विज्ञको चेतावनी: नेपालमा केही दिनभित्रै कोरोना महामारी भयावह हुँदैछ

चिकित्सकहरुले कोभिड १९ रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने बताएका छन् । सरकारले कोभिड १९ रोकथामका लागि गरेको कामको प्रकृति हेर्दा केही हप्ता भित्र नै संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने संकेत देखिएको चिकित्सकहरुले बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले अहिले सम्म कोभिड १९ को संक्रमण रोगको रुपमा नदेखिएको तर समुदायस्तरमा फैलिँदै गए रोगको रुपमा देखापर्न सक्ने बताए । कोभिड रोकथामका लागि सरकारले गरेको कामलाई हेर्दा अवको केही दिन भित्रै संक्रमण रोगको रुपमा देखा पर्ने निश्चित भएको डा. दिक्षितले बताए । उनले सरकारले पिसिआर परीक्षणलाई बढाउँदै लैजानुपर्नेमा घटाउँदै लगेको र समुदायमा संक्रमण देखिदै गएकाले स्थिति भयावह बन्न सक्ने चेतावनी दिए ।

इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनिले संक्रमण एकठाउँबाट अर्को ठाउँमा जाने अवस्थाबाट जोगाउनुपर्ने बताए । संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाई गर्नुपर्ने र काठमाडौं उपत्यका सहित सीमा क्षेत्रमा रहेका बस्तिमा परीक्षणको दायरा बढाउनुपर्ने बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा अनुप बास्तोलाले मानिसहरुको आवागमनलाई व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही हप्ता भित्रै भयावह हुनसक्ने बताएका छन् । उनले जोखिम युक्त ठाउँबाट आएका मानिसहरू क्वारेन्टिनमा नबस्दा नै समुदायस्तरमा संक्रमण फैलिएको बताए । संक्रमण रोकथामको उपाय लकडाउन मात्रै नभएकाले आवश्यक सावधानी सबैले अपनाउनुपर्नेमा डा. बास्तोलाले जोड दिए ।

सरकारले लकडाउन खोलेपछि मानिसहरूको आवागमन पनि बढेको छ । जसले गर्दा समुदायस्तरमा संक्रमणका केसहरु देखिएका छन् । तर पिसिआर परीक्षणलाई अझै बढाएको देखिदैन् । जसले गर्दा संक्रमण समुदाय स्तरमा भित्रभित्रै फैलिदै जाने र स्थिति थप जटिल बन्न सक्ने जोखिम बढेको छ । 

प्रकाशित: १७ श्रावण २०७७ १६:४९ शनिबार

कोरोना महामारी सरकार संवेदनशींल

सम्बन्धित सामग्री

समुदायमा संक्रमण अझै फैलिए स्थिति भयावह बन्न सक्ने चेतावनी

काठमाडौं । चिकित्सकहरुले कोभिड १९ रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रुपमा फैलन

बाह्रखरी

संक्रमण रोक्न नसके काठमाडौंको अवस्था भयावह : विज्ञ

काठमाडौं :  चिकित्सकहरूले  कोरोना भाइरस ( कोभिड १९ )  रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने बताएका छन्। सरकारले कोभिड १९ रोकथामका लागि गरेको कामको प्रकृति हेर्दा केही हप्ताभित्र नै संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने संकेत देखिएको चिकित्सकहरु...

थाहा खबर

लकडाउनमा घरबाहिर निस्कनेहरु …(फोटो फिचर)

१८ जेठ, काठमाडौं । कोरोना महामारी रोकथामका लागि सरकारले लकडाउन गरेको झण्डै ७० दिन पुगिसक्यो । समुदायमा महामारी फैलिन नदिन मानिस–मानिसबीच दूरी कायम गर्न लकडाउन नै प्रभावकारी उपाय हो । सरकारले चैत ११ गते एक हप्ताका …

अनलाइनखबर

संखुवासभाका १० स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

कोरोना भाइरस (कोभिड– १९)को संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरिरहेको समयमा अझै प्रभावकारी रोकथामका लागि

नयाँ पत्रिका

अहिलेको लडाईं मानव जातिले छिट्टै जित्‍नेछ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले समयमै प्रभावकारी कदम चालेकोले नेपालमा कोरोनाको संक्रमणले महामारीको रुप नलिएको बताएकी छन्।  शुक्रबार साँझ नेपाल टेलिभिनजमार्फत देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारका कामको प्रशंसा गरेकी हुन्। 'कोरोना रोकथामका लागि अहिले सरकारले गरिरकेको गृहक...

थाहा खबर

लकडाउनको उल्लंघन गर्ने ६८ पक्राउ, एक हजार गाडी नियन्त्रणमा

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना

बाह्रखरी

मनोरञ्जन गतिविधि प्रभावित

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि भक्तपुर वरपर सञ्चालन हुने गरेका मनोरञ्जनात्मक गतिविधिहरू प्रभावित भएका छन्।

नागरिक दैनिक