काठमाण्डौमा ३ हजार जनाकाे नमुना परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना भेटियो

काठमाण्डाै – सरकारले काठमाण्डौमा समुदायस्तरमा कोरोना भाइरसकाे सङ्क्रमण फैलिएको पुष्टि हुन बाँकी रहेको जनाएको छ । इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले अहिलेसम्मको नतिजाले काठमाण्डाैमा समुदायस्तरमा फैलिएको मान्न नसकिने बताउनुभयो ।

महाशाखाका निर्देशक पाण्डेले कोरोना सङ्क्रमणको दर घट्दै गएको र काठमाण्डौ उपत्यकामा बढ्दै गएको आशङ्कामा १२ वटा ठाउँबाट नमुना सङ्कलन गरिएको बताउनुभयो । अहिलेसम्म तीन हजार जनाको नमुना परीक्षण गर्दा जम्मा तीन जना व्यक्तिमा सङ्क्रमण देखिएको, उनीहरु अन्य कतैबाट नआएकाे पाइएकाे र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

डा. पाण्डेले काठमाण्डौका बैंक, कर कार्यालय, अस्पताल, भिडभाड हुने ठाउँमा जाँच भइरहेको बताउनुभयो । यी ठाउँका पाँच सय पाँच जनाको नमुना परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण नदेखिएको उहाँले बताउनुभयो । उहाँले देशैभरि परीक्षणको दायरा बढाइएको पनि बताउनुभयो । 

यस्तै सरकारले नेपालमा कोरोना सङ्क्रमितमध्ये शून्य दशलमव ३ प्रतिशतमा मात्रै लक्षण देखिएको बताएको छ । नेपालमा सङ्क्रमितमध्ये जम्मा शून्य दशमलव २१ प्रतिशत अर्थात् ३८ जनाको मृत्यु भएको र तीमध्ये पनि धेरै दीर्घरोगी रहेको बताउनुभयो ।   

सम्बन्धित सामग्री

काठमाण्डाै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले काठमाण्डाै उपत्यकामा अहिलेसम्म १२ हजार दुई सय ४८ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । तीमध्ये १० हजार सङ्क्रमित काठमाण्डाै जिल्लाका मात्रै रहेका छन । काठमाण्डाैमा महिला तीन ह...

उज्यालो अनलाइन

सङ्क्रमित देखिएकै ठाउँमा गएर नमूना सङ्कलन गरिने

काठमाडौँ उपत्यकामा कोभिड–१९को सङ्क्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । बन्दाबन्दी खुलेसँगै बाहिरबाट भित्र्ने मानिस र उपत्यकामा पनि भीडभाड बढेसँगै उपत्यकामा दैनिक सङ्क्रमित फेला परिरहेका छन् । दैनिक सङ्क्रमित फेला पर्न थालेपछि जहाँ सङ्क्रमित देखिएका छन् त्यही गएर नमूना सङ्कलनको कार्यलाई इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीव्रता दिएको छ । महाशाखाले पहिले उपत्यकामा समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर परीक्षण गरेकोमा अहिले जुन ठाउँमा सङ्क्रमित देखिएका छन् त्यहीँ ठाउँमा गएर नमूना सङ्कलन गरिने महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

गोरखापत्र

काठमाडौँ उपत्यकामा ४ हजारमा कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमण

काठमाडौँ । काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । महाशाखाले काठमाडौँ …

राजधानी दैनिक

'समुदायमा छैन कोरोना, काठमाडौंमा यसकारण बढ्दैछन् संक्रमित'

काठमाडौं : सरकारले अहिलेसम्म कोरोना संक्रमण समुदायमा नगएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. वासुदेव पाण्डे यसबारे बताएका हुन्।  'नेपालमा अहिलेसम्म कोरोना संक्रमण समुदायमा गएको छैन', उनले नियमित ब्रिफिङमा भने, 'ध...

थाहा खबर

भारतबाट नेपाल आएका थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ - थप चार जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । काठमाण्डौको टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका र पर्साका दुई दुई जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो । ...

उज्यालो अनलाइन

नेपालमा थप एक जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ३१ पुग्यो

काठमाण्डौ - नेपालमा कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँले शुक्रबार उदयपुरमा सङ्क्रमण देखिएका १२ जनाको समूहकै व्यक्तिमा आज परीक्षणका क्रममा सङ्क्रमण द...

उज्यालो अनलाइन