ट्रकमा बन्धक बनाई बलात्कार गरेको आरोपमा चालकसहित तीनजना पक्राउ

समाचार

ट्रकमा बन्धक बनाई बलात्कार गरेको आरोपमा चालकसहित तीनजना पक्राउ

२०७७ श्रावण १७ शनिबार १८:४६:००

बाटोमा अलपत्र परेकी युवतीलाई घर पुऱ्याइदिन्छु भनेर फकाई ट्रकमा बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतहटबाट ना.२ख६७४६ का ट्रकचालकसहित तीनजनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा ट्रकभित्रै युवतीलाई बलात्कार गर्दैगर्दा स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । 

चितवनबाट भुस लिन फतुवा विजयपुर नगरपालिका बरगिनिया चोक आएको ट्रकमा युवती बलात्कृत भएको स्थानीयको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले बताए । पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका– १ का ट्रकचालक २९ वर्षीय विष्णुप्रसाद रानाभाट, सोही ठाउँका सहचालकहरू १८ वर्षीय विनोद रानाभाट र १९ वर्षीय केशर मगर रहेको साहले जानकारी दिए । गत बिहीबार बाराको पथलैयामा बाटोमा अलपत्र परेकी ती युवतीलाई घर पुऱ्याइदिन्छु भनी उनीहरूले ट्रकमा ल्याएका थिए । बरगिनिया चोक पुगेपछि युवतीलाई बन्धक बनाएर उनीहरूले ट्रकभित्रै बलात्कार गरेका थिए । पीडितले रोइकराई गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पीडित युवतीको शुक्रबार साँझ स्वास्थ जाँच गरिएको छ ।

आरोपी तीनैजनालाई शुक्रबार जिल्ला अदालत गौरबाट १५ दिनको म्याद दिइएको प्रहरीको भनाइ छ । पीडित युवतीको अभिभावक सम्पर्कमा आइनसकेकाले उनलाई महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा राखिएको प्रहरीले जनाएको छ ।
 

#बलात्कार # पक्राउ

सम्बन्धित सामग्री

युवतिलाई घर पु-याइदिन्छु भनेर ट्रकभित्रै बलात्कार

रौतहट । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाई पक्राउ गरेको हो । चितवनको गैँडाटारबाट भुस लिन गएको ना २ ख ६७४६ नम्बरको ट्रकमा फतुवा विजयपुरमा बलात्कार भएको सूचनाका आधारमा प्रहरी निरीक्षक चन्द्रकिशोर साह …

राजधानी दैनिक

सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ

सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुई जना सहचालकलाई पक्राउ गरेको हो ।

नागरिक दैनिक

संखुवासभामा १३ बर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा १३ बर्षीय बालिकालाई बन्धक बनाएर बलात्कार गर्ने पक्राउ परेका छन् । बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरको साल्पासिच्छो गाउँपालिका घर भएका २० बर्षीय रोसन राईलाई पक्राउ गरेको छ । भोजपुरका राईलाई प्रहरीले खाँदबारीबाट साउन ८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए । …

राजधानी दैनिक

विदेश पठाइदिन्छु भन्दै रकम लिएर बन्धक बनाउने दुईजना पक्राउ

काठमाडौं । लिबिया र कुवेत पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम लिएर बन्धक बनाएको आरोपमा दुईजना पक्राउ परेका छन्

बाह्रखरी

महिलालाई बन्धक बनाएर रातभर बलात्कार

रौतहट । रौतहटमा एक महिलालाई बन्धक बनाएर रातभर बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा रौतहटमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्। पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका सरूअठा स्वास्थ्य चौकीमा कार्यरत ४५ वर्षे ...

नेपाल आज

बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक पुरुष पक्राउ

झापा –  गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । १७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ ।  पीडित युवतीका बुवाले प्रहरीलाई दिएको उजुरीका आधारमा ताजपुरियालाई ...

उज्यालो अनलाइन

बालिकालाई २ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार, ३ जना पक्राउ

रौतहट, १ साउन । रौतहटमा एक बालिकालाई २ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको छ । वैशाख २४ गतेदेखि हराएकी गुजरा नगरपालिकाकी १३ वर्षकी बालिकालाई अपहरण गरी दुई महिनासम्म बन्धक बनाएर पटक पटक सामुहिक रुपमा बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गुजरा नगरपालिका जंगलसहियाका ३६ वर्षका बालिष्टर …

अनलाइनखबर

राजधानीमै १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने पाँचजना पक्राउ

काठमाडौं । राजधानीमै १५ वर्षीय किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।

Baahrakhari