छोटकरीमा यस हप्ता : श्रावण १८ गतेदेखि श्रावण २४ गतेसम्म (अन्तर्राष्ट्रियतर्फ)

यस हप्ताभित्र देशबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? थाहा पाउनुहोस्।



गत शनिबारसम्म १,८०,१३,१०१ जनामा देखिएको कोरोना भाइरस बढेर यस शनिबार १,९५,३२,५३२ पुगेको छ। 

गत शनिबारसम्म कोरोना भाइरसका कारण ६,८८,२८९ जनाको मृत्यु भएकोमा यस शनिबार ७,२३,१८४ पुगेको छ।

हालसम्म विश्वभर १,२५,३७,८५४ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन्। 



कोरोना भाइरस एवं लकडाउन सम्बन्धित प्रभाव :

  • कोरोना संक्रमण लगातार बढेपछि सोमबार अस्ट्रेलियाको भिक्टोरिया राज्यमा ‘स्टेट अफ डिजास्टर’ घोषणा गरिएको छ। आइतबार साँझ ६ बजेदेखि शुरु हुने यो घोषणासँगै मेलबर्नमा ६ साताका लागि रात्रिकालीन कर्फ्युको समेत घोषणा गरिएको हो। 
  • तीन साताको उपचारपछि सोमबार कोरोनामुक्त भई बलिउडका कलाकार अमिताभ बच्चन नानावती अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन्। उनलाई ११ जुलाईमा कोरोना पोजेटिभ देखिएको थियो। पछिल्लोपटक गरिएको कोरोना परीक्षणमा नेगेटिभ रिपाेर्ट आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरिदिएको हो। 
  • भारतको केन्द्र सरकारका गृहमन्त्री अमित साहलाई आइतबार कोरोना संक्रमण भएको छ। कोरोनाका लक्षणहरु देखिन थालेपछि मन्त्री साहले परीक्षण गराएका थिए। परीक्षणका क्रममा पोजिटिभ देखिएपछि गृहमन्त्री साह अस्पताल भर्ना भएका छन्।
  • इरानमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या त्यहाँको सरकारले सार्वजनिक गरेभन्दा तेब्बर रहेको बीबीसी पर्सियन सेवाको अनुसन्धानले खुलासा गरेको छ। इरान सरकारको तथ्यांकअनुसार कोरोना संक्रमणबाट २० जुलाईसम्म देशभर ४२ हजारको मृत्यु भएको देखाउँछ। तर, इरानी स्वास्थ्य मन्त्रालयले भने हालसम्म १४ हजार ४०५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ।
  • हङकहङमा कोरोना महामारीको तेस्रो लहर सुरु हुन थालेको आशंका गरिएको छ। बुधबार त्यहाँ थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। तीमध्ये तीन संक्रमित स्थानीय हुन् । उनीहरू समुदायस्तरको संक्रमणको सिकार भएको बताइएको छ।  
  • बिहीबार भारतको अहमदावादस्थित कोभिड अस्पतालमा आगलगाी हुँदा सीसीयूमा रहेका ८ जनाको मृत्यु भएको छ। सर्ट सर्किटका कारण एक कर्मचारीको पीपीई किटले आगो टिप्दा सिंगो अस्पतालमा नै आगो फैलिएको हो ।
  • चीनले विकास गरिरहेको कोभिड-१९ विरुद्धको कोरोना निष्क्रिय खोपको उत्पादन कार्यशाला बायोसेफ्टी निरीक्षण पारित गरिएको छ। उक्त कार्यशाला जैविक सुरक्षाका दृष्टिले सुरक्षित रहेको र प्रयोगका लागि योग्‍य भएको चिनियाँ नेशनल बायोटेक ग्रुप (सीएनबीजी) ले जनाएको छ। 


यस हप्ताका आर्थिक, राजनीतिक एवं न्यायीक गतिविधिहरू :

