पञ्चेबाजा बजाएर खरिदारको बिदाइ

बिरलै देखिने दृष्य गत हप्ता रोल्पाको थवाङमा देखियो। स्थानीयहरु स्वतस्फुर्त रुपमा बाजा लिएर आए अनि सरुवा भएर थवाङ छोड्न थालेका कर्मचारीको बिदाइमा पञ्चेबाजा बजाउदै गाउँ घुमाएर सम्मान साथ पठाए।

अबिर माला र खादा त थामी नसक्नुको थियो। सात बर्ष थवाङमा रहेर काम गरेका खरिदार अधिकार बुढाको सम्मानमा थवाङले कुनै कसर छोडेन। त्यसो त अधिकारले पनि थवाङीको भरपुर सेवा गरेका थिए।

थवाङ गाउँपालिकाले आफ्नो हिसाबले औपचारिक रुपमा बिदाई गरेको थियो तर स्थानीयले अलग्गै तरिकाले बिदाई गरे। २०७० चैत १७ गाबिस सचिवका रुपमा थवाङ पुगेका १९ बर्षिय किशोर २६ बर्षको युवाका रुपमा सुचना तथा प्रशारण बिभाग तिलगंगा काठमाण्डौ गएका छन्। अधिकृत बन्ने उद्येश्य बोकेका अधिकार काठमाण्डौ बसाईले फेरि आफूले थप केही नयाँ सिक्ने र सेवा प्रति उत्तरदायी रहने अपेक्षामा छन्।  

रुकुम भुमे ७ धर्मशाला स्थायी घर भएका अधिकार थवाङसंग कुनै गुनासो नभएको बताउछन्। ‘फेरि कुनै दिन आउन सक्छु। मेरो थवाङ बसाई अत्यन्त यादगार रहयो। धेरै कुरा सिक्ने अबसर मिल्यो।’ उनि भन्छन् ‘थवाङ बाहिरबाट सोचे जस्तो असहज छैन। अत्यन्त सहज र सरल छ। सुरुका दिनमा अलि असहज थियो तर मलाई त त्यो पनि भएन। आफुलाई सहयोग गर्ने सबैलाई सम्मान गर्ने बताउदै उनी भन्छन् थवाङ बसाईको ७ बर्षले धेरै नयाँ सिकायो।

गाउँपालिका अध्यक्ष बिरबहादुर घर्तीले अधिकार सरुवा भएर जादै गर्दाको बिदाईमा आफू उपस्थित हुन नपाएकोमा थकथकी मानेका छन्। ‘उहाँले असहज अबस्थामा पनि गाउँपालिका धान्नु भएको थियो। कर्मचारी अभावका समयमा लेखा, प्रशासन, योजना र दुई वटा वडा एक्लै भ्याउनुहुन्थ्यो। जती बस्नु भो नराम्रो कहिल्यै गर्नु भएन।’ उनी भन्छन् ‘लोभ लालच कहिल्यै गर्नु भएन। अधिकारमा एउटा राष्ट्र सेवकमा हुनु पर्ने गुण सबै छ। उहाँलाई हामिले जति सम्मान गरे पनि थोरै हुन्छ।’  

स्थानिय स्तरबाट अत्याधिक रुचाइएका अधिकारका बारेमा गाउँलेहरु कसैले गुनासो गर्दैनन्। ‘उहाँबाट अरु कर्मचारीले पनि सिक्नु पर्छ। २०७० सालतिर गाबिस सचिब हुदै उहाँको प्रश्तुती राम्रो रहयो।’ थवाङका स्थानिय अजय घर्ती भन्छन् ‘अधिकारजीको थवाङ बसाई थवाङीका लागि सन्तोष जनक रहयो।’ उनि जस्तै गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रेवत बुढाथोकी पनि अधिकारले उल्लेख्य काम गरेको बताउछन्। ‘ईमानदारीताका साथ सधै जनताकै सेवामा लाग्नु भयो। कहिल्यै गुनासो गर्ने ठाउँ दिनुभएन।’  

कसैले पनि गतिलो काम गरेमा सम्मान पाईन्छ भन्ने कुराको सन्देश थवाङ र अधिकारको सम्बन्धले देखाएको छ। निस्वार्थ रुपमा आफ्नो भुमिका निभाईदा सधै सम्मान नै पाइन्छ भन्ने उदाहरण थवाङमा गरिएको कर्मचारी बिदाईको सन्देश पनि हो।

प्रकाशित: १७ श्रावण २०७७ १४:१० शनिबार

बिदाइ

सम्बन्धित सामग्री

कोरोना कहरमा हर्ट-अट्याकका बिरामी कति जोखिममा?

प्राडा श्यामराज रेग्मी एक हप्ता अघिको कुरा हो। रातको दस बज्दै थियो। खाना खाएर टिभीमा च्यानल घुमाउँदै थिएँ। मोबाइलमा घन्टी बज्यो। ड्युटी डाक्टरको फोन रहेछ। ‘सर, वीरगञ्जबाट बिरामी आएको...

