छोटकरीमा यस हप्ता : श्रावण १८ गतेदेखि श्रावण २४ गतेसम्म (राष्ट्रियतर्फ)

यस हप्ता ( श्रावण १८- २४ गते) भित्र राष्ट्रियस्तरमामा के कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? थाहा पाउनुहोस्।



कोरोना स्थिति विवरण:

गत शनिबारसम्म २०,०८६ जनामा देखिएको कोरोना भाइरस बढेर यस शनिबार २२,५९२ पुगेको छ। 

गत शनिबारसम्म कोरोना भाइरसका कारण ५६ जनाको मृत्यु भएकोमा यस शनिबार ७३ पुगेको छ।हालसम्म नेपालमा १६,३१३ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन् भने १०,७९२ जना क्वारेन्टाइनमा रहेका छन्।



कोरोना भाइरस एवं लकडाउनको प्रभाव :

  • कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि सप्‍तरी, सर्लाही, स्याङ्जा, पर्सा, बारा र बाँके जिल्लाभरी पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ। सर्लाही, पर्सा र बारामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा गरिएको छ भने बाँकेमा साउन २४ गतेसम्म, सप्तरीमा साउन २६ गतेसम्म र स्याङ्जामा साउन २३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।
  • सरकारबाट अनुमति लिएर कोरोना परीक्षण गर्दै आएको विध म्यानेजमेन्ट प्रालिले अब चार हजारमै आरटी–पिसिआर परीक्षण गर्ने भएको छ। 
  • राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १२ वटा अस्पताल तोकेको छ। सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल, पाटन, शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी र धुलिखेल अस्पताल लगायत छन्।
  • जनस्वास्थ्य विज्ञहरूले मंगलबार सरकारलाई पुनः लकडाउनको मोडालिटीमा जान सुझाव दिएका छन्। विज्ञहरूले लकडाउनको मोडालिटी अपनाउन, आंशिक लकडाउन गर्न एवं लकडाउनले पनि नपुगे कर्फ्यु नै लगाएर कोभिड–१९ नियन्त्रणको प्रयास थाल्न सरकारलाई अनुरोध गरेको थियो।
  • लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरूको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या पनि सँगसँगै बढेसँगै उपत्यका भित्रिने नाकाहरूमा चेकजाँच कडा बनाइएकाे छ। उपत्यका प्रवेश पास नभएका सवारीसाधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको थियो।
  • बिहीबार सरकारका प्रवक्ता, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट तुरुन्त बन्द गर्न आग्रह गरेका थिए। यस्तै, अहिलेको अवस्थालाई हेरेर मुलुकव्यापी रुपमा लकडाउन नगर्ने तर जोखिम भएको स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा वा अन्य कुनै कदम चाल्न सक्‍ने समेत बताएका छन्।
  • शुक्रबार सरकारले राजधानी काठमाण्डू उपत्यकाका अस्पतालमा कोभिड-१९ का बिरामीहरूलाई अलग्गै राखेर उपचार गर्नका लागि छुट्याइएका शय्याहरू लगभग भरिएकोले वैकल्पिक व्यवस्था आवश्यक रहेको यहाँका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निष्कर्ष निकालेको थियो।
  • सरकारकी कार्यालयहरूमा सेवाग्राहीको भिडभाड अत्यधिक बढेको भन्दै शुक्रबार काठमाण्डू उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेकका सेवाहरू १५ दिनका लागि बन्द गरिएको थियो। यो निर्णय २५ साउनदेखि ८ भदौसम्मका लागि लागु हुनेछ।
  • कोभिड- १९)को संक्रमणको खतरालाई मध्यनजर गर्दै मुलुकको प्रशासनिक केन्द्र रहेको सिंहदरबारमा सर्वसाधारणको प्रवेश रोकिएको बताइएको छ। सरकारी कर्मचारी र अत्यावश्यक सरकारी काम लिएर आउनेलाई मात्रै सिंहदरबार प्रवेश दिइन लागिएको बताइएको छ।
  • कोरना कहरबीच चाडपर्व मनाउने प्रोटोकल पारित भएको बताउँदै घटीमा ६ लाख व्यक्तिको पिसिआर जाँच गरिने बताएको छ। तराईका जिल्लाहरूमा कडाइ गरिने, सीमाबाट हिँडेर आउनेलाई (१४ दिन) र हवाइजहाजबाट आउनेलाई (५ दिन) क्वारेन्टिनमा राखि पिसिआर टेष्ट गरिने व्यवस्था मिलाइएको समेत बताइएको छ।
  • कोरोना संक्रमणको दर बढ्दै जाँदा अदालतमा अत्यावश्यक बाहेकका सेवाहरु अझै केही दिन स्थगन हुने भएका छन्।सेवाग्राहीको भीडभाड कम गरी संक्रमणको जोखिम नियन्त्रण गर्न, विभिन्‍न जिल्ला तथा पालिकामा निषेधाज्ञा तथा बन्दाबन्दी जारी भएको भन्दै अदालतबाट प्रवाह हुने सेवा संकुचन गरिने सर्वोच्च अदालतले जनाएको छ। 
  • शनिबार सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ। होम आइसोलेसनमा संक्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभर आवश्यक पर्ने सामानहरु परिवारका सदस्यहरुसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानुपर्ने, आफुले प्रयोग गरेका भाँडाहरु सुरक्षित रुपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयाग गर्नुपर्ने, स्नानघर वा शौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्ने लगायत छन्