  • बेलायतले आउँदो वर्षदेखि अंकमा आधारित अध्यागमन प्रणाली लागू गरी भिसा प्रक्रिया केही सहज बनाउने तयारी गरिरहेको छ। यसबाट अन्तर्राष्ट्रिय विद्यार्थी र दक्ष कामदारलाई बेलायत आउन सहज हुने विश्वास गरिएको छ। ब्रिटिस सरकारले ब्रेक्जिटपछि युरोपियन युनियन (ईयू) मुलुकका नागरिकको खुला आवतजावत अन्त्य भएसँगै सन् २०२१ जनवरी १ देखि ‘प्वाइन्ट बेस्ड सिस्टम’ लागू गर्न लागेको हो। सन् २०२० को डिसेम्बरदेखि यूके–ईयू खुला आवतजावत बन्द हुँदै छ।
  • जम्मु–कश्मीरमा ‘गोर्खा’ ले पाए स्थायी बसोबासको प्रमाणपत्र पाएका छन्। मे १८ मा जम्मु–कश्मीर सरकारले त्यहाँ लामो समयदेखि बसोबास गर्दै आएका नेपालीभाषी गोर्खा समुदाय, वाल्मीकि समुदाय र पाकिस्तानबाट आएका मुसलमान शरणार्थीहरूलाई स्थायी नागरिकसरह नै स्थायी बसोबासलगायतका अधिकार उपभोग गर्ने निर्णय सहि आवेदन माग गरेको थियो। प्राप्त आवेदनकै आधारमा जून २६ देखि स्थायी बसोबासको प्रमाणपत्र वितरण सुरु गरिएको थियो।
  • मंगलबार अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेका दुई जना अन्तरिक्षयात्री डगलस हर्ली र रोबर्ट बेन्केन पृथ्वीमा फर्किएका छन् । स्पेस एक्स ड्रयागन क्याप्सुल नाम गरेको अन्तरिक्ष यानबाट फर्केका दुई अन्तरिक्षयात्रीहरू अमेरिकी राज्य फ्लोरिडाको पेन्साकोलाको तटस्थित गल्फ अफ मेक्सिकोमा सकुशल अवतरण गरेका हुन्।
  • बुधबार पाकिस्तानले भारतसँगका विवादित क्षेत्रहरू समेट्दै आफ्नो नयाँ राजनीतिक नक्सा जारी गरेका छ। नक्सामा हाल भारत प्रशासित जम्मू र कश्मीर क्षेत्र एवं गुजरातको जुनागढसमेत समेटिएको छ। 
  • भारतीय राजनीतिमा दशकौंदेखि प्रमुख मुद्दा रहँदै आएको अयोध्यास्थित राम मन्दिर निर्माण बुधबारदेखि औपचारिक रुपमा शुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो विशेष कार्यक्रमबीच भूमि पूजा गरेर मन्दिर निर्माणको विधिवत् थालनी गरेका हुन्। 
  • दक्षिण एसियाली मुलुक श्रीलंकामा भएको चुनावमा राजपाक्षे दाजुभाइको दलले अत्याधिक बहुमत ल्याउन सफल भएको छ। राष्ट्रपति गोटाबाया राजपाक्षेले चुनावमा अत्याधिक बहुमत हासिल गरेको घोषणा गरेका छन्। 


अमेरिका-चीन विवाद :

  • मंगलबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न ६ हप्ताको समया दिएका छन्। ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रिय सुरक्षाको विषय उठाउँदै टिकटक एप्स अमेरिकी कम्पनी मार्फत अमेरिकामा डाउनलोड गर्न र हेर्न पाइने व्यवस्था गर्न लागेको हो।
  • शुक्रबार अमेरिका-चीन विवाद बढ्दै जाने क्रममा चिनियाँ एप्स टिकटक र वि च्याटमाथि प्रतिबन्ध लगाउने आदेशमापत्रमा राष्ट्रपति डाेनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन्। यस निर्देशनसँगै अमेरिकाका यससम्बन्धी कार्य गर्ने कम्पनीहरुले ४५ दिन भित्रमा टिकटक र वि च्याटको संचालन बन्द गर्नु पर्ने छ। अमेरिकामा चिनियाँ कम्पनीले बनाएको मोवाइल एपबाट राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थव्यवस्थामा खतरा भएको आदेशमा उल्लेख छ। 


लेबनान विस्फोट :

