ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि

१३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रियनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । ५४ वर्षीय ओब्रियन अहिले सेल्फ आइसोलेसनमा बसेको र घरबाटै काम गरिरहेको बताइएको छ ।

ओब्रियनलाई कोरोना भाइरसको सामान्य संक्रमण मात्र देखिएको र उनीबाट राष्ट्रपति ट्रम्प वा उपराष्ट्रपति माइक पेन्सलाई सर्ने कुनै जोखिम नरहेको ह्वाइट हाउसले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ओब्रियन ह्वाइट हाउसमा कोरोन संक्रमण पुष्टि हुने सबैभन्दा उच्च पदस्थ अधिकारी हुन् ।

अहिलेसम्म उनको अन्तिमपटक कहिले राष्ट्रपतिसँग भेटेका थिए भन्ने कुरा भने स्पष्ट हुन सकेको छैन । तर, उनीहरुको बीचमा अन्तिमपटक दुई साताअघि भेट भएको बताइएको छ ।

स्रोत : बीबीसी

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति दम्पतीलाई कोरोना सङ्क्रमण

काठमाण्डाै - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको बीबीसीले जनाएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएकाले ट्रम्प दम्पती आइसोलेशनमा जाने तयारी छ । यस...

उज्यालो अनलाइन

ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनलाई कोरोना संक्रमण पुष्ट  भएको छ।  उनी कोरोना पोजिटिभ भएका ट्रम्प प्रशासनका अहिलेसम्मकै उच्च अधिकारी हुन्। उनी गत सातादेखि घरमै बसेर काम गरिरहेका थिए। कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४२ लाख ८६ हजार ...

थाहा खबर

ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना

१२ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार उनमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । व्हाइट हाउसका विशिष्ट श्रेणीका अधिकारीमा कोरोना …

अनलाइनखबर

ओबामाले गरे ट्रम्पको आलोचना

२८ वैशाख, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलेाचना गरेका छन् । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि ट्रम्पले लिएको नीतिको ओबामाले विरोध गरेका हुन् । उनले अहिले अमेरिकाले कोरोना भाइरसको नियन्त्रणको लागि …

अनलाइनखबर

राष्ट्रपति ट्रम्पका आर्थिक सल्लाहकारद्वारा राजीनामाको घोषणा

वासिङटन, फागुन २३ गते । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका आर्थिक सल्लाहकारले पनि राजीनामा दिने घोषणा गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय...

GorkhaPatra