ट्रम्पले भने, ‘मास्क लगाउनुहोस्, मौका मिल्नेबित्तिकै हात धुनुहोस्’

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारोना भाइरसको महामारी बढिरहेकाले मास्क लागाउन आग्रह गरेका छन् । 

यसअघि मास्कको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले अन्ततः बोली फेर्दै जोखिमबाट बच्न अमेरिकीवासीलाई मास्क लगाउन आग्रह गरेका हुन् । ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले मास्क लगाउन वा रुमालले मुख छोप्न आग्रह गरेकाे बीबीसीले जनाएको छ ।

ट्रम्पले भौतिक दुरी कायम राख्न, मास्क लगाउन र मास्क किन्न आग्रह गरेकाे खबरमा उल्लेख छ । झण्डै तीन महिनापछि ह्वाइट हाउसमा भएको प्रेस ब्रिफ्रिङमा ट्रम्पले कोरोना महामारी सुधार हुनुको साटो झन् खराबतर्फ अघि बढिरहेको बताएका छन् । 

ट्रम्पले भने, 'हामी अमेरिकीवासीलाई मास्ककाे प्रयाेग गर्न, सामाजिक रुपमा दुरी र व्यापक स्वच्छता कायम राख्न भनिरहेका छाैँ । उच्च जाेखिम क्षेत्रमा बस्दै आएका मानिसले माैका मिल्नेबित्तिकै हात धुने गराैँ । भिडभाडबाट बचाैँ, सुरक्षित रहाैँ र स्मार्ट बनाैँ ।'  

यसअघि लगातार काेराेना भाइरसलाई 'चिनियाँ भाइरस' बताँदै आएका ट्रम्पले ब्रिफिङ कक्षमा खल्तीबाट मास्क निकालेका थिए तर लगाएका थिएनन् ।

साथै ट्रम्प ब्रिफिङमा विना विशेषज्ञ उपस्थित हुँदै सम्बाेधन गर्ने गर्थे । उनले आफ्नाे टिप्पणी संक्षिप्त र सटिक रुपमा राख्ने गरेका थिए, कुनै पत्रकारले केही प्रश्न राख्दा उनी आफ्नाे ढङ्गले उत्तर दिँदै आएका थिए । 

अमेरिकामा ४० लाख २८ हजार ७ सय भन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने १ लाख ४४ हजार ९ सय ५८ जनाको ज्यान गएको छ । यस्तै, १८ लाख ८६ हजार भन्दा धेरै भने निको भएका छन् ।  

सम्बन्धित सामग्री

सेक्सन ४ : के यसको प्रयोग गरेर ट्रम्पलाई तत्काल शक्तिविहीन बनाइएला?

जो वाइडेनलाई अमेरिकी राष्ट्रपति निर्वाचित गर्न बसेको सदनको संयुक्त बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि अहिले ट्रम्पलाई ह्वाइट हाउसबाट उनलाई हटाउनुपर्ने माग उठिरहेको छ। अमेरिकी उपराष्‍ट्रपति माइक पेन्समामाथि २५ औं संशोधनको प्रयोग गरेर ट्रम्पलाई हटाउन दबाब बढ्दै गइरहेको छ। तर, के उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्पलाई हटाउन सक्छन? अमेरिकी

पहिलो पोस्ट

चुनावको नतिजा उल्ट्याएर भोट दिलाइदिन ट्रम्पले आग्रह गरेको खुलासा

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन अधिकारीलाई चुनावको नतिजा उल्ट्याएर आफूलाई भोट दिलाइदिन आग्रह गरेको खुलासा भएको छ ।  गएको नोभेम्बर ३ तारिखमा भएको राष्ट्रपतीय चुनावमा हार व्यहोरेका ट्रम्पले जितका लागि नतिजा उल्ट्याइदिन आग्रह गरेको फोन रेकर्डिङ सार्वजनिक भएको हो । राष्ट्रपति ट्रम्पले चुनावको नत...

उज्यालो अनलाइन

बाइडनले अमेरिकाको सपना चकनाचुर पार्छन् : ट्रम्प

१२ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी उम्मेदवार जो बाइडनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरे उनले अमेरिकाको सपना चकनाचुर पार्ने बताएका छन् । राष्ट्रपतीय निर्वाचनको प्रचारमा रहेका ट्रम्पले रिपब्लिकन पार्टीको सम्मेलनमा …

अनलाइनखबर

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने बताएका छन्। चीन र अमेरिकाबीच कुटनीतिक विवाद बढ्दै गइरहेको बेला एयर फोर्स वानमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने, ‘ जहाँसम्म टिकटकको कुरा छ, हामी अमेरिकामा त्यसको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरिरहेका छौं।’ ट्रम्पले कहिलेबाट एपमाथि प्रतिबन्ध लगाउने भन्ने बारेमा

पहिलो पोस्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मास्क लगाउन अस्वीकार

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क (मुखावारण) लगाउन अस्वीकार गर्नुभएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल वा सलले मुख छोप्न आग्रह गर्दै नयाँ स्वास्थ्य सुझाव जारी गरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क (मुखावारण) लगाउन अ...

उज्यालो अनलाइन

किमको पत्रको पर्खाइमा छुँ : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेता किम जोङ उनको पत्रको प्रतिक्षामा रहेको बिहीबार बताएका छन्।    सिङ्गापुरमा आगामी जुन १२ मा हुनेगरी तय भएको शिखरवार्तालाई यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ...

नेपाल आज