समुदायमा फैलिएको छैन कोरोना

सरोज ढुुङ्गेल

काठमाडौँ, साउन ३ गते । काठमाडौँ उपत्यकामा समुदाय स्तरमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट पारेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका धेरै भीड हुने विभिन्न १२ स्थानमा सङ्कलन गरिएको ४ हजार ८ सय जनाको नमुना परीक्षणमा तीन जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताइएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सङ्क्रमित तीनमध्ये दुई जना विदेशबाट फर्किएका र एक जना ब्युटीपार्लर व्यवसायमा संलग्न व्यक्ति रहेको बताउनुभयो । समुदाय स्तरमा कोरोना सङ्क्रमण देखिएको छैन । प्रवक्ता डा. गौतमले अन्य विभिन्न तथ्य र प्रमाणले पनि समुदाय स्तरमा सङ्क्रमण फैलिएको कुरालाई पुष्टि गरेको छ भन्नुभयो ।
उहाँले सार्वजनिक सवारीसाधन तथा कार्यालय खुल्दैमा कोरोना सङ्क्रमणको जोखिम छैन भन्न नमिल्ने उल्लेख गर्दै सङ्क्रमणको जोखिम अझै रहेको र कोरोना महामारीको भन्दा पहिलेको अवस्थामा फर्किन समय लाग्ने बताउनुभयो । उहाँले सम्बन्धित व्यक्तिको सावधानी र होसियारीले आफू र अरूलाई कोरोनाबाट जोगाउन सकिने बताउनुभयो । उहाँले काठमाडौँमा ट्राभल हिस्ट्री नभएकालाई समेत कोरोना देखिएपछि सङ्क्रमण फैलिएको हो या होइन पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका बैङ्क, मालपोत कार्यालय, अस्पताल लगायत भीड हुने विभिन्न स्थानमा स्वाब सङ्कलन गरेको थियो ।

थप १०१ मा कोरोना सङ्क्रमण
यस्तै काठमाडौँ उपत्यकामा तीन जनासहित थप १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उहाँले काठमाडौँका एक र भक्तपुरमा दुई जनामा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १७ हजार ४४५ पुगेको छ ।  

सम्बन्धित सामग्री

उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो सङ्ख्या ह्वात्तै बढेको हो । शनिबार देशभर १८२ महिला र ४५२ पुरुष गरी कुल ६३४ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

गोरखापत्र

थप ८३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३० हजार नाघ्यो

काठमाडौ । काठमाडौ उपत्यकामा १८२ सहित आज देशभरमा ८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १४२, ललितपुरमा २५ र भक्तपुरका १५ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार ५७९ नमूना परीक्षण भएको थियो …

राजधानी दैनिक

उपत्यकामा २०० सहित थप ७०७ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

काठमाडौ । उपत्यकामा २०० सहित आज देशभरमा ७०७ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १७४, ललितपुरमा १८ र भक्तपुरका आठ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार ८३२ नमूना परीक्षण भएको थियो । …

राजधानी दैनिक

थपिए ३६० जना कोरोना संक्रमित, मृतकको संख्या ६५ पुग्यो

काठमाडौँ । देशभरमा आज ३६० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशरभरका प्रयोगशलामा गरिएको पिसिआर परीक्षणमा ३६० जना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल सक्रिय सङ्क्रमित ६ हजार २९६ रहेको बताए । योसंगै नेपालमा कोरोना …

राजधानी दैनिक

थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५१९ पुरुष र ११० महिलामा सङ्क्रमण देखिएको बताए । नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ७२८ पुगेको छ । मन्त्रालयका प्रवक्ता …

राजधानी दैनिक

थप ५३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण आज ५३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४४८ पुरुष र ९० महिलामा सङ्क्रमण देखिएको बताए । नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १० हजार ९९ पुगेको छ । मन्त्रालयका प्रवक्ता गौतमका …

राजधानी दैनिक

एकै दिन थपिए ३८० जना कोरोना संक्रमित, संक्रमितको संख्या ६५९१ पुग्यो

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण आज ३८० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३८० जनामा सङ्क्रमण देखिएको बताए । नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोेना सङ्क्रमितको सङ्ख्या छ हजार ५९१ पुगेको छ । तीमध्ये ६ हजार ९२ पुरुष र …

राजधानी दैनिक

एकै दिन ४४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या पाँच हजार ६२ पुग्यो

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आज थप ४४८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ४२४ पुरुष र २४ महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । योसंगै सङ्क्रमतिको सङ्ख्या पाँच हजार ६२ पुगेको छ । जसमा पुरुषको सङ्ख्या …

राजधानी दैनिक