छोटकरीमा आज - २०७७ श्रावण २७, मंगलबार

आज नेपालमा कोरोना संक्रमणको पछिल्लो वस्तुस्थिति, उडान एवं लामो दुरीको यातायात भदौ १६ गतेसम्म बन्द रहने, चौरजहारीमा मारिएका युवाका परिवारलाई १० लाख दिने सरकारको निर्णय, कोभिड-१९ विरुद्धको खोप तयार भएको रुसी राष्ट्रपति पुटिनको दाबी, बेलारुसको राष्ट्रपतिमा लुकासेन्को विजयी, भारतीय उर्दू कवि राहत इंदौरीको निधन लगायतका विषयवस्तुहरूलाई स्थान दिइएको छ।



सोमबार ६३८ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३,९४८ पुगेको छ भने मृत्यु हुनेको संख्या ८३ पुगेको छ।

हालसम्म नेपालमा १६,६६४ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR परिक्षण : ४,६२,६९८ => क्वारेन्टाइनमा : ११,०५८

सम्बन्धित :

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार पछिल्लो चौबीस घण्टामा आईसीयू र भेन्टिलेटरमा ८८ संक्रमित उपचाररत छन्। जसमध्ये ८५ संक्रमितको आईसीयूमा र तीनजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।  प्रदेश १ मा एकजना, प्रदेश २ मा ४३ जना, वाग्मती प्रदेशमा ३५ जनाको आईसीयू र तीनजनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। 
  • सरकारले अर्को सूचना नआएसम्म शैक्षिक संस्था, प्रदर्शन, मेला, भेला, सिनेमा हल, स्वीमिङ पूललगायत बन्द नै रहने बताएको छ। त्यस्तै विद्यार्थी भर्ना तथा लामो दूरीका यातायात भदौ १५ गतेसम्म बन्द रहनेछन् भने बैंक, वित्तीय संस्थामा आधामात्रै कर्मचारी बोलाएर काममा लगाउन सरकारले निर्देशन दिएको छ। 
  • सरकारले कोभिड-१९ को संक्रमणका संक्रिय संक्रमित २०० भन्दा बढी रहेका जिल्ला र काठमाडौं उपत्यकाका जिल्लाका सरकारी तथा गैरसकारी संस्थाहरु, कार्यालयहरुले विद्युतीय माध्यमबाट कार्य सञ्चालन गर्ने निर्णय गरेको छ।
  • यसअघि साउन ५ गतेको मन्त्रिपरिषदको बैठकले होटल रेष्टुरेन्ट र ट्राभल टेकिङ खोल्ने भनिएको थियो। अब कोरोना महामारी बढेकोले होटल रेन्टुरेन्टमा तयार भएको खाना 'टेक अवे' मात्रै रहने बताइएको छ।
  • काठमाडौं उपत्यकामा मंगलबार १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो।
  • सरकारका प्रवक्ता अर्थ तथा सूचनामन्त्री डा. युवराज खतिवडाले सरकार लकडाउनको अवस्थामा नफर्किएको बताउँदै २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा आवतजावत बन्द गरिएको बताए। उनका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा यो नियम लागु हुनेछ। यस्तै, सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न पनि रोक लगाएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। नेपालमा कोभिड-१९ संक्रमण देखिएकोमा घिमिरे हालसम्मकै उच्च पदस्थ व्यक्ति हुन्।


उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश(साउन ३२ गतेसम्मका लागि) जारी गरेको छ।

अदालतले भट्टलाई पनि बोर्डको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा कामकाज नगर्न आदेश दिएको छ ।



राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभत्स हत्याकाण्डका आरोपी कल्पना मुडभरी (पौडेल) र मृतक रोल्पाका कृष्णबहादुर बोहोराबीच करिब ३–४ वर्षदेखि फेसबुकमार्फत चिनाजानी भइ सम्पर्क हुँदै आएको खुलेको बताइएको छ।

मृतकको शव आइतबार बिहान नवज्योति मार्गमा सुटकेशमा पेला परेको थियो भने टाउको र खुट्टा ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमिनमा फेला परेको थियो। 



 भक्तपुरको मध्यपुर थिमीमा रहेको युनाइटेड नेपाल केमिकल प्रा.लि.मा आगलागी भएको छ। भक्तपुर प्रहरीका डीएसपी दीपक गिरीका अनुसार अहिले आगो नियन्त्रणका लागि भक्तपुरको दुई र ललितपुरको एउटा दमकल परिचालन गरिएको छ ।



कांग्रेसका १२ युवा नेताले सभापति शेरबहादुर देउवाको कारण १४औँ महाधिवेशनको निष्पक्षतामा प्रश्न उठेको आरोप लगाएका छन् । 

डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै महाधिवेशन सुरु भएपछि सभापतिले पार्टीमा आपसी तिक्तता मात्रै बढाएको आराेप लगाएका हुन् ।



सरकारले दैनिक रुपमा अधिकतम् ५ सय जनासम्मलाई मात्रै उद्धार गरेर विदेशबाट ल्याउने निर्णय गरेको छ। कोरोना भाइरस फैलन थालेपछि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३ सय र वैदेशिक रोजागर कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरि २ सय जना गरेर जम्मा ५ सय जनालाई मात्रै उद्धार गर्ने भएको हो।



पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ मा जेठ १० गते भएको घटनामा मृत्यु भएका ६ जना युवाको परिवारलाई १०-१० लाख रुपैयाँ आर्थिक सहायता दिने सरकारले निर्णय गरेको छ। यस्तै सरकारले घटनाका घाइते १२ जनालाई उपचारमा लागेको खर्च बराबरको रकम उपलब्ध गराउने पनि निर्णय गरेको छ ।



भारतीय उर्दू कवि राहत इंदौरीको ७० वर्षको उमेरमा आज निधन भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि श्री अउरोविन्दो अस्पताल भर्ना गरिएका इंदौरीलाई मंगलवार दुईपटक हृदयघात भएको र अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।



बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा अभियुक्त रिया चक्रवर्तीले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी छन्।

सुशान्तकी प्रेमिका समेत रहेकी रियाले आफ्नो बारेमा गलत तरिकाबाट भइरहेको मिडिया ट्रायल रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दिएकी हुन्।



कोरोनाभाइरसमाथि विजय पाएको १०२ दिनपछि न्यूजील्याण्डमा फेरि कोरोनाभाइरसको संक्रमण देखापरेको छ। मुलुककै सबैभन्दा ठूलो शहरमध्येका एक अउकल्याण्डमा आजै मंगलबार एउटै परिवारका चारजनामा कोरोनाभाइरसको संक्रमण फेला परेको हो।

बुधबारदेखि लागू हुने गरी न्यूजील्याण्डमा कोरोनाभाइरस नियन्त्रणको तेस्रोतहको प्रावधान लागू गरिएको छ ।



स्वास्थ्य अवस्था गम्भीर भएपछि भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ। सोमबार दिल्लीको सैनिक अस्पतालमा मुखर्जीको शल्यक्रियामार्फत् मष्तिष्कमा जमेको रगत हटाइएको थियो। 



 चिनियाँ विदेश मन्त्रालयले विवादित सीमा क्षेत्रहरुमा शान्ति कायम गरेर भारतसँग रणनीतिक विश्वास कायम गर्नु चीनको कूटनीतिक प्राथमिकता भएको बताएको छ। विदेश मन्त्रालयले आगामी दिनमा चीनले छिमेकी मुलुकहरुका साथ ‘साझा हित’ विस्तार गर्ने प्रयास गर्ने पनि जनाएको छ।



बेलारुसको राष्ट्रपति पदमा अलेक्जान्डर लुकासेन्को ८०.२३ प्रतिशत मत ल्याएर विजयी भएका छन्। ६५ वर्षीय लुकासेन्को सन् १९९४ देखि सत्तामा छन्। उनी छैटौंपटक बेलारुसको राष्ट्रपति पदमा विजयी भएका हुन् ।

सन् २०१५ मा भएको चुनावमा लुकासेन्कोले ८३.५ प्रतिशत मत ल्याएका थिए।

सम्बन्धित :

  • यसअघि सार्वजनिक चुनावी मतसर्वेक्षणमा लुकासेन्कोले भारी मतका साथ विजयी हुने विवरणहरू सार्वजनिक भएसँगै राजधानी मिन्स्कलगायत केही स्थानमा लुकासेन्कोविरुद्ध प्रदर्शन सुरु भएका थिए। तर आयोगले सोमबार अन्तिम नतिजा सार्वजनिक गरेलगत्तै विपक्षीहरूले विरोध प्रदर्शनलाई देशव्यापी बनाएका हुन्। चुनावमा व्यापक धाँधली भएको उनीहरूको दाबी छ।
  • झडपका क्रममा ५० भन्दा बढी प्रदर्शनकारी र ३० प्रहरी अधिकारीहरू घाइते भएको बताइएको छ। कम्तीमा १० जना प्रदर्शनकारीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ। तर प्रहरी कारबाहीमा कुनै प्रदर्शनकारीको मृत्यु नभएको गृह मन्त्रालयका प्रवक्ताको दाबी छ।
  • यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसको राष्ट्रपतिमा निर्वाचित लुकासेन्कोलाई सफल कार्यकालका लागि शुभकामना दिएका छन्। त्यस्तै, चीन, काजखस्तान, उज्बेकिस्तान, माल्दोभा र अजरबैजानले लुकासेन्सकोलाई समर्थन जनाएका बीबीसीले उल्लेख गरेको छ।


रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन्।

रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिन पुटिनकै छोरीमा समेत प्रयोग गरिएको बताइएको छ।

सम्बन्धित :

  • विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा भ्याक्सिनमा यो नपरेको पनि बीबीसीले उल्लेख गरेको छ।
  • फिलिपिन्सका राष्ट्रपति डुटेर्टेले कोरोना भाइरसविरुद्धको खोप निर्माणमा रुसले सफलता प्राप्त गरेको भन्दै प्रशंसा गरेका छन्। उनले रुसले आफूहरुलाई नि:शुल्क रुपमा खोप आपूर्ति गर्ने विश्वास पनि व्यक्त गरेका छन्। 

सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक