स्वदेश फर्किने क्रम जारी

विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् ।

यी उडानबाट दुई शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले दुबईबाट २६५ यात्रु र दुई बच्चा नेपाल ल्याएको छ । सोही एयरलाइन्सले कुवेतबाट १४९ यात्रु र एक बच्चा तथा दुबईबाट रियादबाट २५८ यात्रु र दुई शव नेपाल ल्याएको छ । थप नेपालीको उद्धार उडानका लागि नेपाल एयरलाइन्सका जहाज क्वालालम्पुर र दोहा उडेको विमानस्थल कार्यालयले जनाएको छ ।

हिमालय एयरलाइन्सले अबुधाबीबाट १४३ यात्रु र तीन बच्चा तथा दोहाबाट १५३ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै इतिहाद एयरवेजले अबुधाबीबाट १३६ यात्रु र एक बच्चा नेपाल ल्याएको छ । एयर अरेबियाले सारजाहाबाट १६८ यात्रु र एक बच्चा नेपाल ल्याएको विमानस्थलले विज्ञप्ति मार्फत जनाएको छ ।

आइतबार पनि विभिन्न एयरलाइन्सका १३ वटा चार्टर्ड उडान गर्ने विमानस्थलको तालिका छ । आन्तरिकतर्फ छ वटा चार्टर्ड उडान भएका छन् । सीता एयरले सुर्खेत तथा मनाङ, सिम्रिक, एयर डाइनेष्टि र कैलाश एयरका हेलीकोप्टरले विभिन्न गन्तव्यमा उडान गरेको विमानस्थलले जनाएको छ ।

प्रकाशित: १७ श्रावण २०७७ २०:०६ शनिबार

स्वदेश फर्किने

सम्बन्धित सामग्री

आज एक हजार ५१७ नेपाली चार्टर्ड उडानमार्फत स्वदेश फर्किए

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमन र प्रस्थान दुवै गरी १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ५१७ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले  छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश ...

उज्यालो अनलाइन

क्‍वालालम्पुर र दाेहाबाट एकै दिन १८ वटा शव नेपाल ल्याइयो

काठमाडौं : विभिन्न मुलुकमा अलपत्र एक हजार १ सय ७२ नेपाली स्वदेश फर्किएका छन्। आज एकै दिन क्वालालम्पुरबाट १४ र दोहाबाट चार गरी १८ शव पनि नेपाल ल्याइएको छ।  कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रि...

थाहा खबर

विदेशमा अलपत्र नेपालीको उद्धार गर्ने क्रम जारी

काठमाडौं । विभिन्‍न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ को जोखिमका कारण विदेशमा

बाह्रखरी

११५५ नेपाली स्वदेश फर्किए

शनिबार कोरानाका कारण विदेशमा अलपत्र परेका एक हजार एक सय ५५ जना स्वदेश फर्केका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत उनीहरू स्वदेश फर्किएका हुन् ।

नागरिक दैनिक

विदेशबाट १२ हजार फर्किएपछि बन्यो उद्धारसम्बन्धी निर्देशिका

१६ असार, काठमाडौं । सोमबारसम्म भारतबाहेकका विभिन्न मुलुकबाट १२ हजार नेपाली स्वदेश फर्किएका छन् । यतिन्जेलसम्म चार्टर्ड उडानमार्फत नेपालीलाई स्वदेश फर्किन अनुमति दिइरहेको सरकारले बल्ल निःशुल्क उद्धारको गर्ने गरी ‘विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा …

अनलाइनखबर

श्रीलङ्काबाट नेपालीको हवाई उद्धार गरिँदै

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले आजदेखि उद्धार चार्टर्ड उडान गर्दैछ। हिमालयको पूर्वनिर्धारित तालिका अनुसार आज श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ।

नागरिक दैनिक

विदेशमा अलपत्र नेपाली फर्काइँदै : आज बङ्गलादेशबाट ल्याइने

काठमाडौँ : स् विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ। विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन्।  नेपाल एयरलाइन्सले आज बङ्गलादेशको ढाकाबाट अलपत्र नेपाली...

थाहा खबर

बङ्गलादेशबाट आज ल्याइँदै नेपाली

सिबी अधिकारी - काठमाडौं : विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत् स्वदेश फर्काइँदैछ। विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन्। नेपाल एयरलाइन्सले आज बङ्गलादेशको ढाकाबाट अलपत्र नेपाली नागरिक ल्याउने कार्यतालिका छ। नेपाल एयरलाइन्सको

पहिलो पोस्ट