छोटकरीमा आज - २०७७ श्रावण ०९ शुक्रबार

आज नेपालमा कोरोना संक्रमण, न्यायाधीशविरुद्ध महाभियोगको माग: 'अध्ययन गर्दै' बार,जेलमै बिहे गर्न पाइने गरी कानून बन्दै, गायिका सोफियाले सुरक्षा माग गर्दै दिइन् उजुरी, सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ, अमेरिकाद्वारा तीन चिनियाँ नागरिक पक्राउ, रुसले अन्तरिक्षमा हतियार परीक्षण गरेको यूके र अमेरिकाको आरोप लगायका विषयवस्तुलाई समावेश गरिएका छन् ।

विहीबार ११३ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८,३७४ पुगेको छ भने मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

हालसम्म नेपालमा १२,९४७ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR परिक्षण : ३,३५,०८२ => क्वारेन्टाइनमा : १९,४४४


प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। पत्‍नी हत्या आरोपमा जेलमा रहेका सशस्त्रका पूर्वडिआईजी रञ्‍जन कोइरालालाई रिहाको फैसला गरेसँगै प्रधानन्यायाधीश लगायतको विरोध सुरु भएको हो।

सम्बन्धित :

  • सर्वोच्च अदालतका दुईवटा इजलासले गरेका दुईवटा निर्णय र आदेश चर्को विवादमा परेसँगै ती सम्बद्ध न्यायाधीशविरुद्ध महाभियोग लगाइनु पर्ने माग र चर्चा हुन थालेको छ।

नेपाली कांग्रेसले कोरोना महामारीको संक्रमण रोकथाम नियन्त्रणका लागि लागु गरेको लकडाउन खोल्दा सरकारले अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको टिप्पणी गरेको छ।

आमजनजीवनले राहत महसुस गरे पनि बढ्दो संक्रमणकाबीच खोलिएको लकडाउनले संक्रमणको विस्तार हुन सक्ने थप जोखिमतर्फ समितिले चासो र चिन्ता रहेको जनाएको छ।


शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३६५ रुपैयाँ र चाँदीको मूल्य प्रतितोला एक हजार १५० रुपैयाँ तोकेको छ। 


प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले एसिड प्रहार गर्नेलाई कठोर सजाय दिन कानुन संशोधन गर्नुपर्ने बताएको छ।

पीडक निश्चित वर्ष जेल र निश्चित रकम जरिवाना तिरेर सामान्य जीवनमा फर्कन मिल्ने अवस्था उपयुक्त नभएको बताइएको छ।

सम्बन्धित :

  • राष्ट्रिय मानवअधिकार आयोगले चितवनमा चेपाङ समुदायका परिवार र व्यक्तिमाथि भएका दुई फरक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ। आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै आगजनी गरी घर भत्काई विस्थापित तुल्याइएका व्यक्तिहरूको उचित बासको व्यवस्था गर्न तथा मृतक राजकुमार चेपाङको परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको हो। 
  • कारागारको परम्परागत शैलीलाई हटाउन राज्य व्यवस्था तथा सुशासन समितिले ‘कारागार विधेयक’मा खुला कारागारसम्बन्धी व्यवस्था समेट्ने भएको छ। विधेयकले कैदीबन्दीहरूका लागि विवाह र प्रजननको अधिकार एवं अस्पताल तथा स्वास्थ्यचौकी रहने लगायत प्रावधान समावेश गरेको छ।

अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी  मुद्दा दर्ता गरेका छन्।

यसअघि अभिनेता भुवन केसीले साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै कलाकार संघमा उजुरी दिएका थिए।

सम्बन्धित :

  • हाइलाइट्स नेपालले युट्युबबाट 'अबको तीज नो व्रत प्लिज'बोलको गीत प्राइभेट गरेपछि पनि गायिका सोफिया थापाले धम्की आइरहेको बताएकी छन्। निरन्तर अपशब्द र फोनबाट धम्की दिन थालेपछि सोफियाले नेपाल प्रहरीको साइबर ब्युरो र इलाका प्रहरी कार्यालय बुटवलमा मंगलबार सुरक्षाको माग गर्दै निवेदन दर्ता गराएकी छन्। 

अमेरिकाले चार चिनियाँ नागरिकमाथि भिसा जालसाजी गरेको अभियोग लगाएको छ।

चारमध्ये तीनजनालाई पक्राउ गरिएको छ भने चौथो व्यक्तिलाई सङ्घीय जाँच ब्यूरो (एफबीआइ)ले खोजिरहेको छ। 


रुसले भू-उपग्रहमा प्रहार गर्न सकिने क्षेप्यास्त्रजस्तो हतियारको अन्तरिक्षमा परीक्षण गरेको अमेरिका र यूकेले दाबी गरेका छन्।

अमेरिकी सरकारले भू-उपग्रहलाई मार हान्न सकिने क्षमता भएको उक्त अस्त्रको प्रयोगलाई चिन्ताको विषय भनेको छ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।