हराउँदै परम्परागत बाजा

सिन्धुलीको दुधौली नगरपालिका ३ निपानेका शम्शेरबहादुर परियारलाई केही वर्ष अघिसम्म पञ्चे बाजा बजाउन भ्याई नभ्याई हुन्थ्यो । ३० वर्षसम्म पञ्चे बाजा बजाएर गर्जाे टारेका उनी अहिले भने समस्यामा परेको छन् । “पहिले–पहिले त धेरै बाजा बजाइन्थ्यो । विहेको सिजनमा भ्याई नभ्याई हुन्थ्यो, अहिले त बोलाउन पनि छाडे,” शम्शेरले भने, “बाजा बजाएर नै जीवन चलाईरहेको थिएँ, अहिले भित्रिएको नयाँ प्रविधिले हाम्रो पेशा नै धराशायी अवस्थामा पुग्यो ।”

कारोबार दैनिक

हराउँदै परम्परागत बाजा

सिन्धुलीको दुधौली नगरपालिका ३ निपानेका शम्शेरबहादुर परियारलाई केही वर्ष अघिसम्म पञ्चे बाजा बजाउन भ्याई नभ्याई हुन्थ्यो । ३० वर्षसम्म पञ्चे बाजा बजाएर गर्जाे टारेका उनी अहिले भने समस्यामा परेको छन् । “पहिले–पहिले त धेरै बाजा बजाइन्थ्यो । विहेको सिजनमा भ्याई नभ्याई हुन्थ्यो, अहिले त बोलाउन पनि छाडे,” शम्शेरले भने, “बाजा बजाएर नै जीवन चलाईरहेको थिएँ, अहिले भित्रिएको नयाँ प्रविधिले हाम्रो पेशा नै धराशायी अवस्थामा पुग्यो ।”

कारोबार दैनिक

सम्पत्ति शुद्धीकरणको पत्रले निजी क्षेत्रमा त्रास

सरकारले चालू आर्थिक वर्षको बजेटको आकार घटाएर स्रोत व्यवस्थापनको खोजी र मितव्ययीतामा कडाइ गर्ने बहानामा निजीक्षेत्रलाई निशाना बनाएको छ । सरकारले चालू, पुँजीगत र वित्तीय व्यवस्थापनतर्फ तीनवटै शीर्षकको बजेटलाई माघ २८ गते बुधबार समीक्षामार्फत घटाएपछि बजेट व्यवस्थापनका लागि अहिले निजीक्षेत्रको आम्दानी र नाफामा सरकारको आँखा लागेको हो । चालू आर्थिक वर्षमा विनियोजित बजेटको खर्च धान्न नसक्दा अर्थमन्त्री युवराज खतिवडाले बजेटको आकार घटाएर स्रोत व्यावस्थापन र परिचालनको खोजी गर्न अहिले सम्पत्ति शुद्धिकरणमार्फत निजीक्षेत्रलाई कारोबार विवरण बुझाउन पत्रचार गरेपछि निजीक्षेत्रमा भने सन्त्रास फैलिएको छ ।

स्वर्ण विजेता कमल श्रेष्ठलाई अर्घाखाँचीमा सम्मान

अर्घाखाँची : दिक्षण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता कमल श्रेष्ठलाई गृहजिल्लामा सम्मान गरिएको छ। सन्धिखर्क नगरपालिका –१२, डिभर्नाका श्रेष्ठलाई पञ्चेबाजा बजाएर सन्धिखर्क बजार परिक्रमा गराएको थियो। तेक्वान्दोको पुम्से (एकल २४–२९ वर्ष)तर्फ स्वर्ण र तेक्वान्दाकै समूहगत विधामा कास्य पदक विजेता कमललाई उद्योग वाणिज्य स...

थाहा खबर

सर्फराज र केएल राहुलको अर्धशतक तर, हार्‍यो पञ्जाब

काठमाडौं । सर्फराज खान र केएल राहुलको अर्धशतकका बाबजुद चेन्नई सुपर किङ्ग्सले किङ्ग्स इलाभेन पञ्जाबमाथि २२ रनको जित हात पारेको छ । घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा मात्र ३ विकेट गुमाएर …

अनलाइनखबर

रामकुमार परियार :: Setopati

दर्जी समुदायले पुर्ख्यौली पेशाको रूपमा बजाउँंदै आएको पञ्चेबाजा लोप हुँदै गएकाले यसको संरक्षण र प्रवर्द्धन गर्न मगर संघ युएईले नेपाली दूतावासको प्राविधिक सहयोगमा २०७२ चैत्रमा पञ्चेबाजा भित्र्याएको हो । बाजा उपलब्ध भएपछि २०७३ बैशाख देखि मगर संघले पञ्चेबाजा समूह निर्माण गरि कार्यक्रमहरुमा बाजा बजाउन थालेको हो ।

सेतोपाटी

अाज टीकाको विशेष साइत बिहान ९ बजेर ५१ मिनेटमा

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक समितिले अाज बडादसैंकाे दिन देवी बिसर्जनको साइत ९ बजेर ३९ मिनेटमा र टीकाकाे विशेष सारइत बिहान ९ बजेर ५१ मिनेटलार्इ ताेकेकाे छ । दसैं तिहार लगायत अन्य चाडपर्व र तिथिमिति नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्णय गर्ने गर्दछ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बि...

उज्यालो अनलाइन

बिहेमा मंगल धुन बजाउँदा बुढापाका धुरुधुरु रुन्थे

श्यामशितल परियार/उज्यालो ।             लमजुङ, माघ १९ –पञ्चेबाजाको साथमा एक हुल जन्ती लिएर डोली चढी बिहे गरेक...

UjyaaloOnline