वामदेवको आँखामा तीन गुट सक्रिय

काठमाडौं । नेकपामा देखिएको विग्रह रोक्न भन्दै ६ बँुदे प्रस्ताव सार्वजनिक गरी चर्चामा आएका उपाध्यक्ष वामदेव गौतमले गुटै गुटको भेलाले पार्टी कमजोर भएको विश्लेषण गरेका छन् । उनले पार्टीलाई एकजुट बनाउन आफूले अघि सारेको प्रस्ताव सबै पक्षले मान्नुपर्ने बताएका छन् ।

वामदेवको ६ बुँदे प्रस्तावलाई नेकपाका आमकार्यकर्ताले प्रशंसा गरे पनि गुट भेलामा रमाउँदै आएका शीर्ष नेताहरूले नै बेवास्ता गरेपछि गौतम खिन्न छन् । गौतमलाई ६ बुँदे प्रस्ताव कार्यान्वयनमा ल्याउने गरी सशक्त भूमिका निर्वाह गर्न नेकपाका कार्यकर्ताले सुझाव दिँदै आएका छन् ।

‘मैले पार्टीलाई एक ढिक्का राख्न सो प्रस्ताव ल्याएको हुँ तर केही शीर्ष नेताहरूबाटै सो प्रस्तावको बेवास्ता हुनु दुःखद हो,’ वामदेवले आफू निकटस्थहरूसँग यस्तै गुनासो गर्ने गरेका छन् । यद्यपि, उनले आफू कुनै गुटमा नरहेकाले पार्टीलाई एकजुट बनाएर अघि बढाउनुपर्छ भन्ने मान्यतामा रहेको बताउँदै आएका छन् ।

गौतमले दुवै अध्यक्षले आफूमा रहेको कमजोरी सुधारेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

गौतमको विश्लेषणअनुसार हाल पार्टीभित्र तीन गुट सक्रिय रहेका छन् । गौतमले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै तीन गुट सक्रिय रहे पनि आफू कुनै पनि गुटमा संलग्न नभएको स्पष्टीकरण दिएका छन् ।

पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसक्दा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालको नामका तीन गुट सक्रिय भएको गौतमको ठहर छ । तर, पछिल्लो समय नेपाल समूह पनि दाहाल समूहमा नै समाहित हुन पुगेको विश्लेषण गर्न थालिएको छ । गौतमले भने अहिले तीनवटै गुट सक्रिय रहेको र सोही गुटकै कारण पार्टी कमजोर भएको ठहर गर्दै आफू कुनै पनि गुटमा नरहेको स्पष्ट पारेका हुन् ।

‘अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसक्दा तीनवटा विचार समूह बनेका छन् । यी समूहसँग ओली, दाहाल र नेपाल जोडिनुभएको छ,’ गौतमले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘म समूहगत रूपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्न,’ गौतमले भनेका छन् । गौतमले पछिल्लो समय आफू गुटगत भेलामा जान छोडेको बताएका छन् । यद्यपि, दुई जना पार्टी अध्यक्षले छुट्टाछुट्टै बोलाउँदा भने आफू जाने गरेको उनको भनाइ छ ।

‘ओली र दाहालले भेट्न बोलाउँदा म जाने गरेको छु । सल्लाह, सुझाव र राय पनि दिने गरेको छु । मैले आफूलाई स्वतन्त्र राख्ने कोसिस गरेको छु । पछिल्लो पटक मैले पार्टीमा राखेको ६ बँुदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो,’ गौतमले भने ।

नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला उपाध्यक्ष गौतमले गत १३ साउनमा ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । उनको प्रस्तावमा नेकपा अध्यक्ष ओली प्रतिनिधिसभाको यो कार्यकालसम्म प्रधानमन्त्री र एकता महाधिवेशनसम्म अध्यक्ष रहने र पार्टीको कार्यकारी अध्यक्षमा दाहाल नै रहने उल्लेख गरिएको थियो ।

गौतमले आफू कुनै गुटमा नभएको स्पष्टोक्ति दिँदै आए पनि ६ बुँदे प्रस्तावपछि गौतम प्रधानमन्त्री ओली निकट समूहमा गएको विश्लेषण दाहाल–नेपाल पक्षले गर्दै आएको छ ।

‘पार्टी अध्यक्ष भनेको केवल व्यक्ति मात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो । त्यसकारण पार्टी अध्यक्षहरू दुवै वा एक्लैले बोलाउँदा मैले भेट्ने गरेको छु । मैले समय–समयमा भेट गरेकै बेला ओलीकै अगाडि उहाँको गम्भीर आलोचना गर्ने गरेको छु भने प्रचण्डलाई पनि वहाँकै अगाडि आलोचना गर्ने गरेको छु,’ गौतमले दुवै अध्यक्षले आफूमा रहेको कमजोरी सुधारेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

आफ्नाबारे भ्रामक प्रचार गरिएको भन्दै एक फरक प्रसंगमा उनले लगानी बोर्डमा सुशील भट्टलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न प्रधानमन्त्रीसँग आफूले कुनै प्रकारको सिफारिस नगरेको प्रस्ट्याएका छन् । उनले त्यसमा केही तŒवले निहित स्वार्थ राखेर भ्रम फैलाएको दाबी गरेका छन् ।

‘सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकारभन्दा बाहिरको विषय हो,’ गौतमले भनेका छन् ।

पदको लाज जोगाउनू
यसैबीच प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले शुक्रबार पार्टी प्रवक्तालाई पदको लाज जोगाउन आग्रह गरेका छन् ।

