लमजुङ। उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माणाधीन सुपर ङादी हाइड्रोपावरमा कार्यरत एक कामदारको भीरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका–८ का ३७ वर्षीय रमेश कुमार चौधरी रहेका छन् । सोमबार आयोजनाको काममा खटिएका बेला चौधरी कार्यस्थल नजिकैको भीरबाट करिब २० मिटर तल खसेर गम्भीर घाइते भएका थिए । घाइते चौधरीलाई तत्काल […]
कानुनी चिकित्सक संघ नेपाल (मेडिको–लिगल सोसाइटी अफ नेपाल)को अध्यक्षमा डा. सृजना कुँवर निर्वाचित भएकी छन्।
संघको २०८३ असोज १७ गते सम्पन्न ११औँ वार्षिक साधारणसभा (एजीएम)ले डा. कुँवरको अध्यक्षतामा २०८३-८५ का लागि नयाँ कार्यसमिति गठन गरेको हो।
मन्त्री साहले बाह्य मुलुकबाट हुने इन्धन आपूर्तिमा अवरोध आए त्यसलाई नेपालले नियन्त्रण गर्न नसक्ने स्पष्ट पार्दै स्वदेशमै वैकल्पिक ऊर्जा स्रोतको विकास र प्रयोग बढाउनुपर्नेमा जोड दिए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण अभियान’ को प्रथम भेलाले समसामयिक राजनीति, जनजीविका, विपद् व्यवस्थापन र वामपन्थी आन्दोलनको पुनर्गठनसम्बन्धी १५ बुँदे विशेष प्रस्ताव पारित गरेको छ। हरिबोल गजुरेल, महेश्वर दाहालगगायतका नेताको साथ रहेको यस अभियानले देश गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संकटमा फसेको ठहर गरेको छ। विभाजित कम्युनिस्ट शक्तिहरूबीच बृहत् एकता […]
काठमाडौँ । सरकारले सहसचिव पदमकुमार मैनालीलाई सचिवमा बढुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले मैनालीलाई नेपाल इन्जिनियरिङ सेवातर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।