विराटनगर महानगरपालिकामा २७ जना थपिए संक्रमित, गोल्डन अस्पतालका कर्मचारीमा पनि देखियो कोरोना

विराटनगर : विराटनगर महानगरपालिकामा २७ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन्। विराटनगरस्थित गोल्डेन अस्पतालका एक कर्मचारी सहित ९ महिला र १८ पुरुष थपिएको महानगरपालिका जनस्वास्थ्य निरीक्षक तथा कोभिड १९ टीमका राजेन्द्र कुइकेलले जानकारी दिए। कुइकेलका अनुसार थपिएका संक्रमित ८ वर्षदेखि ६६ वर्षका वृद्धसम्म छन्। आज सबैभन्दा धेरै वडा