सङ्क्रमित देखिएकै ठाउँमा गएर नमूना सङ्कलन गरिने

काठमाडौँ, साउन १५ गते । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । बन्दाबन्दी खुलेसँगै बाहिरबाट भित्रिने मानिस र उपत्यकामा पनि भीडभाड बढेसँगै उपत्यकामा दैनिक सङ्क्रमित फेला परिरहेका छन् ।

दैनिक सङ्क्रमित फेला पर्न थालेपछि जहाँ सङ्क्रमित देखिएका छन् त्यही गएर नमूना सङ्कलनको कार्यलाई इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीव्रता दिएको छ । महाशाखाले पहिले उपत्यकामा समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर परीक्षण गरेकोमा अहिले जुन ठाउँमा सङ्क्रमित देखिएका छन् त्यहीँ ठाउँमा गएर नमूना सङ्कलन गरिने महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

उपत्यकामा अहिलेसम्म ५७३ जनामा सङ्क्रमण देखिएको छ । साउन १४ गते (बुधबार) २०, साउन १३ गते ५९ र साउन १२ गते ७ जनामा सङ्क्रमण देखिएको छ । नेपाली सेनामा ७९, नेपाल प्रहरी २०६ र सशस्त्र प्रहरीमा ९३ जनामा सङ्क्रमण देखिएको छ ।

यसअघि उपत्यकामा कोभिड–१९ को सङ्क्रमण समुदायमा छ वा छैन भनेर पाँच हजार जनामा परीक्षण गर्दा तीन जनामा मात्र सङ्क्रमण देखिएको थियो । उहाँका अनुसार सङ्क्रमित भेटिएका ठाउँमा गई परीक्षणका लागि नमूना सङ्कलन गरिन थालेको उहाँले बताउनुभयो ।

“पहिले समुदायमा सङ्क्रमण छ भनेर भीडभाड हुने कार्यालयमा गएर परीक्षण गरेका थियांै, तर त्यतिबेला परीक्षण गर्दा न्यून मानिसमा सङ्क्रमण थियो”, उहाँले भन्नुभयो,‘‘अहिले परीक्षण गर्दा हामीले जुन ठाउँमा सङ्क्रमित फेला पर्दछन्, सोही ठाउँमा गएर कन्टयाक्ट ट्रेसिङ गरेर बढी भन्दा बढी सङ्क्रमितका नजिकमा मानिसको नमूना परीक्षणका लागि स्वाव सङ्कलन गर्न थालेका छौ ।”

महाशाखाले आज ज्ञानेश्वर र मैतीदेवी क्षेत्रका २०० जना र तिलगङ्गा आँखा अस्पतालका २० जना स्वास्थ्यकर्मीको नमूना सङ्कलन गर्न लागेको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले तिलगङ्गामा उपचार गराउन आएका एक जना बिरामीमा सङ्क्रमण भेटिएपछि ती सङ्क्रमितको कन्टयाक्ट टे«सिङ गर्दा उक्त ठाउँका मानिसमा परीक्षणका लागि नमूना सङ्कलन गर्न थालिएको बताउनुभयो । बुधबार कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले सिंहदरबारभित्र फोहर सङ्कलन र चमेना गृहमा खटिने ५०८ जना कर्मचारीको नमूना सङ्कलन गरेको थियो ।

यस्तै शुक्रबार कालीमाटीस्थित तरकारी बजारमा तरकारी पसलमा काम गर्ने १०५ कर्मचारीको परीक्षणका लागि नमूना सङ्कलन गरिने छ ।

नमूना परीक्षणका लागि निवेदन

उपत्यकामा रहेको सरकारी र गैरसरकारी संस्थाले नमूना परीक्षणका लागि महाशाखामा निवेदन दिने गरेका छन् । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले २० भन्दा बढी सङ्घ संस्थाले आफ्ना कर्मचारीको नमूना परीक्षणका लागि निवेदन दिएको बताउनुभयो ।

उहाँका अनुसार सरकारी कार्यालय, बैंक, खेलकूद सङ्घ, उद्योग प्रतिष्ठानले परीक्षणका लागि निवेदन दिएका छन् । अहिले २९ प्रयोगशालाबाट तीन लाख ५८ हजार ३४४ जनाको नमूना परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा १९ हजार २७३ जना सङ्क्रमित रहेकोमा १४ हजार २१ जना पूर्ण रुपमा निको भइसकेका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २०३ रहेको छ ।

