पशुपती क्षेत्रको सौन्दर्यता विकास गरिने

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपती क्षेत्रको सौन्दर्यता विकास गरिने बताएका छन्। पशुपती मन्दिरको दक्षिण द्वारको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले पशुपती क्षेत्रको सुन्दरतामार्फत भक्तजनहरुलाई धार्मिक र पवित्र तिर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी पशुपति क्षेत्रको विकास गर्न लागिएको बताए।

त्यसका लागि पशुपती क्षेत्रभित्र जिर्ण रहेका संरचनाहरुको पुननिर्माण गर्ने र सरसफाईमा उच्च ध्यान दिने कामहरु बाँकी रहेको मन्त्री भट्टराईले बताए। पशुपती क्षेत्रको समग्र विकासका लागि गुरु योजना तयार पारिएको र मन्त्रिपरिषद्बाट पारित भएपछि संरचना निर्माणका कार्यहरुले गति लिने बताए। उनले एसबीआई बैंकले समाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेको दक्षिण द्धारको सुन्दरताले भक्तजनहरुलाई पवित्र धार्मिक स्थलमा प्रवेश गरेको अनुभूति गराउने बताए।  

पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपती क्षेत्र कस्तो बन्ने भन्ने विषयमा गुरुयोजना तयार भइसकेको र सोही अनुसार नै यसको सौन्दर्यता कायम गरिने बताए। उनले विश्वमा नै हिन्दुहरुको प्रमुख तिर्थस्थलको केन्द्र र पर्यटकहरुका लागि आकर्षणको केन्द्रका रुपमा पशुपती क्षेत्रलाई विकास गरिएको बताए।  

कार्यक्रममा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागरले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पवित्र धार्मिक स्थलको प्रवेश द्धार निर्माण गर्न पाउँदा खुशि लागेको बताए। बैंकले पशुपती क्षेत्रको दक्षिण तर्फको प्रवेश द्धार, जुत्ता राख्ने घर, एटिएम घर लगाउएका संरचना निर्माण गरेको छ। 

प्रकाशित: २३ असार २०७७ १२:३१ मंगलबार

पशुपती क्षेत्र

सम्बन्धित सामग्री

पशुपति क्षेत्रको अतिक्रमण स्वीकार्य छैन : पर्यटनमन्त्री

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पशुपति क्षेत्रको अतिक्रमण स्वीकार्न नसकिने बताएका छन्।  पशुपति क्षेत्र विकास कोषले गुरु योजना बनाएपछि केही दिनदेखि यता स्थानीयले विरोध गर्दै आएका छन्। गुरु योजनामा पशुपति क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बनाएकोले त्यस क्षेत्रमा नयाँ संरचना नि...

थाहा खबर

पशुपतिको सम्पत्तिमा व्यक्ति र स्वार्थ समूहले आँखा गाडे : पर्यटनमन्त्री

२८ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिरको सम्पत्तिमा व्यक्ति तथा समूहहरुले आँखा गाडेको बताएका छन् । आइतबार पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले निजी स्वार्थका लागि पशुपतिनाथको सम्पत्तिमा …

अनलाइनखबर

विचौलियाको हितमा काम नगर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिएका छन् । आज कोषको समिक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले वृहत्तर पशुपति क्षेत्र विकास अन्र्तगतका हरेक योजनाहरु सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, …

राजधानी दैनिक

पशुपति क्षेत्रको सौन्दर्यीकरण गर्छौं : मन्त्री भट्टराई

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्यीकरण गरिने बताएका छन्।​ पशुपति मन्दिरको दक्षिण द्वारको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन्। सो द्वार नेपाल एसबीआई बैंकको लगानीमा निर्माण भएको हो।  ...

थाहा खबर