छोटकरीमा आज - २०७७ श्रावण १५, बिहीबार

आज नेपालमा कोरोना संक्रमण, निर्मला हत्या प्रकरण : एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ, बिहीबारदेखि खुल्दै पर्यटकीय व्यवसाय, ३० हजार मेट्रिकटन चिनी आयात गर्न साल्ट ट्रेडिङ र खाद्यलाई अनुमति, मोडर्नाले तयार पारेको कोरोनाविरुद्धको खोपले बाँदरमा राम्रो काम गर्‍याे, मङ्गोलियामा शिशु कक्षा र विद्यालय सञ्चालन गर्ने तयारी लगायतका विषयवस्तुहरूलाई स्थान दिइएको छ।



बिहीबार २७४ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९,२७३ पुगेको छ भने मृत्यु हुनेको संख्या ५२ पुगेको छ।

हालसम्म नेपालमा १४,२४८ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR परिक्षण : ३,६४,६४८ => क्वारेन्टाइनमा : १३,२०१



कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा मुद्दा खेपिरहेका एसपी दिल्लीराज विष्टसहित आठजना प्रहरीले सफाइ पाएका छन्।

कञ्चनपुर जिल्ला अदालतले उनीहरुलाई सफाइ दिएको हो।



सरकारले मुग्लिन–नारायणगढ सडकमा चल्ने हलुका(२५ रुपैयाँ) तथा भारी सवारी(५५ रुपैयाँ) बाट शुल्क असुल्ने निर्णय गरेको छ।



कोरोनाका कारण बन्द रहेका ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायतका पर्यटकीय व्यवसाय आजदेखि खुल्दैछन्।

अहिले यी व्यवसायीले पर्यटकीय सिजनको लागि अग्रिम बुकिङ र अन्य तयारी गर्ने र कोरोनाको सङ्क्रमण कम हुँदै गएपछि पर्यटकका लागि खुला गरिनेछ। 



सरकारले सहुलियतको ३० हजार मेट्रिकटन चिनी आयात गर्न साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई अनुमति दिएको छ।

आयात हुने चिनीमा ५० प्रतिशत भन्सार छुट गरिनेछ।



काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ।

१५ किलो ‘सुन’ भनेर बरामद भएको पहेँलो धातु प्रकरणमा मुछिएपछि डीएसपी दाहाललाई छानविनका लागि महानगरीय प्रहरी वृत्त दरवारमार्गको नेतृत्वबाट हटाइएको प्रहरी स्रोतले जनाएको छ। दाहालको ठाउँमा डीएसपी रामशरण पौडेललाई पठाइएको छ।



कैलालीको भजनी नगरपालिका– ८ को पूरै बस्ती बाढीले विस्थापित भएको छ।

कान्द्रा, काँढा र पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा वडाको एक हजार एक सय ५० परिवार विस्थापित भएको वडाध्यक्ष पंकज चौधरीले बताए। 



लामो समयदेखि ढिलाइ भइरहेको अफगान सरकार र तालिबानबीचको शान्तिवार्ता आगामी हप्ता शुरु हुने सम्भावना बढेको छ। 

अफगान राष्ट्रपति अस्रफ घानीले तालिबानसँगको मध्यस्थता वार्ता हुन लागेको मंगलबार संकेत गर्नुका साथै दुबै पक्षबीच तीन दिने युद्धबिरामका लागि सहमति भएको छ। 



मंगोलियाले कोरोनाका कारण लामो समयदेखि बन्द रहेका शिशु कक्षा र विद्यालयहरु आगामी सेप्टेम्बर १ देखि सुचारु गर्ने तयारी थालेको छ। 

मंगोलियामा २१९ कोरोना संक्रमण देखिँदा हालसम्म कसैको पनि मृत्यु भएकोपाइएको छैन।



अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोभिड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ। 

खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोना भाइरसका विषाणु थप वृद्धि नभएको न्यु इंग्ल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ। 


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक