आज नेपालमा कोरोना संक्रमण, अब १२ अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार, लगानी बोर्डमा सुशील भट्ट नियुक्त, शैक्षिक सत्रको नयाँ क्यालेन्डर बन्दै, एसिड पीडितलाई सरकारी जागिरमा प्राथमिकता दिनसंसदीय समितिको निर्देशन, जम्मु–कश्मीरमा ‘गोर्खा’ ले पाए स्थायी बसोबासको प्रमाणपत्र, मेलबर्नमा ६ साता लामो रात्रिकालीन कर्फ्यु, अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज, लगायतका विषयवस्तुलाई स्थान दिइएको छ।
सोमबार ४१८ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २०,७५० पुगेको छ भने मृत्यु हुनेको संख्या ५७ पुगेको छ।
हालसम्म नेपालमा १४,९६२ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR परिक्षण : ३,९८,९०७ => क्वारेन्टाइनमा : १०,४५२
सम्बन्धित :
मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ।
भट्टलाई मुलुकका ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने, हात पारिसकेपछि अलपत्र पार्ने र निर्माणाधीन आयोजनाको लागत बढाई अनियमितता गर्ने गरेको आरोप लाग्ने गरेको छ।
एसिड पीडितलाई सरकारी सेवामा प्राथमिकता दिएर उनीहरुको जिविकोपार्जनका लागि सहज वातावरण बनाउन संसदीय समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ।
सरकारी तथ्यांक अनुसार २० जना एसिड पीडित छन्। जसमा १८ महिला र २ पुरुष रहेका छन्।
कोरोना संक्रमण लगातार बढेपछि अस्ट्रेलियाको भिक्टोरिया राज्यमा ‘स्टेट अफ डिजास्टर’ घोषणा गरिएको छ। आइतबार साँझ ६ बजेदेखि शुरु हुने यो घोषणासँगै मेलबर्नमा ६ साताका लागि रात्रिकालीन कर्फ्युको समेत घोषणा गरिएको छ।
तीन साताको उपचारपछि कोरोनामुक्त भई बलिउडका कलाकार अमिताभ बच्चन नानावती अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन्। उनलाई ११ जुलाईमा कोरोना पोजेटिभ देखिएको थियो।
पछिल्लोपटक गरिएको कोरोना परीक्षणमा नेगेटिभ रिपाेर्ट आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरिदिएको हो।
सम्बन्धित :
बेलायतले आउँदो वर्षदेखि अंकमा आधारित अध्यागमन प्रणाली लागू गरी भिसा प्रक्रिया केही सहज बनाउने तयारी गरिरहेको छ। यसबाट अन्तर्राष्ट्रिय विद्यार्थी र दक्ष कामदारलाई बेलायत आउन सहज हुने विश्वास गरिएको छ।
ब्रिटिस सरकारले ब्रेक्जिटपछि युरोपियन युनियन (ईयू) मुलुकका नागरिकको खुला आवतजावत अन्त्य भएसँगै सन् २०२१ जनवरी १ देखि ‘प्वाइन्ट बेस्ड सिस्टम’ लागू गर्न लागेको हो। सन् २०२० को डिसेम्बरदेखि यूके–ईयू खुला आवतजावत बन्द हुँदै छ।
जम्मु–कश्मीरमा ‘गोर्खा’ ले पाए स्थायी बसोबासको प्रमाणपत्र पाएका छन्। मे १८ मा जम्मु–कश्मीर सरकारले त्यहाँ लामो समयदेखि बसोबास गर्दै आएका नेपालीभाषी गोर्खा समुदाय, वाल्मीकि समुदाय र पाकिस्तानबाट आएका मुसलमान शरणार्थीहरूलाई स्थायी नागरिकसरह नै स्थायी बसोबासलगायतका अधिकार उपभोग गर्ने निर्णय सहि आवेदन माग गरेको थियो। प्राप्त आवेदनकै आधारमा जून २६ देखि स्थायी बसोबासको प्रमाणपत्र वितरण सुरु गरिएको थियो।
सम्बन्धित :
गत वर्ष ५ अगस्टअघि जम्मु–कस्मिरभन्दा बाहिरका नागरिकसँग विवाह गर्दा स्थानीय महिला सम्पत्तिको अधिकारबाट वञ्चित हुनुपर्ने थियो। तर, नयाँ परिवेशमा केन्द्रशासित राज्यले भने जम्मु–कस्मिरबाहिर विवाह गरेका महिलाको सम्पत्तिको अधिकार सुनिश्चित गरिदिएको छ।
इरानमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या त्यहाँको सरकारले सार्वजनिक गरेभन्दा तेब्बर रहेको बीबीसी पर्सियन सेवाको अनुसन्धानले खुलासा गरेको छ ।
इरान सरकारको तथ्यांकअनुसार कोरोना संक्रमणबाट २० जुलाईसम्म देशभर ४२ हजारको मृत्यु भएको देखाउँछ । तर, इरानी स्वास्थ्य मन्त्रालयले भने हालसम्म १४ हजार ४०५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ ।