तलब नपाएपछि तोडफोडमा उत्रिए पिएन क्याम्पसका शिक्षक

समाज

तलब नपाएपछि तोडफोडमा उत्रिए पिएन क्याम्पसका शिक्षक

साउन २४, २०७७

    पर्वत : गण्डकी प्रदेशको राजधानी कास्कीको पोखरामा रहेको पृथ्वी नारायण (पिएन) क्याम्पसका शिक्षकहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका छन्।

    क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकहरूले छ महिनादेखिको तलब नपाएको र आफ्ना मागहरू पूरा नगरिएको भन्दै क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाको कार्यकक्षमा शुक्रबार तोडफोड गरेका हुन्। तोडफोडका क्रममा क्याम्पस प्रमुखको कार्यकक्षको दुईवटा झ्याल फुटेका छन्। केही कुर्सीहरू पनि भाँचिएका छन्। घटनाअघि आंशिक शिक्षक संघको नेतृत्वमा शिक्षकहरूले तलबको माग राख्दै ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाएपछि तालाबन्दी गर्न जाँदा प्रमुखले समय नदिएपछि शिक्षकहरूको समूहले तोडफोड गरेका हुन्। क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी पनि गरेका छन्।

    विगतबाट नै रहँदै आएको समस्या समाधानका लागि कुनै पनि क्याम्पस प्रमुखहरूले चासो नदिएको र हालसम्म कुनै पनि क्याम्पस प्रमुखले समस्या समाधान गर्न चासो नदिएका कारण तोडफोडसम्मको अवस्था आएको संघका अध्यक्ष  सुनिल गौतमले बताए। ‘यो हामीले ल्याएको परिस्थिति होइन। वर्षौँदेखि रहेको समस्या समाधानका लागि कोही पनि प्रमुखले चासो नदिँदा यस्तो भएको हो। हाम्रा कुरा नसुनी बैठकको बहाना गरेर फेरि पनि समस्या बल्झाउने प्रयास क्याम्पस प्रमुखबाट भयो,’ उनले भने, ‘अहिलेबाट होइन, १४ वर्षअघिदेखि नै आंशिकका रूपमा रहेका छौँ। हामीलाई करार गरिनुपर्छ। हाम्रो पीडाबारे बुझिदिनुपर्छ। हाम्रा माग पूरा नभए आन्दोलनका थप कार्यक्रम ल्याउन बाध्य हुनेछौँ।’

    यसअघि पनि क्याम्पसमा आंशिक शिक्षक र प्रशासनबीच विवाद भएको थियो। ७० प्रतिशत कक्षा भार सम्हालेका आंशिक शिक्षकलाई मासिक तलब हुनुपर्ने माग राख्दै आंशिक शिक्षकहरूले पठनपाठन रोकेका थिए। क्याम्पसमा २२० जना आंशिक शिक्षक कार्यरत छन्। ज्यालादारीको रूपमा पढाइरहेका उनीहरूले आफूहरूलाई करारमा नियुक्त गर्नुपर्ने माग राख्दै आएका छन्। आफूहरू १४ वर्षदेखि आंशिक पदमा रहेकाले आफूहरूलाई करारमा राखिनुपर्ने माग राख्दै आएका छन्।

    यता क्याम्पस प्रमुख प्रा.डा. कोइरालाले समस्या समाधान गर्न केन्द्रसँग निरन्तर संवादमा रहेको र सोमबारसम्ममा समस्या किनारा लाग्ने आशा लिएको बताए। शुक्रबारको घटनाको विषयमा केन्द्रमा पनि सशक्त किसिमले कुरा उठाएकोले अब भने यसको समाधानको उपायसहितको निधो हुने उनको भनाइ छ।

सम्बन्धित सामग्री

पीएन क्याम्पसका प्रमुख र सहायकलाई प्राध्यापकहरूले गेटबाट छिर्नै दिएनन्‌

पर्वत : आफ्ना माग सुनुवाइ नभएको भन्दै गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको पृथ्वीनारायण (पीएन) क्याम्पसका प्रमुख र सहायक प्रमुखलाई आंशिक प्राध्यापकहरूले कार्यालय प्रवेशमा रोक लगाएका छन्‌। २०७६ माघ २० गते आन्दोलनरत आंशिक प्राध्यापक र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि प्राध्यापक डाक्टर ओमप्रसाद बराल नेतृ...

थाहा खबर

गोरखा क्याम्पस प्रमुखको कार्यकक्षमा तालावन्दी

२५ साउन, गोरखा । गोरखा क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । आफूहरुलाई करार गर्नुपर्ने माग राख्दै आइतबार आशिंक प्राध्यापक संघ गोरखा क्याम्पस इकाइ समितिले तालाबन्दी गरेको हो । ‘१५ बर्ष भइसक्यो आशिंक प्राध्यापकको …

अनलाइनखबर

पिसिआर रिपोर्ट ढिला आएको भन्दै क्‍वारेन्टाइनमै तोडफोड

तनहुँ :भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसको क्वारेन्टाइनमा तोडफोड भएको छ। बिहीबार राति क्वारेन्टाइनमा बस्नेले घर जान नपाएको र पीसीआर रिपोर्ट नआएको भन्दै तोडफोड गरेका थिए।  तोडफोडबाट क्याम्पसको झ्याल, सिसा र कुर्सीमा क्षति पुगेको जनज्योति क्याम्पस संचालक समितिका अध्यक्ष जित प्रकाश आलेले जानकारी दिए। क्वारेन्टाइन भएको क्...

थाहा खबर

प्राध्यापकहरूले लगाए क्याम्पस प्रमुखको कार्यकक्षमा ताला, पठनपाठन ठप्प

जनकपुरधाम : आंशिक प्राध्यापकको आन्दोलनले जनकपुरस्थित राम स्वरूप राम सागर बहुमुखी (राराब) क्याम्पसमा पठन पाठन प्रभावित बनेको छ। माघ ८ देखि १३ गतेसम्म पेनडाउन गरेका आंशिक प्राध्यापकले बुधबार क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्। उनीहरू क्याम्पस प्रमुखकै कार्यकक्ष अगाडि धर्नासमेत सुरु गरेका हुन्। त्रिभुवन ...

थाहा खबर

प्रमाणपत्रले मान्यता नपाएपछि विद्यार्थीद्वारा इन्जिनियरिङ क्याम्पस तोडफोड

५ असार, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (पुसेट) विद्यार्थीहरुले तोडफोड गरेका छन् । इन्जिनियरिङ काउन्सिलमा क्याम्पस दर्ता नभएका कारण उतीर्ण भएका विद्यार्थीहरुले भविष्य अन्योलमा परेको भन्दै विद्यार्थीले मंगलबार क्याम्पसमा तोडफोड …

अनलाइनखबर

क्याम्पस प्रमुखको कार्यकक्षमा शिक्षकहरुले नै लगाए ताला

९ असोज, मोरङ । विद्यार्थीहरुले क्याम्पसको निर्णयविरुद्ध तालाबन्दी गरेर आन्दोलन गर्ने गरेको उदारण प्रसस्त छ । तर, विराटनगरमा भने शिक्षकहरुले नै तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरगतको स्नाकोत्तर क्याम्पस विराटनगरका शिक्षकहरुले क्याम्पस प्रमुखको …

अनलाइनखबर

One of the top news portal in Nepal, Trusted news portal of Nepal

सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा सोमबार विहान तोडफोड भएको छ । अपरिचित व्यक्तिको समूहले सोमबार बिहान ८ बजेतिर क्याम्पसमा तोडफोड गरेको क्याम्पस प्रशासनले जनाएको छ । तोडफोडबाट क्याम्पसमा रहेका...पूरा पढ्नुहोस् »

नयाँ पत्रिका

तुलसीपुरस्थित कृषि क्याम्पसमा तोडफोड

दाङ तुलसीपुरको एउटा कृषि क्याम्पसमा तोडफोड भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ क्याम्पस रोडस्थित क्याम्पस अफ लाईभ साईन्सेस क्याम्पसमा मंगलबार दिउँसो तोडफोड भएको छ। दिउँसो सवा तीन बजेतिर नेकपा एमालेका निकटको भातृ संगठन अनेरास्ववियूका कार्यकर्ताले क्याम्पसमा तोडफोड गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले बताए। आठवटा मोटरसाइलकमा आएका १६ जना युवाहरूले…

Setopati