धमा जानकारी गराउन समेत समितिले निर्देशन दिएको छ।
  • कांग्रेसका १२ युवा नेताले सभापति शेरबहादुर देउवाको कारण १४औँ महाधिवेशनको निष्पक्षतामा प्रश्न उठेको आरोप लगाएका छन्। डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै महाधिवेशन सुरु भएपछि सभापतिले पार्टीमा आपसी तिक्तता मात्रै बढाएको आराेप लगाएका हुन्।नेपाल र भारतबीच सिमानामा नापी गर्दा भएको गम्भीर गल्तीले नेपाली भूमि भारततर्फ परेको सरकारले स्वीकार गरेको छ । Strip Map (धर्से नक्सा) तयार गर्दा कञ्चनपुरलगायतका क्षेत्रमा नेपाली भूभाग गुम्ने खतरा भएकोले वार्ताबाट समस्या समाधान गर्ने सरकारको भनाइ छ ।
  • बिहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिनभित्र नेकपामा देखिएको विवाद समाधान हुने बताएको भोलिपल्टै नौ दिनपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता भएको थियो। २० साउनमा भेट भएयता दुवै अध्यक्षबीच संवादविहीनता थियो।
  • सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीमा उत्पन्न विवाद समाधान गर्ने उपाय सिफारिस गर्न छ-सदस्यीय कार्यदल बनाउने सहमति भएको नेताहरूले बताएका छन्। उक्त कार्यदलको नेतृत्व महासचिव विष्णु पौडेलले गर्नेछन्। प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल सदस्य तोकिएका छन्।
  • आज नेपाल-भारतबीच सीमा लगायतका विषयले तिक्तता बढिरहेका बेला दुई प्रधानमन्त्रीबीच शनिवार टेलिफोन सम्वाद भएको छ। भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा गरिएको सम्वादबारे दुवै देशको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् पुष्टि गरेका छन्।


यस हप्ताका आर्थिक एवं न्यायीक गतिविधिहरू :

  • नेपाल बार एशोसिएसनले विद्युतीय प्रणालीबाट पेशी तोक्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आग्रह गरेको छ। सबै तहका अदालतहरुमा पेशी तोक्ने प्रणालीमा विभिन्न त्रुटी कमजोरी रहेको र सोही कारणबाट न्यायपालिकाले आफैंले जनआस्था अभिवृद्धि गर्न नसकेको भन्दै बारले पेशी तोक्ने, प्रकाशन गर्ने काम महिनाभित्रै स्वचालित प्रणाली लागू गर्न आग्रह गरेको हो।
  • कम्पनी दर्ता सम्बन्धी सबै काम अब घर तथा कार्यालयबाटै गर्न सकिने भएको छ। अनलाईनमार्फत कम्पनी दर्ता गर्न सकिने व्यवस्थासहितको प्राविधिक तयारी पुरा भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ।
  • पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ मा जेठ १० गते भएको घटनामा मृत्यु भएका ६ जना युवाको परिवारलाई १०-१० लाख रुपैयाँ आर्थिक सहायता दिने सरकारले निर्णय गरेको छ। यस्तै सरकारले घटनाका घाइते १२ जनालाई उपचारमा लागेको खर्च बराबरको रकम उपलब्ध गराउने पनि निर्णय गरेको छ ।उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश(साउन ३२ गतेसम्मका लागि) जारी गरेको छ।अदालतले भट्टलाई पनि बोर्डको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा कामकाज नगर्न आदेश दिएको छ ।
  • सर्वोच्च अदालतले सरकारी कार्यालयमा त्यसै थन्क्याएर राखिएका सवारीसाधनको तथ्यांक र व्यवस्थापनको कार्ययोजनासहितको अध्ययन–प्रतिवेदन ६ महिनाभित्र बुझाउन सरकारका नाममा आदेश जारी गरेको छ।महालेखाले नयाँ सवारी खरीद नगर्न सुझाव दिएपनि सरकारले भने चालु आवमा सवारी साधन खरीदका लािग पौने एक अर्ब रूपैयाँ बजेट विनियाजन गरेको छ।
  • कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले बन्दी प्रत्यक्षीकरणका अत्यावश्यक निवेदनबाहेक सबैखालका मुद्दाको सुनुवाइ स्थगित गर्न आग्रह गरेको छ। काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमण फैलिएको र त्यसले जोखिम बढाएको भन्दै बारले नियमित मुद्दाको सुनुवाइ स्थगित गर्न आग्रह गरेको हो।


यस हप्ताका शैक्षिक गतिविधिहरू :

  • सोमबार त्रिभुवन विश्वविद्यालयले भदौं दोस्रो साता संचालन गर्ने भनेको सेमेस्टर प्रणालीको सबै परीक्षाहरु स्थगित गरेको थियो। विश्वविद्यालयको व्यवस्थापन, विज्ञान, इन्जिनियरिङ, मेडिकल लगायतका सबै डिन कार्यालयहरुले सूचना प्रकाशित गरि परीक्षा स्थगित भएको जनाएको हो। 
  • बुधबार सरकारले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी विद्यार्थी 'भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १६ गतेबाट गर्न दिने निर्णय गरेको थियो।
  • बिहिबार त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने बताएको थियो। यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो।



विविध :

  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जार र बोतलमा बेचिने पिउने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेको छ। विभागले प्रशोधित पिउने पानी प्रति जार ५० रुपैयाँ र प्रशोधित पिउने पानी प्रति कार्टुन (१६ बोतल भएको १५) रुपैयाँ तोकेको छ।
  • दुई दिनदेखि सम्पर्कविहीन भएका पत्रकार बलराम बानियाँ मृत अवस्थामा भेटिएका छन्। मंगलबार मकवानपुरको भीमफेदी गाउँपालिका– ८ सिस्नेरीस्थित माण्डु हाइड्रो पावरमा फेलापरेको शव पत्रकार बानियाँको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • लिदी पहिरोमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार थप सात शव फेला परेपछि मृतकको संख्या बढेको हो । पहिरोमा अझै २१ स्थानीय हराइरहेका छन्। पाँच बालबालिकासहित थप सात शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। दिउँसोसम्म पाँच शब फेला परेकोमा साँझ थप दुई मृत भेटिएका थिए।

सम्बन्धित सामग्री

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर खरानी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट दोभान बजारका ४९ घर जलेर नष्ट हुँदा डेरा गरी बसेकासहित ७१ परिवार विस्थापित भएका छन् । कसरी लाग्यो आगो ?

छोटकरी सम्पादक

फेवातालको नयाँ क्षेत्रफल प्रश्नको घेरामा, १५ सय ४५ रोपनी क्षेत्रफल घटेको दाबी

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

छोटकरी सम्पादक

कोरोनाविरुद्धको थप ५० लाख डोज खोप खरिद गर्दै सरकार

सरकारले कोरोना भाइरस विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । दोस्रो चरणको खोप कार्यक्रम सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको छ । जसमा ५५ वर्ष र माथिका नागरिकलाई लगाउने तयारी सरकारको छ ।

छोटकरी सम्पादक

प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : प्रोपोगाण्डा कि वास्तविकता ?

'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यसप्रकारको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

छोटकरी सम्पादक

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

छोटकरी सम्पादक