आज नेपालमा कोरोना संक्रमण,सबै अस्पतालले २० प्रतिशत बेड कोभिड बिरामीका लागि छुट्याउनूपर्ने, जार र बोतलमा बिक्री हुने पिउने पानीको अधिकतम मूल्य निर्धारण,त्रिविका सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित, महिन्दा राजापाक्षे बने श्रीलंकामा चौथोपटक प्रधानमन्त्री, भारतका पूर्वराष्ट्रपति मुखर्जीमा कोरोना संक्रमण पुष्टि, बेलारुसमा निर्वाचनको सर्वेक्षणले निम्तायो दंगा लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।
सोमबार ३३८ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३,३१० पुगेको छ भने मृत्यु हुनेको संख्या ७९ पुगेको छ।
हालसम्म नेपालमा १६,४९३ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR परिक्षण : ४,५२,२३६ => क्वारेन्टाइनमा : १०७५९
सम्बन्धित :
अघिल्लो साता कञ्चनपुरको बेलौरी नगरपालिका– ७ भगतपुरका एक वृद्ध दम्पतीको हत्या प्रकरण आराेपमा पक्राउ परेका चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ।
अघिल्लो शनिबार राति धारिलो हतियार प्रयोग गरेर ६८ वर्षीया बेलीदेवी खाती र उनका श्रीमान् ७० वर्षीय घनश्याम खातीको हत्या भएको थियो।
रसुवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ३२ करोड ३९ लाख २७ हजार मूल्य बराबरको सामग्री निर्यात भएको थियो। तर गत आर्थिक वर्षमा विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण रसुवागढी नाका बन्द हुनु, चिनियाँ बजारमा नेपाली सामग्रीको माग कम हुनु र खाद्य सामग्री निर्यातमा भाषाको समस्या आएपछि निर्यात घटेको बताएको छ
त्रिभुवन विश्वविद्यालयले भदौं दोस्रो साता संचालन गर्ने भनेको सेमेस्टर प्रणालीको सबै परीक्षाहरु स्थगित गरेको छ। विश्वविद्यालयको व्यवस्थापन, विज्ञान, इन्जिनियरिङ, मेडिकल लगायतका सबै डिन कार्यालयहरुले सूचना प्रकाशित गरि परीक्षा स्थगित भएको जनाएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जार र बोतलमा बेचिने पिउने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेको छ। विभागले प्रशोधित पिउने पानी प्रति जार ५० रुपैयाँ र प्रशोधित पिउने पानी प्रति कार्टुन (१६ बोतल भएको १५) रुपैयाँ तोकेको छ।
चितवन मेडिकल कलेज भरतपुरमा एक महिलाले पाँच किलो ग्रामको बच्चा जन्माएकी छिन्। मकवानपुरको चुरीयामाई ९ घर भएकी ३० बर्षकी सीता लोप्चनले सोमबार विहान छोरी जन्माएकी हुन्।
नेपाल बार एशोसिएसनले विद्युतीय प्रणालीबाट पेशी तोक्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आग्रह गरेको छ। सबै तहका अदालतहरुमा पेशी तोक्ने प्रणालीमा विभिन्न त्रुटी कमजोरी रहेको र सोही कारणबाट न्यायपालिकाले आफैंले जनआस्था अभिवृद्धि गर्न नसकेको भन्दै बारले पेशी तोक्ने, प्रकाशन गर्ने काम महिनाभित्रै स्वचालित प्रणाली लागू गर्न आग्रह गरेको हो।
गृह मन्त्रालयले २५ साउनको मन्त्रीस्तरीय निर्णयबाट सातजना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयद्वारा जारी सूचनाअनुसार उमेश बस्नेतलाई रौतहट, सन्तबहादुर सुनारलाई दैलेख, उमाकान्त अधिकारीलाई म्याग्दी, हिरादेवी पौडेललाई मुस्ताङ, खिमराज भुसाललाई प्युठान, ध्रुव गिरीलाई मनाङ, राजकुमार राईलाई रुकुम पूर्वको सिडिओको जिम्मेवारी दिएको हो।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण भएको छ।
सोमबार दिउँसाे मुखर्जी आफैंले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
लेबनानको राजधानी बेरुतमा भयानक विस्फाेटन भएको पाँच दिनपछि विश्वका नेताहरूले लेबनानको सहयोगका लागि बैठक गरेका छन्। संयुक्त राष्ट्र संघ र फ्रान्सको संयुक्त पहलमा इन्टरनेटमार्फत भर्चुअल बैठक गरिएको हो।
सम्बन्धित :
यूकेमा एउटा लिलाम कम्पनीले महात्मा गान्धीले प्रयोग गरेको चस्मा आफूले फेला पारेको जनाएको छ।
ईस्ट ब्रिस्टल अक्शन्सका एन्ड्रू स्टोका अनुसार गान्धीको चस्मा १५,००० पाउन्डमा बिक्री हुने अपेक्षा छन्।
आगामी अगस्ट २१ मा उक्त चस्माको अनलाइन लिलाम हुनेछ।
बेलारुसमा निर्वाचनको सर्वेक्षणले राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्को पुन: निर्वाचित हुने प्रक्षेपण गरेपछि राजधानी मिन्स्क र अन्य विभिन्न सहरमा प्रदर्शनकारी र दंगा प्रहरीबीच झडप भएको छ।
बेलारुसको एक सरकारी टेलिभिजनले सन् १९९४ देखि राष्ट्रपति पदमा रहेका लुकाशेन्को पुन: निर्वाचित हुने प्रक्षेपण गरेपछि प्रदर्शनकारीहरु सडकमा उत्रिदा हालसम्म एक प्रदर्शनकारीको मृत्यु भएको र १२० पक्राउ परेको जनाइएको छ।