छोटकरीमा आज - २०७७ श्रावण २०, मंगलबार

आज नेपालमा कोरोना संक्रमण, सरकारलाई लकडाउनमा जान विज्ञहरूको सुझाव, स्थगित परीक्षा तत्काल नहुने, यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण रोक्यो, नेकपाका चार नेताको तेस्रो दिनको छलफल निष्कर्षविहीन, सलह चीनको युनान पुग्यो, अन्तरिक्षयात्री २ महिनापछि पृथ्वीमा ओर्लिए, कोरोना महामारीबीच श्रीलंकामा निर्वाचन लगायतका विषयवस्तुलाई स्थान दिइएको छ ।



मंगलबार २५९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१,००९ पुगेको छ भने मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

हालसम्म नेपालमा १५,०२६ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR परिक्षण : ४,०६,५९४ => क्वारेन्टाइनमा : १०,४५२

सम्बन्धित :

  • काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौंका ४८, भक्तपुरमा १३ र ललितपुरमा एक जना कोरोना संक्रमित थपिएका हुन्। काठमाडौं उपत्यका प्रवेशको तीन नाकाबाट सङ्कलन गरी परीक्षण गरिएको स्वाबमा ४० जनामा सङ्क्रमणको पुष्टि भएको छ। 
  • बाँके जिल्लाभर आइतबारदेखि जारी निषेधाज्ञा शनिबारसम्मका लागि लम्ब्याइएको छ। निषेधाज्ञाको अवधिमा जिल्लाभर स्वास्थ्य,सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, दूध, फोहरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि पसल, खाद्यान्न र तरकारी आपूर्ति जस्ता अत्यावश्यक सेवाहरु मात्रै सञ्चालन गर्न पाइनेछ।
  • जनस्वास्थ्य विज्ञहरूले सरकारलाई पुनः लकडाउनको मोडालिटीमा जान सुझाव दिएका छन्। विज्ञहरूले लकडाउनको मोडालिटी अपनाउन, आंशिक लकडाउन गर्न एवं लकडाउनले पनि नपुगे कर्फ्यु नै लगाएर कोभिड–१९ नियन्त्रणको प्रयास थाल्न सरकारलाई अनुरोध गरेको छ।
  • कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशमा लक्षणसहितका कोरोना भाइरस संक्रमित देखिए कम्तीमा २५ दिन लकडाउन गर्ने बताएका छन् । मुख्यमन्त्री शाहीले सकेसम्म प्रदेशका १० वटै जिल्लामा अक्सिजन प्लान्ट राख्ने, त्यो सम्भव नभए केही जिल्लाहरुको सेन्टर पर्ने स्थानमा राख्ने बताएका छन् ।


प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वस्तुको प्रत्यक्ष विक्री व्यवसाय दर्ता तत्काललाई रोक्न निर्देशन दिँदै सरकारलाई पत्र पठाएको छ।



पछिल्ला दिनहरूमा राजधानीलगायत मुख्य सहरी क्षेत्रमा कोरोना संक्रमण बढेको कारण औंल्याउदै त्रिवि स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ।

विश्वविद्यालयले सङ्क्रमण बढ्दै गई पुनः बन्दाबन्दी हुने र अझै केही महिना परीक्षा सञ्चालन हुन नसक्ने स्थिति आए परीक्षा सञ्चालनको नयाँ विकल्पबारे सोच्ने जनाएको छ।



पार्टी भित्र विद्यमान संकट अन्त्यको प्रयासका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा शुरु भएको वार्ता निष्कर्षविहिन सकिएको छ।

आजको छलफलमा अध्यक्षद्वय केपी शर्मा ओली,पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनालका अतिरिक्त सुवास नेम्वाङ पनि छलफलमा सहभागी थिए ।


सम्बन्धित :

सुशील भट्टलाई लगानी बोर्डको सीइओ (प्रमुख कार्यकारी अधिकृत) नियुक्त गरेको विषयमा बालुवाटारमा चर्काचर्की परेको छ। भट्टको नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल तनावपूर्ण बनेको स्रोतले बताएको छ।



काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन्। सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन्। 



भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबीढाङको विभिन्न चौकीमा उसले हजारौँको संख्यामा सुरक्षाकर्मी बढाएको हो ।

अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौँको संख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ । 



लद्दाखमा भारत र चीनबीचको विवाद अहिले पनि पूर्ण रुपमा समाधान हुन सकेको छैन।

बीबीसीकाअनुसार त लद्दाख सीमामा चीनले १७ हजार सैनिक तैनाथ गरेको छ। यता, चीनले ‘दौलत बेग ओल्डी’ र ‘देपसाङ’ मा १७ हजार सैनिक तैनाथ गरेको बताइएको छ।



अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेका दुई जना अन्तरिक्षयात्री डगलस हर्ली र रोबर्ट बेन्केन पृथ्वीमा फर्किएका छन् ।

स्पेस एक्स ड्रयागन क्याप्सुल नाम गरेको अन्तरिक्ष यानबाट फर्केका दुई अन्तरिक्षयात्रीहरू अमेरिकी राज्य फ्लोरिडाको पेन्साकोलाको तटस्थित गल्फ अफ मेक्सिकोमा सकुशल अवतरण गरेका हुन् ।



श्रीलंकामा कोरोना महामारीबीच आमचुनाव हुने भएको छ । बुधबार हुने मतदानका लागि विशेष व्यवस्था गरिएको छ ।

दुई सय २५ सदस्यीय संसदको चुनावका लागि सात हजार चार सय ५० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । श्रीलंकामा झन्डै एक करोड ६२ लाख मतदाताहरुले मताधिकार प्रयोग गर्ने बीबीसीले जनाएको छ ।



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न ६ हप्ताको समया दिएका छन्।

ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रिय सुरक्षाको विषय उठाउँदै टिकटक एप्स अमेरिकी कम्पनी मार्फत अमेरिकामा डाउनलोड गर्न र हेर्न पाइने व्यवस्था गर्न लागेको हो।

 


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक