कोरोनाविरुद्ध फेरि कडाइ, खुल्ला नाकाहरू पूर्ण बन्द

कोरोनामुक्त हुने अन्तिम चरणमा पुगेर पनि फेरि जोखिम देखिएको प्रदेश ५ का विभिन्न जिल्लाहरुमा फेरि कडाई गर्न थालिएको छ । लकडाउन खुकुलोसँगै फेरि उच्च चोखिममा परेका बांके,रुपन्देही लगायतका जिल्लाहरुमा जिल्ला प्रशासन र स्थानीय सरकारहरुले कडाई गर्दै उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन् ।