सम्बन्धित सामग्री

उपत्यकामा कोरोना सङ्क्रमण बढ्यो

बन्दाबन्दी खुुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या अझै बढ्दो क्रममा रहेको छ । बन्दाबन्दी अघिसम्म काठमाडौंँ उपत्यकामा लगभग शूून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ । सोमबार मात्र उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २२४ पुगेको छ । एकै दिनमा उपत्यकामा बढेको यो उच्च सङ्ख्या हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार उपत्यकामा थप २२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् ।

गोरखापत्र

काठमाडौँ उपत्यकामा संक्रमित भएकै क्षेत्रमा नमूना परीक्षण

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड–१९को सङ्क्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । बन्दाबन्दी खुलेसँगै बाहिरबाट भित्र्ने मानिस र उपत्यकामा पनि भीडभाड बढेसँगै उपत्यकामा दैनिक सङ्क्रमित फेला परिरहेका छन् । दैनिक सङ्क्रमित फेला पर्न थालेपछि जहाँ सङ्क्रमित देखिएका छन् त्यही गएर नमूना सङ्कलनको कार्यलाई इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीव्रता दिएको छ । महाशाखाले …

राजधानी दैनिक

काठमाडौँ उपत्यकामा काेराेना परीक्षण गर्न पाँच हजारको नमूना सङ्कलन

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता मानिसको बढी भिडभाड हुने ठाउँमा पुगेर नमूना सङ्कलन गरिरहेको छ । महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले उपत्यकामा समुदायमा कोभिड–१९ को अवस्था पत्ता लगाउन नमूना सङ्कलन गर्न थालिएको जानकारी दिनुभयो ।    

गोरखापत्र

पिसिआर परीक्षणका लागि उपत्यकामा पाँच हजारको नमूना संकलन

काठमाडौं :  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौं  उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्न नमूना सङ्कलन गरेको छ। बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर नमूना सङ्कलन गरिरहेक...

थाहा खबर

पीसीआर परीक्षणका लागि उपत्यकामा पाँच हजारको नमुना सङ्कलन

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर नमूना सङ्कलन गरिरहेको छ । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा समुदायमा कोभिड–१९ को अवस्था पत्ता लगाउनका लागि नमूना सङ्कलन गर्न थालिएको जानकारी दिनुभयो ।

गोरखापत्र

पीसीआर परीक्षण व्यापक गर्ने तयारी

कोरोना भाइरस रोगले राजधानी उपत्यकालाई च्याप्न थालेपछि सरकारले व्यापक रूपमा पीसीआर परीक्षण गर्ने भएको छ । राजधानी उपत्यकामा दिनहुँ कोरोना सङ्क्रमित बढ्न थालेसँंगै सरकारले उपत्यका तथा बाहिर ४५ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गर्ने भएको हो । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडाँैं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै परीक्षणको दायरा बढाउन लागिएको जानकारी दिनुभयो ।

गोरखापत्र

उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै

पछिल्ला केही दिनयता काठमाडाँैं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसंँगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित अधिकारीले बताएका छन् । एकैदिन ३२ जनासम्म सङ्क्रमित देखिएसंँगै काठमाडौँ उपत्यकामा सङ्क्रमित हुनेको सङ्ख्या १५४ पुगेको छ । उपत्यकामा बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण फैलिएको केहीले बताइरहेका छन् भने केहीले काठमाडाँैमा समुदाय स्तरमा कोरोना फैलिसकेकाले सरकारले लकडाउनमा कडाइ गर्नुपर्ने बताइरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडाँैमा देखिएको कोरोना आयातीत भएकाले डराउनुपर्ने अवस्था नरहेको प्रस्ट पारेको छ ।

गोरखापत्र

उपत्यकामा सङ्क्रमित देखिएपछि नमुना परीक्षण गराउने बढे

काठमाण्डौ - उपत्यकामा कोभिड–१९ सङ्क्रमण देखिन थालेपछि नमुना परीक्षण गराउने बढेका छन् ।  उपत्यकामा मङ्गलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमुना परीक्षण गराउन थालेका छन् ।  उपत्यकामा अहिलेसम्म पाँच जनामा सङ्क्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पत...

उज्यालो अनलाइन