बाराबाट पेस्तोल सहित दुईजना युवा पक्राउ

बाराको सिम्रौनगढ नगरपालिका–६ मा रहेको विद्यायक होटलबाट प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ–४ घर भएका ३५ वर्षीय राजेश प्रसाद यादब र २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहा छन् । आरोपीहरुको साथबाट एउटा अमेरिकन पेस्तोल र दुईथान म्याग्जिन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले रातोपाटीलाई बताए । प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले मंगलबार ‘मेडइन युएसए–७७७७०’ नम्बर लेखि