लाङटाङ निकुञ्ज क्षेत्रका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा, गोसाइँकुण्ड जानेलाई सहज हुने

        फाइल तस्विर

रसुवा। नजिकिँदो जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ।

सरकारले कोभिड–१९ रोगको सङ्क्रमण फैलनबाट रोक्न लगाएको बन्दाबन्दी खुला भएसगैँ गोसाइँकुण्ड पदमार्गको नुवाकोटतर्फका होटल सञ्चालन गरिएको ‘लाङटाङ–गोसाइँकुण्ड–हेलम्बु–होटल व्यवसायी सरोकार समिति’का उपाध्यक्ष पेम्बा लामाले जानकारी दिए।

उनका अनुसार नेपाल सरकारले यही साउन १५ देखि होटल व्यवसाय सुचारु गर्ने जनाए पनि साउन १० गते नागपञ्चमीदेखि गोसाइँकुण्ड जान नुवाकोटस्थित पदमार्गमा धर्मालम्बी आउने अपेक्षासहित होटल सञ्चालनमा ल्याइएको छ। ‘नेपाल भ्रमण वर्षलाई लक्षित गरेर थप सेवा र सुविधासहित सञ्चालित होटल कोभिड–१९ को जोखिमका कारण बन्द भएकोमा बन्दाबन्दी खुला भएसगैँ सञ्चालन गरिएको छ।” लामा गेष्ट हाउस तथा रेष्टुरेन्टका सञ्चालक समेत रहनुभएका पेम्बा लामाले भने, “पैदलमार्फत सुन्दरीजलबाट नुवाकोटको घ्याङफेदी हुदैँ गोसाइँकुण्ड जाने तीर्थयात्री सुरक्षा, खाद्यान्न, पथप्रदर्शक, भरिया, प्राथमिक स्वास्थ्य उपचारलगायतको व्यवस्था समेत होटल सञ्चालक व्यावसायीले मिलाएका छन्।”

निकुञ्ज क्षेत्रमा नुवाकोटतर्फ सुविधा सम्पन्न सातवटा होटल सञ्चालनमा छन् भने पदमार्गमा साना–ठूला दुई दर्जन भन्दा बढी होटल तथा रेष्टुरेन्ट रहेका छन्। ती अधिकांश सञ्चालनमा आउन शुरु भएको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।  हिन्दू र बौद्ध धर्मालम्बीको अस्थाको केन्द्र गोसाइँकुण्डमा जनैपूर्णिमा पर्वको अवसरमा लाग्ने मेलाको स्नान नागपञ्चमीदेखि नै शुरु हुने गर्दछ।

गोसाइँकुण्ड पुग्न रसुवाको धुञ्चेहुँदै जाने पदमार्ग मुख्य हो भने विकल्पमा दुई दशकअघि नुवाकोटको घ्याङ्फेदीबाट खोलिएको पदमार्ग सुन्दरीजल (काठमाडौँ)बाट शुरु हुने गर्दछ। अध्यक्ष तामाङका अनुसार काठमाडौँको सुन्दरीजलबाट पैदलयात्रा शुरु गरेर चिसापानी, कुटुङसाङ, मङ्गनीगोठ हुँदै छहरेपाटी, घोप्टेभीरबाट सिधैँ सूर्यकुण्ड/गोसाइँकुण्ड पुग्न सकिने छ।

उक्त पदमार्ग हँुदै सुन्दरीजलबाट गोसाइँकुण्ड दुई दिनमा सजिलै पुगिन्छ। जेठ महिनामा पर्ने दशहरा पर्व कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भए पनि जनैपूर्णिमा पर्वमा आंशिक रुपमा तीर्थयात्री सहभागी हुने अपेक्षाको साथमा भन्दै पदमार्गमा पर्ने होटल व्यवसायी सेवा सञ्चालनको लागि तयारीमा जुटेका छन्।

सम्बन्धित सामग्री

लाङटाङका पर्यटकीय होटेल आजदेखि सञ्चालनमा

कोरोना संक्रमित बढेपछि बन्द भएका रसुवाको पर्यटकीय क्षेत्र लाङटाङका सबै होटेल आज (आइतबार) देखि सञ्चालनमा आएका

नयाँ पत्रिका

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल सञ्चालन

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आएका छन्। जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै त्यहाँ सञ्चालित होटल, लज तथा चियापसल सञ्चालनमा आएका हुन्।

नागरिक दैनिक

लाङटाङ पदमार्गका हाेटल भाेलिदेखि सञ्चालनमा आउने

रसुवा – लाङटाङ पदमार्गमा रहेका होटल आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । रसुवामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेकोले लाङटाङ पदमार्गमा रहेका होटल, लज तथा चिया पसल सञ्चालनमा आउन लागेको हो ।  रसुवामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि गोसाइँकुण्ड गाउँपालिका ४ को होटल व्यवसाय समितिको आग्रहमा गएको कात्तिक १८...

उज्यालो अनलाइन

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आउने

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आउने भएका छन्। जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै त्यहाँ सञ्चालित होटल, लज तथा चियापसल सञ्चालनमा आउन लागेका हुन्।

नागरिक दैनिक

लाङटाङ निकुञ्ज क्षेत्रमा सञ्चालित होटलको टेन्डर प्रक्रिया सुरु

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ ।

नागरिक दैनिक

लाङटाङ राष्ट्रिय निकुञ्ज सञ्चालित होटलको टेन्डर प्रक्रिया अघि बढ्यो

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७४/७५ मा टेन्डर गर्ने तयारी गरेपनि विभिन्न कारणले टेन्डर हुन् सकेको थिएन।

नागरिक दैनिक

होटल-रेष्टुरेन्ट सञ्चालनमा

सरकारको निर्णयपछि होटल तथा रेष्टुरेन्ट सेवा बिहीबारदेखि सञ्चालनमा आएका छन् । कोरोभाइस नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनका कारण बन्द रहेका होटल तथा रेष्टुरेन्ट चार महिनापछि सञ्चालनमा आएका हुन् । “सरकारले तोकेको मापदण्डअनुसार होटल सञ्चालनमा आएका छन्,” होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले भने, “होटलले आफ्ना कर्मचारीलाई तालिम दिएर सुरक्षित सेवा प्रवाह गर्नेछन् ।” उनका अनुसार आजको भोलि नै पाहुना आइहाल्ने अवस्था नभए पनि आगामी सिजनका लागि मार्केटिङ, बुकिङ, सेल्सको काम अगाडि बढाउँदै अघि बढ्ने व्यवसायीको योजना छ ।

कारोबार दैनिक