पशुपति विकास कोषलाई मन्त्री भट्टराईको निर्देशन : किल्ला निश्चित गरेर तारबार लगाउनु

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिएका छन्। 

आइतवार कोषको समीक्षा बैठकमा मन्त्री भट्टराईले बृहत्तर पशुपति क्षेत्र विकास अन्तर्गतका हरेक योजनाहरु सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवाहरु राखेर सार्वजानिक सुनुवाईमार्फत अगाडि बढाउन निर्देशन दिए।

मन्त्री भट्टराईले भने, ‘यदाकता कोही बिचौलियाका स्वार्थमा पनि काम हुने गरेको गुनासो सुन्ने गरिएको छ, त्यस्तो काम जो कोहीले गरेको भएपनि राम्रो होइन। जे गर्ने हो त्यो पशुपतिको हितलाई ध्यानमा राखेर मात्र गर्नुहोला।’

गत पुस २६ मा मन्त्री भट्टराईले ८ घण्टा पशुपति क्षेत्रको स्थलगत भ्रमण गरेका थिए। सो भ्रमणका क्रममा तत्कालीन र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ४८ बुँदे निर्देशन दिएका थिए। त्यसको कार्यन्वयनको अवस्थाबारे बुझ्न ६ महिनापछि आज मन्त्री भट्टराईले कोषको कार्यलयमै समीक्षा बैठक राखेका हुन्।

कोषको गोठाटारको जग्गा अतिक्रमण बारे हिजो मात्रै विभिन्न संचार माध्यमहरुमा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री भट्टराईले भने, ‘छिट्टै चार किल्ला निश्चित गरेर आफ्नो जग्गामा तारबार गर्नुस्, कसैले कोषको जग्गामा संरचना बनाएको छ भने ती पनि हटाउनुस्।’

मन्त्री भट्टराईले निश्चित समयसम्मका लागि स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुला गर्नेगरि तयारी शुरु गर्न निर्देशन समेत दिए।

सम्बन्धित सामग्री

आर्थिक लेनदेनमा लागे कारबाही : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन्। पशुपति क्षेत्र विकास कोषको आधिकारीक वेबसाइट, मोबाइल एप्स सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक लेनदेन र गलत क्रियाकलापमा लाग्ने कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका हुन्।

नागरिक दैनिक

स्वर्ग जाने बाटोमा बसेर नर्क जाने काम नगर्नू

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन्। पशुपति क्षेत्र विकास कोषको आधिकारिक वेबसाइट, मोबाइल एप्स सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक लेनदेन र गलत क्रियाकलापमा लाग्ने कोषका पदा...

थाहा खबर

पशुपतिको सम्पत्तिमा व्यक्ति र स्वार्थ समूहले आँखा गाडे : पर्यटनमन्त्री

२८ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिरको सम्पत्तिमा व्यक्ति तथा समूहहरुले आँखा गाडेको बताएका छन् । आइतबार पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले निजी स्वार्थका लागि पशुपतिनाथको सम्पत्तिमा …

अनलाइनखबर

विचौलियाको हितमा काम नगर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिएका छन् । आज कोषको समिक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले वृहत्तर पशुपति क्षेत्र विकास अन्र्तगतका हरेक योजनाहरु सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, …

राजधानी दैनिक

पशुपति क्षेत्रको सौन्दर्यीकरण गर्छौं : मन्त्री भट्टराई

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्यीकरण गरिने बताएका छन्।​ पशुपति मन्दिरको दक्षिण द्वारको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन्। सो द्वार नेपाल एसबीआई बैंकको लगानीमा निर्माण भएको हो।  ...

थाहा खबर

पशुपती क्षेत्रको सौन्दर्यता विकास गरिने

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपती क्षेत्रको सौन्दर्यता विकास गरिने बताएका छन्। पशुपती मन्दिरको दक्षिण द्वारको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले पशुपती क्षेत्रको सुन्दरतामार्फत भक्तजनहरुलाई धार्मिक र पवित्र तिर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी पशुपति क्षेत्रको विकास गर्न लागिएको बताए।

नागरिक दैनिक