यस हप्ताका राजनीतिक गतिविधिहरू :

  • सोमबार मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको थियो। भट्टलाई मुलुकका ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने, हात पारिसकेपछि अलपत्र पार्ने र निर्माणाधीन आयोजनाको लागत बढाई अनियमितता गर्ने गरेको आरोप लाग्ने गरेको छ।
  • साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले रुग्ण उद्योग पहिचान, वर्गीकरण, पुनर्उत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने गरी दिपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार जानकारी दिएका छन्।उनका अनुसार बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा सुशील भट्टलाई नियुक्त गर्ने, बेरुजु फर्छ्यौट मूल्यांकन र अनुगमन समितिको सदस्य सचिवमा रमा जोशी दुलाललाई दुई वर्षको लागि मनोनयन गर्ने लगायत १८ वटा निर्णय गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराए।
  • प्रदेश नम्बर १ का सांसद रामकुमार राई ‘पासाङ’ले विवादका कारण लामो समयसम्म प्रदेशको नामाकरणमा हुन नसकेको बताएका छन्। ऐतिहासिक पहिचान, किराती सभ्याता र किराती समुदायको बसोबास रहेको आधारमा प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्दा कसैलाई अन्यथा नहुने सांसद राईले बताए ।  
  • राजपा र समाजवादी पार्टी एकीकरणपछि बनेको जनता समाजवादी पार्टी नेपालले एक पद–एक व्यक्तिको नीति अंगीकार गर्ने भएको छ। बुधबारदेखि शुरु जसपा पहिलो कार्यकारणी समितिको बैठकमा पेस हुन थालेको समायोजनसम्बन्धी निर्देशिकामा यस्तो प्रस्ताव अगाडि सारिएको छ।
  • बुधबार देखि राष्ट्रिय सभाका चारवटा विषयगत समितिका सभापतिको लागि निर्वाचन प्रकृया शुरु भएको छ। राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ।
  • शुक्रबार नयाँ कार्यकालको लागि निर्विरोधमा रुपमा राष्ट्रिय सभाका दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) निर्वाचित भएका छन्।



यस हप्ताका आर्थिक एवं न्यायीक गतिविधिहरू :

  • एसिड पीडितलाई सरकारी सेवामा प्राथमिकता दिएर उनीहरुको जिविकोपार्जनका लागि सहज वातावरण बनाउन संसदीय समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ। सरकारी तथ्यांक अनुसार २० जना एसिड पीडित छन्। जसमा १८ महिला र २ पुरुष रहेका छन्।
  • काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन्। सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन्। 
  • बुधवार नेपालको बजारमा सुनको भाउ पहिलोपटक लाख नाघ्दै प्रतितोला १०१,४०० रुपैयाँ कायम गर्न सफल भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घको आँकडा अनुसार सन् २०२० ज्यानुअरी १ तारिखमा प्रतितोला ७३,५०० रुपैयाँमा बिकिरहेको थियो।
  • बुधबार सर्वोच्च अदालतले कोटेश्‍वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपितमध्येका एक गोविन्दबहादुर बटाला ‘जीवित’ लाई प्रत्यक्ष हत्यामा संलग्न नभएको भनी सफाइ दिएको छ। उनी श्रेष्ठलाई काठमाडौंदेखि चितवनसम्म अपहरण गर्ने काममा प्रत्यक्ष संलग्न थिए।
  • शुक्रबार ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिकाको जलथल निवासी दुर्गाबहादुर मगर छन् । ०६० कात्तिक ३० गते जलथलमा पाहुना आएका झापा गाउँपालिका ४ का बिरिकलाल माझीको कुटपिटका कारण मृत्यु भएको थियो ।



यस हप्ताका शैक्षिक गतिविधिहरू :

  • पछिल्ला दिनहरूमा राजधानीलगायत मुख्य सहरी क्षेत्रमा कोरोना संक्रमण बढेको कारण औंल्याउदै त्रिवि स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ। मंगलबार विश्वविद्यालयले सङ्क्रमण बढ्दै गई पुनः बन्दाबन्दी हुने र अझै केही महिना परीक्षा सञ्चालन हुन नसक्ने स्थिति आए परीक्षा सञ्चालनको नयाँ विकल्पबारे सोच्ने जनाएको थियो।
  • बुधबार ‘मदन पुरस्कार–२०७६’ का लागि विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्महारसको ‘महारसनिघण्टु(खण्ड१–३)’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ मनोनयनमा परेका छन्।
  • शुक्रबार सरकारले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल ‘फेस टु फेस पठनपाठन’ गराउन सम्भव नरहेको बताउँदै यसबीच विद्यार्थीलाई घरमै गएर पढाउने लगायतका विकल्पको खोजि भइरहेको बताएको छ। सबै शिक्षकलाई साउन मशान्तभित्र विद्यालयमा पुग्न एवं पीसीआर परीक्षणका स्थानीय तहसँग समन्वय गर्न समेत आग्रह गरिएको छ


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक