बर्दिया र कैलाली जोड्ने सत्तीघाटको पुलमा प्वाल पऱ्याे

प्रदेश

बर्दिया र कैलाली जोड्ने सत्तीघाटको पुलमा प्वाल पऱ्याे

यज्ञ प्रसाद सापकोटा, बर्दिया

२०७७ श्रावण १७ शनिबार १९:०६:००

बर्दिया र कैलाली जोड्ने सत्तीघाट (कर्णाली) पुलमा प्वाल परेको छ । बाढीले पुलको बर्दियातर्फ कटान गरेपछि पुलको छेउमा प्वाल परेको हो । 

नदीको चौडाइभन्दा पुल छोटो छ । यसकारण वर्षायाममा पुलभन्दा बाहिरबाट समेत पानी जाने गर्छ । जसले गर्दा पुलको छेउ कटान हुँदै आइरहेको थियो । नदी कटानको जोखिम कम गर्न पुलको बर्दियातर्फको अन्तिम पिल्लर र स्पाम थप गर्न स्थानीयले माग गर्दै आएका थिए । तर, सरोकारवाला निकायले मागको सुनुवाइ नगर्दा हुलाकी राजमार्गअन्तर्गत पर्ने यस पुलमा प्वाल परेर आवतजावतमै समस्या भएको स्थानीयको गुनासो छ ।

प्रदेश ५ का सांसद दीपेश थारूले पुलमा थप स्पाम र पिल्लरका लागि पहल भइरहेको बताए । यसै वर्ष यो काम हुने उनले बताए । गत बुधबार सांसद थारू, बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, जिल्ला समन्वय समिति प्रमुख शंकरप्रसाद थारू, राजापुर नगरपालिका प्रमुख शिवप्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय प्रमुखलगायतकाले पुलको निरीक्षण गरेका थिए । राजापुर नगरपालिका प्रमुख शिवप्रसाद चौधरीले पुलबारे पटकपटक प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएको बताए । पुल अत्यन्त जोखिममा परेको भए पनि प्रदेश र संघीय सरकारले बेवास्ता गरेको बताए । पुलमा परेको प्वाल तत्काल मर्मत नगरे पुल नै भत्किने उनको भनाइ छ । 
 

#सत्ती घाट # पुलमा प्वाल

सम्बन्धित सामग्री

कैलाली र बर्दिया जोड्ने सत्ती घाट पुल जोखिममा

टीकापुर । अविरल वर्षापछि आएको बाढीको कटानले कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा रहेको सत्ती पुल जोखिममा परेको

बाह्रखरी

दाङबाट ७० क्युफिट अवैध सालको काठ बरामद

२२ माघ, दाङ । इलाका प्रहरी कार्यालय, गढवाले सत्तरी क्युफिट अवैध सालको काठ बरामद गरेको छ । प्रहरीले बुधबार राति करिब एक बजे दाङको राजपुर गाउँपालिका–१, माररीखोला बुकी डाँडा सामुदायिक वनबाट अन्दाजी ७० क्युफिट अवैध सालको …

अनलाइनखबर

संकटासँग बराबरी खेल्दै आर्मीले अङ्क बाँड्यो

पेनाल्टी बक्समा सुमन अर्यालले हयाण्ड गरेपछि संकटाले पेनाल्टीको अवसर पायो । उक्त अवसरलाई अमितले गोलमा परिणत गर्नुहुँदै खेल बराबरीमा ल्याउनुभयो ।

गोरखापत्र

दोस्रो जितको खोजीमा नेपाल : आज माल्दिभ्ससँग खेल्दै

काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। १ खेलमा जित र १ खेलमा बराबरी खेलेको नेपाल आज दोस्रो जितको खोजिमा छ। त्यस्तै २ खेलमा बराबरी र १ खेलमा पराजय भोगेको माल्दिभ्स पनि पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ। स्वर्ण जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गरिरहेको नेपालका

पहिलो पोस्ट

जोखिममा सत्तीघाट पुल

सरकारी बेवास्ताका कारण पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सत्तीघाटमा निर्माण भएको पुल जोखिममा परेको छ । निर्माणकै क्रममा पुलको पूर्वी किनारामा एउटा पिलर थप गर्नुपर्नेमा जोखिमपूर्ण अवस्थामै माटो पटानी गरी गाइडबन्डको भरमा छाडिँदा पुल जोखिममा परेको हो ।

कारोबार दैनिक

पोर्चुगल र स्पेनले जितेपछि बनेका रेकर्ड

समुह बी बाट सोमबार राती भएका खेलमा स्पेन र पोर्चुगलले आ–आफ्नो खेलमा बराबरी खेल्दै नकआउट चरणमा स्थान बनाए। दुवैका लागि संघर्षपुर्ण देखिएको खेलमा स्पेन मोरक्को सँग २–२ गोलको बराबरीमा रोकिंदा पोर्चुगल इरानसँग १–१ गोलबो बरारबी खेल्यो। दुवै टिम नकआउट पुगेपछि यस्ता बने रेकर्ड पोर्चुगलले समुहचरणब...

थाहा खबर