होटल सञ्चालनको तयारीमा जुट्न आग्रह

लेखनाथ समाचारदाता

पोखरा, साउन ११ गते । सरकारले लकडाउन खुलेको घोषणा गरेसँगै बिस्तारै होटल व्यवसाय पनि सञ्चालनमा आउने अपेक्षासहित पश्चिमाञ्चल होटल सङ्घ पोखराले पूर्वतयारीमा जुट्न मातहतका सदस्य व्यवसायीलाई आग्रह गरेको छ । सङ्घका तर्फबाट अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी त्यस्तो आग्रह गर्नुभएको हो । झण्डै चार महिनादेखि पोखराका होटल सञ्चालन गर्ने गरी तयारीमा जुट्न आह्वान गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, कोरोना सङ्क्रमणको अवस्थामा पर्यटकको आगमनमा शून्य रहेको हुँदा यो समयलाई सदुपयोग गर्दै प्रमुख पर्यटकीय सिजनलाई लक्षित गरी त्यस समयमा आगमन हुने पाहुनालाई भयरहित वातावरणको सुनिश्चिता गर्न आग्रह गरिन्छ ।
आतिथ्यता प्रदान गर्न सङ्घले होटल प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई होटल सञ्चालन कार्यविधि (प्रोटोकल)अनुरूप तालिम प्रदान गर्ने, सुरक्षा सावधानीका सामग्री खरिदमा सहजीकरण गर्ने हुँदा यहाँहरूलाई आन्तरिक तयारीमा जुट्नसमेत आग्रह गर्दछौँ ।
पर्यटनलाई चलायमान बनाउन वर्तमान समयमा आन्तरिक पर्यटकको विशेष भूमिका रहने भन्दै सङ्घले निकट समयमा नै डिजिटल वा विभिन्न माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यको तयारी गरिरहेको पनि जनाएको छ ।
यसैगरी होटल सेवा पनि सावधानी अपनाउँदै क्रमिक रूपले खुल्दै जाने अपेक्षा सङ्घले गरेको पनि उल्लेख गरिएको छ । नेपाल सरकारले साउन ६ गतेबाट जनजीवन र आर्थिक गतिविधिलाई चलायमान बनाउन पूर्ण सुरक्षा सावधानी अपनाउँदै करिब चार महिनाको लकडाउन अन्त्य गरेको थियो । यस घोषाणासँगै साउन १५ देखि होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसाय र भाद्र १ गते देखि लामो दूरीका यातायात सेवा, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा पुनः सञ्चालन गर्न सेवा प्रदायकलाई अनुमति प्रदान गरेको विज्ञप्तिमा स्मरण गराइएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, लामो समयको बन्दाबन्दीले गर्दा व्यवसायीहरू मानसिक तथा आर्थिक रूपमा दबाबमा परेका कारण व्यवसायलाई गति दिन केही समय लाग्ने निश्चित छ । पर्यटनलाई पुरानो लयमा फर्काउन र कसरी चलायमान बनाउन सकिन्छ भन्ने चिन्ताको विषय हो ।
यसका लागि आन्तरिक तथा वाह्य पर्यटकको आवागमन वृद्धि हुनु जरुरी छ । हाल वर्तमान अवस्थामा नेपाल सरकारद्वारा होटल सञ्चालन कार्यविधि जारी गरेको अवस्थामा सो कार्यविधि अवलम्बन गरी व्यवसाय सञ्चालन गर्नु सबैको दायित्व हो ।
यसैगरी कोभिड–१९ को कारणले पर्यटन क्षेत्रमा ठूलो आर्थिक क्षति पुग्न गएको अवस्थामा पर्यटन तथा होटल व्यवसायलाई पुनः उत्थान गर्न केन्द्रीय, प्रादेशिक तथा स्थानीय सरकारसमक्ष विभिन्न छलफल गरिएको र माग राखिए पनि व्यवसायलार्ई पुनः उत्थान गर्न सबै तहका सरकारबाट कुनै उल्लेख्य नीति तथा कार्यक्रम ल्याउन नसकेको पनि सङ्घले गुनासो गरेको छ ।
हालै मात्र नेपाल राष्ट्र बैङ्कले जारी गरेको ०७७÷७८ को मौद्रिक नीतिमा विशेष गरी होटल तथा पर्यटन क्षेत्रमा सहुलियत दरको पुनःकर्जा, ऋणको पुनर्तालिकीकरण, सावाँ तथा ब्याज भुक्तानका लागि थप समयावधि माग भए अनुसार केही सम्बोधन हुनुले वर्तमान परिस्थितिमा केही राहत मिलेको महसुस सङ्घले गरेको छ ।
नीति आफैँमा सामान्यतया उत्कृष्ट हुने भन्दै कार्यान्वयनको सुनिश्चितता प्रमुख रहेको हुनाले यसको अक्षरशः पालना गर्न बैङ्क तथा वित्तीय संस्थालाई अनुरोध गर्दै नेपाल राष्ट्र बैङ्कको ध्यानाकर्षण पनि सङ्घले गराएको छ ।
कोभिड–१९ को कारण पर्यटन क्षेत्रमा देखिएको शिथिलतालाई ध्यानमा राखी पश्चिमाञ्चल होटल सङ्घ पोखराले यस विषम परिस्थितिमा होटल प्रतिष्ठानलाई सहुलियत प्रदान गर्ने उद्देश्यले विगतका वर्षमा लिइँदै आएको नवीकरण शुल्क र नयाँ सदस्यता शुल्कमा ५० प्रतिशत छुट दिई आर्थिक वर्ष २०७७÷७८ को नवीकरण र नयाँ सदस्यता प्रदान गर्ने जानकारी पनि सङ्घले
गराएको छ ।
 

