छोटकरीमा आज - २०७७ श्रावण २३, शुक्रबार

आज नेपालमा कोरोना संक्रमण, राष्ट्रियसभाका विषयगत समितिले पाए सभापति, अदालतमा अत्यावश्यक बाहेकका सेवा अझै केही दिन बन्द रहने, श्रीलंकाको निर्वाचनमा राजपाक्षको पार्टीलाई बहुमत, बेरुतमा सरकारविरुद्ध प्रदर्शन शुरु, ट्रम्पले लगाए टिकटक र वि च्याटमा प्रतिवन्ध लगायतका विषयवस्तुहरूलाई स्थान दिइएको छ।



शुक्रबार ४६४ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२,२१४ पुगेको छ भने मृत्यु हुनेको संख्या ७० पुगेको छ।

हालसम्म नेपालमा १५,८१४ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR परिक्षण : ४,२७,५०१ => क्वारेन्टाइनमा :१ ०,२०७

सम्बन्धित :

  • पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको छ। ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ।
  • नेपालमा कोरोनाभाइरसका कारण थप पाँच जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपराह्ण दिएको छ। यससँगै अहिलेसम्म कोभिडसँग सम्बन्धित कारणले मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ७० पुगेको छ।
  • वीर अस्पतालका एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ। स्रोतका अनुसार अस्पतालका इन्टरनल मेडिसिन विभागमा कार्यरत पुरुष डाक्टरमा संक्रमण देखिएको हो। 
  • सरकारले राजधानी काठमाण्डू उपत्यकाका अस्पतालमा कोभिड-१९ का बिरामीहरूलाई अलग्गै राखेर उपचार गर्नका लागि छुट्याइएका शय्याहरू लगभग भरिएकोले वैकल्पिक व्यवस्था आवश्यक रहेको यहाँका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निष्कर्ष निकालेको छ।
  • सरकारकी कार्यालयहरूमा सेवाग्राहीको भिडभाड अत्यधिक बढेको भन्दै काठमाण्डू उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेकका सेवाहरू १५ दिनका लागि बन्द गरिएको छ। यो निर्णय २५ साउनदेखि ८ भदौसम्मका लागि लागु हुनेछ।
  • कोरोना संक्रमणको दर बढ्दै जाँदा अदालतमा अत्यावश्यक बाहेकका सेवाहरु अझै केही दिन स्थगन हुने भएका छन्। सेवाग्राहीको भीडभाड कम गरी संक्रमणको जोखिम नियन्त्रण गर्न, विभिन्‍न जिल्ला तथा पालिकामा निषेधाज्ञा तथा बन्दाबन्दी जारी भएको भन्दै अदालतबाट प्रवाह हुने सेवा संकुचन गरिने सर्वोच्च अदालतले जनाएको छ। 
  • नेपाल चिकित्सक संघले जुनसुकै बेला भयावह स्थिति आउन सक्ने भन्दै आवश्यक गृहकार्यका लागि सरकारलाई सुझाव दिएको छ। संघले एक विज्ञप्ति जारी गर्दै नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधीहरु लगायत कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन, आइसियू बेडहरु र जनरल बेडहरुको संख्या वृद्धि गर्न भनेको छ। 
  • झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा ‘लकडाउन’ लागू गरी ‘मास स्क्रिनिङ’ थालेको छ। संक्रमितको सम्पर्कमा आएका तथा संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रका व्यक्तिहरुको पीसीआर परीक्षण गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले एक सातामा नगर क्षेत्रका ८ सय ४४ जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि ल्याबमा पठाएको छ।
  •  कोरोना संक्रमितको संख्या बढेसँगै स्थानीय प्रशासनले मकवानपुरमा आउजाउमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गतेसम्म मकवानपुरबाट अन्य जिल्ला र अन्य जिल्लाबाट मकवानपुरमा हुने आवागमनमा रोक लगाउने निर्णय गरेको हो।
  • सरकारले कोरोना भाइरसको संक्रमितको उपचारका लागि सात हजार आइसोलेसन बेड थप गर्न ३८ करोड रुपैंया विनियोजन गरिएको छ। त्यसैगरी २५ हब अस्पताल र २० शिक्षण अस्पतालले एक-एक विशेषज्ञ चिकित्सक सहितको टिम तयारी अवस्थामा राखेको छ। देशैभर कोरोना संक्रमित खोज्न एक हजार ७५ टिम परिचालन भएको समेत बताएइको छ ।