  • बुधबार लेबननको राजधानी बेइरुतमा सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि ठूलो विस्फोटन भएको थियो। बेरुतको बन्दरगाहामा राखिएको झन्डै २७ सय ५० टनको विस्फोटक पर्दाथ (एमोनियम नाइट्रेट) राखिएको गोदाममा विस्फोट हुँदा कम्तीमा मृत्यु हुनेको १०० पुगेको र ४ हजार भन्दा बढी घाइते भएका छन् विस्फोटमा परी एक सयभन्दा बढी बेपत्ता भएका लेबननका मिडियाहरूले जनाएका छन्।
  • गैरआवासीय नेपाली संघ लेबनानका पूर्वअध्यक्ष समेत रहेका पौडेलले विस्फोटबाट कोही नेपाली पनि घाइते नभएको बताएका छन्। गैरआवासीय नेपाली संघ, लेबनानका कोषाध्यक्ष हेम मगरका अनुसार लेबनानभरि झन्डै १२ सय नेपाली कार्यरत छन् ।
  • मंगलबारको शक्तिशाली विस्फोटमा सरकारको लापरबाही मुख्य कारण भएको भन्दै लेबनानको राजधानी बेरुतमा सरकारी विरोधी प्रदर्शनहरु शुरु भएका छन्। संसद भवननजिक भएको झडपको स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेका छन्। शनिबार पनि बृहत् प्रदर्शनका लागि आह्‍वान गरिएको छ। 
  • विष्फोटको घटनापछि लेवनानमा कोरोना संक्रमण बढ्न सक्ने आशंका गरिएको छ । विष्फोटको घटनापछि लेवनानका अस्पतालमा विरामीको चाप बढेको छ। अस्पतालमा चाप बढेसँगै कोरोना संक्रमण पनि बढ्न सक्ने त्यहाँका स्वास्थ्यमन्त्री हमद हसनले जनाएका बीबीसीले जनाएको छ। 
  • विस्फोटपछि बेरुत भ्रमणमा गएका फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनले लेनबनानको नेतृत्वमा ‘गहन परिवर्तन’को आवश्यकता रहेको बताएका छन्। तहसनहस भएको उक्त सहर भ्रमण गरेका माक्रोनले घटनाबारे अन्तर्राष्ट्रिय अनुसन्धान गरिनुपर्नेसमेत बताएका छन्। सन् २००५ मा भएको पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्याको मुद्दामा फैसला आउनुभन्दा केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो।


थप खबरहरू :

  • बिहीबार फेसबुक र ट्‍विटरले अमेरकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको अभियानलाई दण्डित गरेको छ। राष्ट्रपति ट्रम्पले 'बच्चाहरूमा कोरोना भाइरसविरुद्धको रोग प्रतिरोधी क्षमता हुने' दाबी गरेका थिए, उक्त भिडियो सामग्री फेसबुकले डिलिट गरिदिएको हो 
  • एयर इन्डियाको विमान केरलको कालिकट विमानस्थलमा शुक्रबार साँझ दुर्घटनाग्रस्त भएको छ। दुबईबाट आएको एयर इन्डियाको आईएक्स-१३४४ बोइङ ७३७ विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परी दुई जना पाइलटसहित कम्तीमा ११ जनाको मृत्यु भएको भारतीय सञ्‍चारमाध्यमलेजनाएको छ । त्यस्तै कम्तीमा ५० जना घाइते भएको र तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

सम्बन्धित सामग्री

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर खरानी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट दोभान बजारका ४९ घर जलेर नष्ट हुँदा डेरा गरी बसेकासहित ७१ परिवार विस्थापित भएका छन् । कसरी लाग्यो आगो ?

छोटकरी सम्पादक

फेवातालको नयाँ क्षेत्रफल प्रश्नको घेरामा, १५ सय ४५ रोपनी क्षेत्रफल घटेको दाबी

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

छोटकरी सम्पादक

कोरोनाविरुद्धको थप ५० लाख डोज खोप खरिद गर्दै सरकार

सरकारले कोरोना भाइरस विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । दोस्रो चरणको खोप कार्यक्रम सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको छ । जसमा ५५ वर्ष र माथिका नागरिकलाई लगाउने तयारी सरकारको छ ।

छोटकरी सम्पादक

प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : प्रोपोगाण्डा कि वास्तविकता ?

'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यसप्रकारको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

छोटकरी सम्पादक

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

छोटकरी सम्पादक