काठमाडौं । निर्वाचन आयोगले यसपटक निर्वाचनका लागि साढे सात अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरेको छ । यो खर्च केवल प्रतिनिधिसभाको निर्वाचनका लागि हो । २०७२ सालमा संविधान जारी भएपछि प्रदेशसभासहित प्रतिनिधिसभाको निर्वाचन एकैपटक गराउँदै आएकोमा यसपटक भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहपछि बनेको सरकारलाई प्रतिनिधिसभाको मात्र निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ । […]
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गर्न सकोस् भनी कामना व्यक्त गरेका छन् । छठ महापर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव, प्रेम र मेलमिलापको बन्धनमा बाँध्न सकोस् भन्ने कामना गरेका छन् । उनले […]
काठमाडौं – सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवं ‘अलर्ट’बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो। यस्तै, पदयात्राका लागि आवश्यक पूर्वतयारी गर्न […]