ट्वीटरमा रिमालले लेखेका छन्, ‘इनफ इज इनफ नारायणकाजीजी । कमसे कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । ‘विधि र पद्धति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्, पार्टी एकताविरुद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस्, मुलुक संवेदनशील मोडमा छ, महसुस होस्,’ रिमालले प्रवक्ता श्रेष्ठको ध्यानाकर्षण गराउँदै लेखेका छन् ।

सार्वजनिक रूपमा प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध गर्दै नेताहरूलाई उत्तेजित पारेको आरोप खेपेका प्रवक्ता श्रेष्ठलाई रिमालले सार्वजनिक रूपमै प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका हुन् ।

विवाद समाधानका लागि सहमति जुट्न नसकेका बेला नेताहरूले एकले अर्काविरुद्ध सामाजिक सञ्जालमा खरो रूपमा आलोचना गर्न थालेका छन् । युवा नेताहरूले शीर्ष नेतालाई पार्टी एकता जोगाउन पहल गरिरहेको भए पनि सहमति जुट्न सकेको छैन ।

शक्ति आर्जन र एकले अर्कोलाई गलाउने र होच्याउने काम जारी नै छ । सोही कारण विवाद समाधान हुनुभन्दा बढ्ने काम भएको नेकपाका एक नेताले बताए । अहिलेको विवाद कसरी समाधान हुन्छ भन्ने चिन्ता आमकार्यकर्तामा छ । तर, शीर्ष नेताहरूले कार्यकर्ताको भावना बुझ्न सकेका छैनन् ।

(Visited 110 times, 46 visits today)

सम्बन्धित सामग्री

खुमलटारमा प्रचण्ड र वामदेव गौतमबीच भेटवार्ता

काठमाण्डाै – पार्टी विभाजनपछि तटस्थ बस्दै आएका नेकपाका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ । बिहान प्रचण्ड निवास खुमलटारमै पुगेर गौतमले भेटवार्ता गर्नुभएको हो । प्रतिनिधिसभा विघटन र पार्टी विभाजनको विपक्षमा रहेका गौतमलाई आफूतिर लाग्न दुवै पक्षले आग्रह गर्दै आएका छन् । तर गौतम अहिले...

उज्यालो अनलाइन

पार्टी फुटको साक्षी बन्न कुनै पनि भेलामा जान्न : वामदेव

६ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटको साक्षी बन्न कुनै गुटको भेलामा नजाने बताएका छन् । आफू अझै एकताको पक्षमा र संसद भंगको विरुद्धमा रहेको बताउँदै गौतमले गुट …

अनलाइनखबर

बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन हुँदैन : वामदेव गौतम

काठमाण्डाै - सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले महासचिवले पार्टी बैठकबारे व्यवस्थापन गर्न नजानेकाले पार्टीभित्र समस्या उत्पन्न भएको बताउनुभएको छ । दुई अध्यक्षको छुट्टाछुट्टै प्रस्ताव पेस भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा पनि महासचिवले अध्यक्षसँग परामर्श गरेर बैठक...

उज्यालो अनलाइन

‘उपाध्यक्ष गौतमको प्रस्ताव समाधानको आधार’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको आन्तरिक विवादलाई पार्टी उपाध्यक्ष वामदेव गौतमको प्रस्तावले नयाँ मोड दिएको छ । ‘पार्टी बिग्रह तत्काल रोक्नका लागि’ भन्दै उपाध्यक्ष गौतमले सहमतिका छ बुँदे अवधारणा सार्वजनिक गर्नुभएपछि पार्टीभित्रको विवादमा नयाँ सहमतिको आशा पलाएको हो । यही प्रस्तावका आधारमा विवाद समाधान गर्दै एकता महाधिवेशनसम्म पुग्न सकिने नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताउनुभएको छ ।

गोरखापत्र

‘अल्पमत-बहुमतबाट अघि बढे नेकपा फुट्न सक्छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले बहुमतका आधारमा अघि बढे पार्टी विभाजन हुनसक्ने खतरा औंल्याएका छन् । नेकपाभित्र विवाद पेचिलो बन्दै गइरहेकै बेला पार्टी एकता जोगाउन भन्दै ६बुँदे प्रस्ताव प्रस्तुत गरेका गौतमले आफूनिकटका केही केन्द्रीय सदस्यसग छलफलपछि यस्तो औंल्याएका हुन् । उपाध्यक्ष गौतमले पार्टी एकता जोगाउन आफ्नो प्रस्ताव कार्यान्वयन गर्दा ‘राम्रो हुने’ …

राजधानी दैनिक

नेकपा संकट: वामदेवले ल्याएकाे ‘सुपरग्लु’ले पार्टी फुटनबाट जोगिएला !

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद पेचिलो बन्दै गइरहेका बेला उपाध्यक्ष वामदेव गौतमले पार्टी जोगाउने गरी ६ बुँदे प्रस्ताव अघि सारेका छन् । उपाध्यक्ष गौतमले विगतमा पार्टी फुटको पीडा राम्रैसँग बेहोरेकाले त्यस्तो स्थिति आउन नदिन र पार्टीलाई मजबुत बनाउने उद्देश्यले यस्तो प्रस्ताव अघि सारेका हुन् । गौतमले ल्याएको सो प्रस्तावलाई नेकपाका शुभेच्छुकहरूले …

राजधानी दैनिक

वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदित

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गरेको छ। आइताबारबाट सुरु भएको बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो। पार्टीको विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव शनिबारको बैठकले पारित गरेको भए पनि भोलि मात्रै घोषणा गरिने भएको छ...

थाहा खबर

राष्ट्रिय सभामा जानेबारे वामदेव गौतमसँगको कुराकानी

नेकपा नेता वामदेव गौतमले राष्ट्रिय सभाको सदस्य बन्न प्रधानमन्त्रीले नै आफूलाई प्रस्ताव गरेको बताएका छन्।

बीबीसी नेपाली