आर्थिक लेनदेनमा लागे कारबाही : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन्।  पशुपति क्षेत्र विकास कोषको आधिकारीक वेबसाइट, मोबाइल एप्स सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक लेनदेन र गलत क्रियाकलापमा लाग्ने कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका हुन्। उनले आर्थिक लेनदेनलाई प्रशय दिएकै कारण पशुपति क्षेत्र भित्र बाटोबाटोमा पसल राख्ने, पार्किङ जथाभावि गर्ने क्रियाकलाप बढेको भन्दै त्यसमा प्रशय दिनेलाई कारबाही गर्ने बताए। उनले स्वर्ग जाने बाटोमा बसेर आर्थिक लेनदेन र चलखेलहरु गरी नर्कजाने काम नगर्न समेत आग्रह गरे।  

मन्त्री  भट्टराईले भने, ‘पशुपति क्षेत्रका पदाधिकारी र कर्मचारी साथीहरुलाई पनि भन्न चाहन्छु। कुनै आर्थिक लेनदेनमा कुनै गलत क्रियाकलापमा गलत मानिसहरुलाई प्रशय दिने काम तपाईहरुबाट भएछ भने तपाईहरुमाथि कारबाही हुन्छ। अनावश्यक आर्थिक लेनदेन र चलखेलहरु भयो भने त्यो नर्कको बाटो हुन्छ। यो स्वर्ग जाने बाटो हो। पशुपति भनेको।’  

उनले पशुपति क्षेत्र भित्र बाटोमा पसल राख्ने, तिर्थालुलाई हिंडन अप्ठेरो बनाउने, जथाभावी गर्ने र तोकिएको ठाउँमा पार्किङ नगर्नेहरु नै कसले हटाउन सक्छ भन्दै दम्भ देखाउँदै हिंडेको र उक्त कदम सरकारलाई स्वीकार्य नहुने स्पष्ट पारे। 

पशुपति क्षेत्रको व्यवस्थापन र विकासका लागि सरकारले गुरुयोजना प्रस्ताव गरेपछि केही स्थानीय मानिसहरु र राजनीतिक व्यक्ति लगायतले विरोध गरिरहेको उल्लेख गर्दै सरकारले बिना विकल्प बासस्थानबाट बेदखल नगर्ने स्पष्ट पारे। तर कुनै राजनीतिक उद्देश्यले, गलत मनसायले र गलत आर्थिक लेनदेनको कारणले सांस्कृतिक सम्पदाहरुको अुनचित ढंगले अतिक्रमण गर्न नपाउने बताए।  

उनले भने ‘कुनै राजनीतिक उद्देश्यले, कुनै समुदायको गलत मनसायले, कुनै गलत आर्थिक लेनदेनको कारणले अथवा अन्य कुनैपनि कारणले सांस्कृतिक सम्पदाहरुको र संस्कृतिक सम्पदासँग जोडिएका ठाउँहरुको अनुचित ढंगले त्यसमाथि ज्यादती गर्न पाइदैन। त्यसमाथि थिचोमिचो गर्न पाइँदैन। त्यसमाथि अतिक्रमण गर्न पाइँदैन।’

मन्त्री भट्टराईले पशुपति क्षेत्रभित्र योजना र मापदण्ड बिना बनाइएका संरचनाहरुलाई हटाउने समेत बताए। उनले भने, ‘पशुपति क्षेत्र भित्र पनि बिना मापदण्ड, बिना सोच, बिना योजना कुनै संरचनाहरु बनाइएका छन भने त्यस्ता संरचनाहरु पशुपतिको मापदण्ड अनुरुप नै ढालिनुपर्छ। तब मात्रै दुनियाका मानिसहरुको लागि एउटा गन्तव्य स्थानको रुपमा जीवित रहने छ। यसमाथि मानव जातिले अनावश्यक ढंगले अतिक्रमण गरेको छ पशुपति माथि भने त्यो अतिक्रमण गर्न पाइदैन त्यस्ता अतिक्रमणहरुलाई हटाइने छ।’

प्रकाशित: २३ श्रावण २०७७ १६:५५ शुक्रबार

सम्बन्धित सामग्री

स्वर्ग जाने बाटोमा बसेर नर्क जाने काम नगर्नू

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन्। पशुपति क्षेत्र विकास कोषको आधिकारिक वेबसाइट, मोबाइल एप्स सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक लेनदेन र गलत क्रियाकलापमा लाग्ने कोषका पदा...

थाहा खबर

पशुपतिको सम्पत्तिमा व्यक्ति र स्वार्थ समूहले आँखा गाडे : पर्यटनमन्त्री

२८ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिरको सम्पत्तिमा व्यक्ति तथा समूहहरुले आँखा गाडेको बताएका छन् । आइतबार पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले निजी स्वार्थका लागि पशुपतिनाथको सम्पत्तिमा …

अनलाइनखबर

विचौलियाको हितमा काम नगर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिएका छन् । आज कोषको समिक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले वृहत्तर पशुपति क्षेत्र विकास अन्र्तगतका हरेक योजनाहरु सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, …

राजधानी दैनिक

पशुपती क्षेत्रको सौन्दर्यता विकास गरिने

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपती क्षेत्रको सौन्दर्यता विकास गरिने बताएका छन्। पशुपती मन्दिरको दक्षिण द्वारको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले पशुपती क्षेत्रको सुन्दरतामार्फत भक्तजनहरुलाई धार्मिक र पवित्र तिर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी पशुपति क्षेत्रको विकास गर्न लागिएको बताए।

नागरिक दैनिक

प्रभावकारी काम नगर्ने कर्मचारीलाई हटाइने

सरकारले कार्य सम्पादनमा नतिजामुखी र प्रभावकारी काम नगर्ने कर्मचारीलाई हटाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राम्रो कार्य सम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने बताएका हुन । आइतबार मन्त्रालयमा आयोजित मन्त्रालय अन्र्तगतको एसएमटी (सिनियर मेनेजमेण्ट टीम) को बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले मन्त्रालय काममा अझै ‘प्रोएक्टिभ’ भएर लाग्ने बताए ।

कारोबार दैनिक

काम नगर्ने कर्मचारी हटाउने चेतानी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित मन्त्रालय अन्तर्गतको एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको सुरुवातवाटै मन्त्रालय काममा ‘प्रोएक्टिभ’ भएर लाग्ने बताए।

नागरिक दैनिक