छोटकरीमा आज - २०७७ असार श्रावण १२ गते सोमबार

आज नेपालमा कोरोना संक्रमण, ‘इनफ इज इनफ’को सत्याग्रहमा कांग्रेसको ऐक्यबद्धता, सरिता गिरीको स्थानमा लिलादेवी सिटौला भइन् सांसद, उपत्यका प्रवेश गर्नेको नागढुंगामै स्वाब संकलन, दक्षिण कोरियाको आर्थिक वृद्धि २० वर्षयताकै सबैभन्दा कम, चीनको आदेशपछि अमेरिकी कूटनीतिज्ञले छाडे चेङ्‌दु वाणिज्य दूतावास लगायतका विषयवस्तुलाई स्थान दिइएको छ।

शुक्रबार १३९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८,७५२ पुगेको छ भने मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

हालसम्म नेपालमा १३,७५४ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR परिक्षण : ३,४७,२७५ => क्वारेन्टाइनमा : १६,३७१

सम्बन्धित :

  • पछिल्लो दिनहरूमा नेपाल प्रहरीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। आजसम्म प्रहरीमा संक्रमितको संख्या १५८ पुगेको छ । जसमा ४ महिला र १५४ पुरुष छ। 
  • राजधानीमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपत्यका प्रवेशको मूख्य नाका नागढुंगामा नै यात्रीहरुको परीक्षणका लागि स्वाब संकलन थालिएको छ। स्वास्थ्य मन्त्रालय र चन्द्रागिरी नगरपालिका मिलेर थालिएको यो अभियानमा दिनको एक हजार जनाको स्वाब संकलन गर्ने लक्ष्य लिइएको छ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशकामार्फत् सबै प्रकारका व्यक्तिगत कर्जाको सीमा तोक्दै बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँसम्मको व्यक्तिगत कर्जा पाइने नियम लागू गरेको छ।

तर, बैंक तथा वित्तीय संस्थाले आफ्नै मुद्दती निक्षेप रसिद, सुन चाँदी एवं नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको ऋणपत्रको धितोमा कर्जा प्रदान गर्न र शतप्रतिशत नगद मार्जिनमा जमानत जारी गर्न यस व्यवस्थाले बाधा पुर्‍याउने छैन।


भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा, गुन्जीलगायत क्षेत्र आफ्नो भूमि रहेको बताउँदै नेपालीहरुको त्यस क्षेत्रमा प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखेको छ।

नेपालले कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग समेटेर गत ५ जेठमा नयाँ नक्सा जारी गरेसँगै भारतको असुन्तुष्टि क्रमश: व्यक्त हुँदै आएको बताइएको छ।


सर्वोच्च अदालतले अदालतमा विचाराधीन विषय वा अदालतबाट भएका फैसला र निर्णयका सम्बन्धमा टिकाटिप्पणी गर्दा वा समाचार प्रवाह गर्दा अदालतको मर्यादा र गरिमामा आँच आउन सक्ने तर्फ ध्यान दिन आग्रह गरेको छ।

पछिल्लो समय पत्नी हत्याका दोषी पूर्व प्रहरी अधिकृत रञ्जन कोइरालाको कैद घटाउने र 'हिट एन्ड रन' को केसमा पृथ्वी मल्ललाई धरौटीमा रिहा गर्ने सर्वोच्चका आदेशहरु विवादमा आएका छन्।


देशभरको बाढीपहिरोका कारण देखिएको प्रभावको पछिल्लो वस्तुस्थिति :

  • आइतबार साँझदेखिको अविरल वर्षाका कारण स्यांग्जा स्थित पुतलीबजार नगरपालिका १ र लामागे जोड्ने पुलको एउटा लठ्ठा चुडिएको छ। आँधीखोलामा आएको भेलबाढी र पहिराका कारण आँधीखोला माथि बनेको पुलको लठ्ठा चुडिएको हो। 
  • मुस्ताङको थासाङ गाउँपालिका-२ सौरु गाउँका २२ घरधुरी अहिले बाढी/पहिरोको उच्च जोखिममा छन् । पूर्वतर्फको निलगिरी हिमालको फेदबाट बग्ने ठाडो तम खोलामा पानीको बहाव उच्च हुँदा सौरु गाउँ उच्च जोखिममा परेको हो।
  • कालिकोटका विभिन्न ठाउँमा पहिरो खस्दा विद्युत तथा अन्य सेवाहरु प्रभावित भएको छ। जिल्लाको नरहरीनाथ गाउँपालिका ९ लालुको खुलालु लालु सडकखण्डअन्तरगत गर्खेको भीरमा पहिरो खस्दा एकजना स्थानीय पहिरोमा पुरिएका छन्।
  • झन्डै तीन मिटर सडक भासिएपछि सोमबार बिहान साढे ४ बजेबाट अवरुद्ध सिद्धार्थ राजमार्ग दश घण्टापछि एकतर्फी खुलेको छ। राजमार्गको तिनाउ गाउँपालिका–३ नागमन्दिर नजिकै सडकै भासिने गरी पहिरो खस्दा राजमार्गको तीन मिटर क्षेत्र बगाएको छ। 

निर्वाचन आयोगले सरिता गिरीको ठाउँमा समाजवादी पार्टीको सिफारिसमा लिलादेवी सिटौलालाई संघीय संसदको प्रतिनिनिसभा सदस्यमा निर्वाचित गरेको छ। 

अब छिट्टै प्रतिनिधिसभाको सभामुखद्वारा नवनिर्वाचित सांसद सिटौलालाई सपथ ग्रहणका लागि समय मिलाउने जानकारी प्राप्त भएको छ ।


कोरोना भाइरसको सबल व्यवस्थापन र जनताको जीवनरक्षा गर्न माग गर्दै युवाहरूले सुरु गरेको सत्याग्रहका लागि नेपाली कांग्रेसले ऐक्यबद्धता जनाएको छ। 

इनफ इज इनफ समूहका युवाहरू १० दिनदेखि कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि आरडिटी परीक्षण खारेज गर्न र पिसिआर परीक्षण गर्न माग गर्दै खाना–पानी नखाई सत्याग्रह बसेका छन्। 


लामो छलफल र रस्साकस्सीपछि भारत-फ्रान्सबीच लडाकु विमानसम्बन्धी सम्झौता कार्यान्वयन भएको छ।

फ्रान्स एयरबेसबाट सोमबार उडान भरेका विमानहरु २९ जुलाईमा भारतको अम्बालास्थित भारतीय वायु सेनाको एयरबेसमा ल्यान्ड हुनेछन् ।


अमेरिका र चीनबीच एक–आपसमा आरोप–प्रत्यारोप चर्किएसँगै एक–अर्काे देशमा रहेका महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिने क्रम पनि बढेको छ। 

केही दिनअघि अमेरिकाले हुस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएलगत्तै चीनले पनि जवाफी निर्णयका रूपमा छेन्दुस्थित अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको हो। 

सम्बन्धित :

  • चीनको आदेशपछि अमेरिकी कूटनीतिज्ञहरूले चीनको दक्षिण-पश्चिमी सहर चेङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास छोडेका छन्। सोमबार कर्मचारीहरूले 'बक्स' फाइल र फोहोर राखिएका झोला बोकेको देखिएको थियो भने त्यहाँस्थित अमेरिकी झण्डा झिकिएको छ। 

अमेरिकामा दिनप्रतिदिन बढ्दो कोरोना भाइरस प्रकोपका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लिकन पार्टीको चुनावी सभा स्थगित गरेका छन्। ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्को महिना ज्याक्सनभिल्लेमा गर्न लागिएको अर्को भेला पनि रद्द गरेको जानकारी दिए। 


दक्षिण कोरियाको अर्थतन्त्र चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धि भएको छ ।

केन्द्रीय बैंकले बिहीबार कोरोना भाइरसका कारण निर्यात घटेसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको बताएको हो ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।