जनस्वास्थ्यको क्षेत्रमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिन अनसन बसेका युवासँग वार्ता नगरेको भन्दै प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ। कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न युद्धस्तरमा कार्य गर्न दबाबका लागि सडक प्रदर्शन र अनशनमा ओर्लनु पर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद घटना भएको कांग्रेसको भनाई छ । 



जनकपुरस्थित रामजानकी अस्पतालमा फरक समूहकाे रगत चढाउँदा सुत्केरी महिला(महोत्तरी गौशाला नगरपालिका–११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतो) काे मृत्यु भएकाे आरोप परिवारका सदस्यले लगाएका छन्। ‘ओ पोजिटिभ' ब्लड ग्रपुको साटो ‘बी पोजिटिभ' ब्लड चढाउँदा बिहीबार राति गंगादेवीको मृत्यु भएको बताइएको छ । अस्पताल र रेडक्रसको लापरबाहीले सुत्केरीको ज्यान गएको दाबी छ।



 ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिकाको जलथल निवासी दुर्गाबहादुर मगर छन् । ०६० कात्तिक ३० गते जलथलमा पाहुना आएका झापा गाउँपालिका ४ का बिरिकलाल माझीको कुटपिटका कारण मृत्यु भएको थियो ।



सरकारले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल  ‘फेस टु फेस पठनपाठन’ गराउन सम्भव नरहेको बताउँदै यसबीच विद्यार्थीलाई घरमै गएर पढाउने लगायतका विकल्पको खोजि भइरहेको बताएको छसबै शिक्षकलाई साउन मशान्तभित्र विद्यालयमा पुग्न एवं पीसीआर परीक्षणका स्थानीय तहसँग समन्वय गर्न समेत आग्रह गरिएको छ



नयाँ कार्यकालको लागि निर्विरोधमा रुपमा राष्ट्रिय सभाका दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) निर्वाचित भएका छन्।



मंगलबारको शक्तिशाली विस्फोटमा सरकारको लापरबाही मुख्य कारण भएको भन्दै लेबनानको राजधानी बेरुतमा सरकारी विरोधी प्रदर्शनहरु शुरु भएका छन्।

संसद भवननजिक भएको झडपको स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेका छन्। शनिबार पनि बृहत् प्रदर्शनका लागि आह्‍वान गरिएको छ। 


सम्बन्धित :

  • विस्फोटपछि बेरुत भ्रमणमा गएका फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनले लेनबनानको नेतृत्वमा ‘गहन परिवर्तन’को आवश्यकता रहेको बताएका छन्। तहसनहस भएको उक्त सहर भ्रमण गरेका माक्रोनले घटनाबारे अन्तर्राष्ट्रिय अनुसन्धान गरिनुपर्नेसमेत बताएका छन्। सन् २००५ मा भएको पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्याको मुद्दामा फैसला आउनुभन्दा केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो।
  • विष्फोटको घटनापछि लेवनानमा कोरोना संक्रमण बढ्न सक्ने आशंका गरिएको छ । विष्फोटको घटनापछि लेवनानका अस्पतालमा विरामीको चाप बढेको छ। अस्पतालमा चाप बढेसँगै कोरोना संक्रमण पनि बढ्न सक्ने त्यहाँका स्वास्थ्यमन्त्री हमद हसनले जनाएका बीबीसीले जनाएको छ। 


अमेरिका-चीन विवाद बढ्दै जाने क्रममा चिनियाँ एप्स टिकटक र वि च्याटमाथि प्रतिबन्ध लगाउने आदेशमापत्रमा राष्ट्रपति डाेनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन्। यस निर्देशनसँगै अमेरिकाका यससम्बन्धी कार्य गर्ने कम्पनीहरुले ४५ दिन भित्रमा टिकटक र वि च्याटको संचालन बन्द गर्नु पर्ने छ ।

अमेरिकामा चिनियाँ कम्पनीले बनाएको मोवाइल एपबाट राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थव्यवस्थामा खतरा भएको आदेशमा उल्लेख छ । 



चीनले विकास गरिरहेको कोभिड-१९ विरुद्धको कोरोना निष्क्रिय खोपको उत्पादन कार्यशाला बायोसेफ्टी निरीक्षण पारित गरिएको छ।

उक्त कार्यशाला जैविक सुरक्षाका दृष्टिले सुरक्षित रहेको र प्रयोगका लागि योग्‍य भएको चिनियाँ नेशनल बायोटेक ग्रुप (सीएनबीजी) ले जनाएको छ। 


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक