अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जोखिमपूर्ण कोरोनाकाे औषधिको पक्षमा वकालत

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि अप्रमाणित र जोखिमपूर्ण औषधिको पक्षमा वकालत गर्नुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) , स्वास्थ्य विज्ञहरुकाे अध्ययन तथा अनुसन्धान विपरीत अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको उपचारमा औलोविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्नु पर्ने पक्षमा वकालत गर्नुभएको बीबीसीले जनाएको छ । 

ट्रम्पले यो औषधिको प्रयोगले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिने वा सङ्क्रमण निको हुने बताउँदै आउनुभएको छ । तर अमेरिकाकै स्वास्थ्य विज्ञ, डब्लुएचओ तथा वैज्ञानिकहरुले यो औषधि कोरोना भाइरसविरुद्ध प्रभावकारी नहुने बताउँदै यसको प्रयोगले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिमा मुटुसम्बन्धी समस्या आउन सक्ने र कतिपय अवस्थामा ज्यान पनि जान सक्ने चेतावनी दिइसकेका छन् । 

संयुक्त राज्य अमेरिकामा मात्रै झण्डै ४५ लाखमा कोरोना पुष्टि भएको छ भने एक लाख ५२  हजारभन्दा धेरैको ज्यान गएको छ ।  

सम्बन्धित सामग्री

ट्रम्पलाई कुटनीतिक जानकारी दिनु हुँदैन : अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महत्वपूर्ण कूटनीतिक जानकारी दिन नहुने बताउनुभएको छ । ट्रम्पको अस्थिर व्यवहारका कारण महत्वपूर्ण कुटनीतिक सूचनामा ट्रम्पको पहुँच हुन नहुने पक्षमा आफू रहेको राष्ट्रपति बाइडेनले बताउनुभएको बीबीसीले जनाएको छ । अमेरिकामा पूर्व राष्ट्रपतिलाई समेत राष्ट्रिय सुरक्षा सम्बन्धी ...

उज्यालो अनलाइन

राष्ट्रपति ट्रम्पलाई हटाउने पक्षमा नरहेको अमेरिकी उपराष्ट्रपति पेन्सको जवाफ

काठमाण्डाै – अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त नगर्ने बताएका छन् । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले २५ औँ संशोधनको व्यवस्था सक्रिय पारेर राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने पक्षमा रहे–नरहेको जानकारी दिन पठाएको पत्रको जवाफमा उपराष्ट्रपति पेन्सले आफू त्यसको पक्षमा नरहेको जानकारी गराएका समा...

उज्यालो अनलाइन

ट्रम्पले फेरि भने- कोरोनाको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी

१४ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि कोरोना संक्रमणको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी हुने बताएका छन् । आफूले सिफारिस गरेकाले नै हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न इन्कार गरिएको ट्रम्पको भनाइ छ …

अनलाइनखबर

ट्रम्पले भने, ‘मास्क लगाउनुहोस्, मौका मिल्नेबित्तिकै हात धुनुहोस्’

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारोना भाइरसको महामारी बढिरहेकाले मास्क लागाउन आग्रह गरेका छन् ।  यसअघि मास्कको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले अन्ततः बोली फेर्दै जोखिमबाट बच्न अमेरिकीवासीलाई मास्क लगाउन आग्रह गरेका हुन् । ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले मास्क लगाउन वा...

अमेरिकामा कोभिड-१९ को उपचारमा औलोको औषधिमाथि प्रतिबन्ध

बिना वैज्ञानिक तथ्य र प्रमाणकै आधारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ को उपचारका लागि औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रयोग गर्न सुझाव दिँदै आउनु भएको थियो । राष्ट्रपतिको उक्त विवादित सल्लाहलाई चिकित्सा विज्ञानका क्षेत्रमा क्रियाशिल वैज्ञानिक समुदायले हास्यास्पद भन्दै यो औषधि प्रयोगमा सावधानी अपनाउन आग्रह गरिरहेका थिए ।

गोरखापत्र

डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको घोषणा गर्नुभएको छ । उहाँले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा डब्लूएचओ असक्षम भएको र उसले चीनको मात्रै पक्षपोषण गरेको आरोप लगाउँदै डब्लूएचओसँगको अमेरिकाको सम्बन्ध सबै सकिएको बताएका समाचार संस्था सीएनएनले जनाएको छ । अमेरि...

उज्यालो अनलाइन

कोरोना भाइरस : अमेरिकाले डब्लूएचओको समीक्षा गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को व्यवहार पक्षपातपूर्ण भएको

बाह्रखरी

ट्रम्पले प्रतिकार गर्ने धम्की दिएपछि भारतले फिर्ता लियो औषधि निर्यातको प्रतिबन्ध

भारत सरकार हाइड्रोक्सिक्लोरोक्विन नामक औषधिको निर्यातमा लगाइएको प्रतिबन्ध फिर्ता गर्न सहमत भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस डिजिज (कोभिड-१९)को उपचारमा उक्त औषधि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै आएका छन्। राष्ट्रपति ट्रम्पले औषधिको निर्यात सहज नगरे प्रतिकार गर्ने बताएपछि चिकित्सा विशेषज्ञहरूको आरक्षणका बावजुद भारतले प्रतिबन्ध फिर्ता गर्ने निर्णय लिएको

पहिलो पोस्ट