सम्बन्धित सामग्री

खुल्दै होटल, जुर्मुराउँदै पर्यटन

चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् । सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति दिएपछि नेपालको होटल खुला छ भन्ने सन्देश दिने उद्देश्यसहित होटल सञ्चालन हुन लागेको होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिनुभयो । होटल सञ्चालनमा ल्याए पनि यो अवस्थामा ठूलो सङ्ख्यामा पर्यटक आउने देखिँदैन, उहाँले भन्नुभयो, यद्यपि सरकारले अनुमति दिएको अवस्थामा नेपालको होटल बन्द छैन भन्ने सन्देश राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा दिन पनि सञ्चालन गर्दैछौँ । बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने भए पनि तारे होटलले भने १० प्रतिशत मात्र सेवा सञ्चालन गर्ने भएका छन् । होटल सञ्चालनमा ठूलो खर्च लाग्ने तर त्यस अनुसार ग्राहकको सम्भावना नभएकाले सबै सेवा दिएर सञ्चालनमा ल्याउन समस्या हुने व्यवसायीको भनाइ छ ।

गोरखापत्र

सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग

काठमाण्डाै –  होटलहरुको छाता सङ्गठन होटल व्यवसायी महासङ्घले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । महासङ्घका अध्यक्ष हिराध्वज शाहले मङ्गलबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दी गरेपछि अस्तव्यस्त रहेको होटल व्यवसाय सावधानी ...

उज्यालो अनलाइन

सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग

होटलहरुको छाता सङ्गठन होटल व्यवसायी महासङ्घले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । महासङ्घका अध्यक्ष हिराध्वज शाहले मङ्गलबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दी गरेपछि अस्तव्यस्त रहेको होटल व्यवसाय सावधानी अपनाएर खोल्न पाउनुपर्ने माग गर्नुभएको हो । कोरोना सङ्क्रमण शुरु हुनेबित्तिकै होटल व्यवसायीले राज्यलाई होटल क्वारेन्टिनका रूपमा उपलब्ध गराउने घोषणा गरे पनि सरकारले महङ्गो शुल्कमा अन्य संस्थासँग सम्झौता गरेको महासङ्घको ठहर छ । महासङ्घले कतार, मलेशिया, दुबईलगायत खाडी मुलुकबाट कोरोना सङ्क्रमणका कारण नेपाल फर्केका श्रमिकलाई आफ्नै खर्चमा महङ्गा होटलमा बस्न लगाउनु दुःखद् भएको बताएको छ । महासङ्घले बन्दाबन्दीको समयमा होटल सञ्चालन नहुँदा होटल व्यवसायीलाई ठूलो मार परेको भन्दै होटलको घरभाडामा ५० प्रतिशत तथा बिजुली, पानी, टेलिफोन, इन्टरनेट महसुलमा विशेष छुटको व्यवस्था गर्न आग्रह गरेको छ ।

गोरखापत्र

पोखराका होटल असोजसम्म बन्द

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द हुने भएका छन् । कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भनेअनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकाले आगामी असोज महिनासम्म काठमाडौँका होटल सरह पोखराका होटल पनि सञ्चालन नगर्न नसकिने पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ ।

गोरखापत्र

बन्दाबन्दीले अठार हजार मजदुर समस्यामा

नेपालकै प्रमुख पर्यटकीय नगरी पोखरामा बन्दाबन्दीले गर्दा होटलमा १८ हजारभन्दा बढी कामदारले रोजगारी गुमाएका छन् । बन्दाबन्दीसँगै पोखराका सबै होटल बन्द भएपछि यति ठूलो सङ्ख्यामा होटलमा काम गर्ने कामदारले जागिर गुमाउनुपरेको हो । पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले पोखरामा पाँचवटा स्टार होटल रहेका छन् भने साना ठूला गरी ७०० होटल रहेका बताउनुभयो । ती होटल व्यवसायमा काम गर्ने १५ हजारभन्दा बढी प्रत्यक्ष र तीन हजारभन्दा बढी व्यक्तिले अप्रत्यक्ष गरी १८ हजारले रोजगारी गुमाउनुपरेको उहाँले जानकारी दिनुभयो ।

गोरखापत्र

पोखराका होटल असोजसम्म बन्द रहने

५ जेठ, पोखरा । पोखराका होटलहरु आउँदो असोज महिनासम्म व्यवसाय बन्द हुने भएको छ । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले लकडाउन खुले पनि तत्काल व्यवसाय सञ्चालन गर्न असहज हुने भएकाले असोजसम्म सम्पूर्ण होटल बन्द …

अनलाइनखबर

घरभाडाको विषय आपसी समझदारीमा मिलाउन अपिल

पश्चिमाञ्चल होटल सङ्घ पोखराले होटल सञ्चालक र घरधनीबीच आपसी समझदारीमा घरभाडा छुटसम्बन्धी विषय टुङ्गोमा पुर्‍याउन आग्रह गरेको छ।

नागरिक दैनिक

लकडाउन खुले पनि दशैँअघि सौराहाका होटल नखुल्ने

लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएका छन् । उहाँले भन्नुभयो, “लकडाउनपछि तत्काल विदेशी पर्यटक आउने कुरा भएन, स्वदेशी पनि खासै आउँदैनन् ।” होटल खुलेपछि दैनिक सञ्चालन खर्च धेरै हुने तर पर्यटक नआउने भएकाले तत्काल होटल सञ्चालन नगरिने उहाँले जानकारी दिनुभयो ।

गोरखापत्र

सञ्चारकर्मीलाई निवासबाटै काम गर्ने व्यवस्था मिलाउन महासंघको आग्रह

नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिमलाई ध्यानदिँदै सञ्चारकर्मीलाई घरबाटै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ। केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए।

नागरिक दैनिक