सांसद प्रदीप यादवसहित पर्सामा ६४ जनामा कोरोना संक्रमण पुष्टि

१७ साउन, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणकामा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना महिला छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार सांसद यादवसहित उनीसँगै स्वाब दिएका अरु २ जना, नारायणी अस्पतालका चिकिसक र कर्मचारी गरी २ जना, मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

वीरगञ्ज–१३ राधेमाई बस्ने ४० वर्षीय सांसद यादवसँगै उनको सवारी चालक र पीएसओ पनि संक्रमित भएका हुन् ।

रौतहटको चपुर घर भई नारायणी अस्पतालमा कार्यरत ३४ वर्षीय डाक्टर र अस्पतालमै कार्यरत एक जना पारामेडिक्समा पनि कोरोना संक्रमण देखिएको छ ।

वीरगञ्ज– ६ माईस्थान मिना बजार क्षेत्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । मास टेष्टिङका क्रममा माईस्थान मिना बजारमा संकलन गरिएको स्वाबको नमूना परीक्षणका क्रममा ३३ जनामा संक्रमण देखिएको छ । १० जना संक्रमित वीरगञ्ज–२५ ड्राईपोर्ट सिर्सिया क्षेत्रका छन् ।

नारायणी बयोधा अस्पतालबाट पठाइएको स्वाब परीक्षण गर्दा वीरगञ्ज–१६ नगवा बस्ने ६८ र ५० वर्षीया महिला, एपोलो अर्थोमा भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका ५१ र ४२ वर्षीय पुरुष, सिर्सिया सुख्खा बन्दरगाहमा कार्यरत एक संक्रमित र आदर्शनगरका एक संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका क्रमशः १५ वर्षीय किशोर र ६० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आफैं पीसीआर परीक्षण गराउन आएका वीरगञ्ज–१६ नगवाका ३३ वर्ष, महाविरस्थानका ४२ वर्षीय पुरुष, वीरगञ्ज–१२ मुर्लीका २५ र ४३ वर्षका पुरुष, वीरगञ्ज–२३ सबैठवाका २३ वर्षीय पुरुष, पर्सागढी नगरपालिका–४ का २३ वर्षका पुरुष, पकाहामैनपुर गाउँपलिकाका ३० वर्षका पुरुष, परवानीपुरका ५५ वर्षका पुरुष, रौतहटको जयनगरका २५ वर्षका पुरुष र वीरगञ्ज–१० रानीघाटका ३२ वर्षका पुरुषको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।

पर्सामा यसअघि नै आइसोलेसनको अभावमा १ सय २६ जना संक्रमित घरमै छन् । सबैभन्दा बढी वीरगञ्जमा १ सय १८ जना अस्पताल बाहिर छन् । वीरगञ्ज स्थित अस्थायी कोरोना अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितमा लक्षण छ ।

यो पनि पढ्नुहोस वीरगञ्जमा कोरोना : ९ दिनमा ९ जनाको मृत्यु यो पनि पढ्नुहोस पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापन टोली र स्थानीयबीच झडप, ७ प्रहरी घाइते यो पनि पढ्नुहोस कोरोनाको नयाँ हटस्पट बन्न सक्छ काठमाडौं

कोरोना भाइरस पर्सा प्रदीप यादव

सम्बन्धित सामग्री

पर्सामा थप ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

शनिबार राती अबेर आएको पिसिआर परीक्षण रिर्पोट अनुसार पर्सा जिल्लामा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ९ जना नेपाल प्रहरी, १ जना भारतीय महावाणिज्य दुतावास वीरगञ्जका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा मृत्युपश्चात गरिएको पिसिआर परिक्षणमा १ पोजेटिभ सहित पर्साका ७१ जना र बारा जिल्लाका ३ जना तथा सर्लाही जिल्लाका एक जना रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार ६० जना पुरूष र १५ जना महिला सहित ७५ जना १२ वर्षका देखि ६८ वर्ष उमेर समुहका नयाँ संक्रमित पुष्टि भएको हो ।

गोरखापत्र

पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

२५ साउन, वीरगञ्ज । पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १५ जना महिला छन् । वीरगञ्ज–२ छपकैयाकी …

अनलाइनखबर

वीरगञ्जमा एकैपटक १४२ जनामा कोरोना संक्रमण पुष्टि

२३ साउन, वीरगञ्ज । वीरगञ्जमा सेना, प्रहरी, चिकित्सकसहित थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । एकैपटक यति ठूलो संख्यामा …

अनलाइनखबर

पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

२० साउन, वीरगञ्ज । पर्सामा नेपाली सेना, चिकित्सक, पत्रकार गरी थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । ६ जना महिलासहित …

अनलाइनखबर

पर्सामा सांसद प्रदीप यादवसहित ६४ जनामा कोरोना सङ्क्रमण

काठमाण्डाै – पर्सामा सांसद् प्रदीप यादवसहित ६४ जनामा कोरोना सङ्क्रमण भएको छ । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य प्रदीप यादवसहित ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । सांसद् यादवका निजी चालक र सुरक्षाकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तै नारायणी अस्पतालकै एक चिकि...

उज्यालो अनलाइन

पर्सामा सेना, प्रहरी र कैदीबन्दीसहित ३४ जनामा कोरोना संक्रमण

काठमाडौं : वीरगञ्जमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ​ नारायाणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए। '२ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण देखिएको छ...

थाहा खबर

पर्सामा मृतक वृद्धसहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि

११ साउन, वीरगञ्ज । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका एक वृद्धसहित पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वीरगञ्ज–१० आदर्शनगर पुरानो बसपार्कका मृतक ६५ …

अनलाइनखबर

पर्सामा थप १७ जनामा कोरोना संक्रमण, अधिकांशमा लक्षण

८ साउन, वीरगञ्ज । पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार राति आएको रिपोर्टमा दुई जना चिकित्सकमा समेत …

अनलाइनखबर

भारतबाट फर्केर होटल क्वारेन्टिनमा बसेका २ जनामा कोरोना संक्रमण

२ असार, वीरगञ्ज । पर्सामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका–४ का २३ वर्ष र वीरगञ्ज–३ का ३१ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा …

अनलाइनखबर