अमेरिकी ग्रीनकार्ड सुविधा ६० दिनका लागि स्थगित गरिने

तस्वीर कपीराइट AFP
Image caption अमेरिकामा कोरोनाभाइरसबाट सबैभन्दा बढी मानिस सङ्क्रमित भएका छन्

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासनमा लगाइएको रोक ६० दिनसम्म कायम रहने र ग्रीनकार्ड अर्थात्‌ स्थायी बसोबासका आकाङ्क्षी विदेशी नागरिकका हकमा मात्रै त्यो लागु हुने बताएका छन्।

सोमवार राति अस्पष्ट ट्वीट गर्दै ट्रम्पले उक्त कदमले रोजगारी गुमाएका अमेरिकीहरूको रक्षा गर्ने दाबी गरेका थिए।

पछिल्लो आदेश अस्थायी रूपमा अमेरिका प्रवेश गर्नेहरूको हकमा चाहिँ लागु हुने छैन।

कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आफ्नो प्रशासनले गरेका कामबाट ध्यान मोड्न ट्रम्पले पछिल्लो कदम चालेको आलोचकहरूले बताएका छन्।

  • 'कोरोनाभाइरसका कारण अमेरिकी आप्रवासनमा अस्थायी प्रतिबन्ध लगाइने'
  • माग घटेपछि अमेरिकी तेलको मूल्य पहिलो पटक 'ऋणात्मक'

लम्बिन सक्ने

ट्रम्पका अनुसार यस विषयमा कार्यकारी आदेशको लिखित दस्तावेज तयार गर्ने काम भइरहेको छ र ह्वाइट हाउसका वकिलहरूले बुधवारसम्म त्यसलाई हस्ताक्षरयोग्य बनाउने सम्भावना छ।

ग्रीनकार्डका आकाङ्क्षी विदेशी नागरिकमाथि लगाइने भनिएको रोक अमेरिकी अर्थतन्त्रको अवस्था हेरेर लम्ब्याइन सक्ने राष्ट्रपति ट्रम्पले बताएका छन्।

नियमित पत्रकार सम्मेलनका क्रममा उनले लाखौँ अमेरिकीले कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्न र एकअर्काको ज्यान जोगाउन रोजगारी त्याग गरेको बताए।

र, उनीहरूले ती अवसर फिर्ता पाऊन् भन्ने कुराको प्रत्याभूति दिलाउनु सरकारको कर्तव्य रहेको ट्रम्पको भनाइ छ।

तस्वीर कपीराइट Getty Images
Image caption ग्रीनकार्डका आकाङ्क्षी विदेशी नागरिकमाथि लगाइने रोक अमेरिकी अर्थतन्त्रको अवस्था हेरेर लम्ब्याइन सक्ने राष्ट्रपति ट्रम्पले बताएका छन्

कोरोनाभाइरस महामारीका कारण रोजगार गुमाएका व्यक्तिहरूलाई अन्य देशबाट आएका आप्रवासीसँग प्रतिस्थापन गर्नु 'गलत र अन्यायपूर्ण' हुने ट्रम्पले टिप्पणी गरे।

पछिल्ला चार हप्तामा दुई करोडभन्दा बढी अमेरिकी नागरिकले आफ्नो नाम बेरोजगारको रूपमा दर्ता गराएका छन्।

नियन्त्रण

त्यो पछिल्लो दशकमा रोजगारदाताहरूले जागिर उपलब्ध गराएका भनिएका मानिसहरूको सङ्ख्याको बराबरजस्तै हो।

हालसम्म अमेरिकामामा आठ लाख २० हजारभन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको विश्वव्यापी रूपमा महामारीको अभिलेख राखिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ।

अघिल्लो महिना अमेरिकाले महामारीको कारण आप्रवासीहरू सहितका लागि प्रवेशाज्ञा दिन स्थगन गरिएको जनाएको थियो।

  • के हो? वास्तवमा के हो कोरोनाभाइरस
  • कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
  • के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
  • के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
  • कतिचोटि? के दोहोर्‍याएर सङ्क्रमण हुन सक्छ
  • भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
  • भिडिओ: हात यसरी धुनुपर्छ
  • भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

अमेरिकाले क्यानडा र मेक्सिकोसँग सीमामा अत्यावश्यकबाहेक अरू आवतजावतमा लगाइएका प्रतिबन्धहरूलाई थप अवधि कायम राख्ने सहमति गरिसकेको छ।

कोरोनाभाइरसका कारण बढी प्रभावित युरोपेली देशहरूबाट आवतजावत पनि नियन्त्रण गरिएको छ र चीनबाट रोजगार भिसावाहक, विद्यार्थी र व्यवसायीहरूलाई यात्रा गर्न छुट दिने भनिएको छ।

हालैका हप्ताहरूमा सङ्कटकालीन अधिकारहरूको प्रयोग गरी कागजपत्रविहीन हजारौँ आप्रवासीलाई अमेरिका-मेक्सिको सीमाबाट फर्काइएको थियो।

सम्बन्धित सामग्री

ग्रीन कार्ड स्थगित गर्ने आदेशमा ट्रम्पले गरे हस्ताक्षर

अहिलेलाई ग्रीन कार्ड दिने काम ६० दिनका लागि स्थगित गरिएको भए पनि त्यो अवधि लम्बिन सक्ने डोनल्ड ट्रम्पले बताएका छन्।

बीबीसी नेपाली

अमेरिकी ग्रीनकार्ड रद्द, डिभी लोट्री पनि स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रीनकार्ड र आप्रवासमा रोक लगाउनेसम्बन्धी कार्यकारी निर्णयमा हस्ताक्षर गरेका छन्।  पछिल्लो कदमसँगै अमेरिका प्रवेशका लागि बाटो खुलेकोमा ढुक्क भएका केही मानिसहरुको ग्रीनकार्ड रद्द हुने भएको छ। अमेरिकी नागरिकको रोजगारी सुरक्षित गर्न यो कदम चालिएको ट्रम्पले उल्लेख गरेका छन्। ...

थाहा खबर

अमेरिकामा ग्रिनकार्ड दुई महिनाका लागि स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोवासका लागि नयाँ अनुमति (ग्रिनकार्ड ) दिने कार्य

नयाँ पत्रिका

अमेरिकामा ग्रिनकार्ड, अस्थायी भिसा प्रक्रिया दुई महिनाका लागि स्थगित

वाशिङ्‌टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रिनकार्ड प्रक्रियालाई दुई महिनाका लागि स्थगित

बाह्रखरी

अमेरिकामा ग्रिनकार्ड प्रक्रिया दुई महिनालाई स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रिनकार्ड प्रक्रिया र आप्रवासन दुई महिनाका लागि स्थगित गर्ने

नयाँ पत्रिका

अमेरिकी ग्रिनकार्ड ६० दिनका लागि बन्द गर्ने ट्रम्पको घोषणा

१० बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन् । यसअघि ट्रम्पले ट्वीट गरेर आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने जानकारी दिएका थिए …

अनलाइनखबर

चीन र अमेरिकाबीचको सुरक्षा बैठक स्थगित

चीनले अमेरिकासँगको सुरक्षा बैठक स्थागित गरेको छ । अमेरिकाका रक्षा सचिव जिम म्याटिससँगको बैठक चीनले स्थगित गरेको हो । बैठक अक्टोबरमा बस्ने जनाइएको थियो । अमेरिकी अधिकारीहरुले चीनले बैठक स्थगित गरेको जनाएका छन् । चीनका अधिकारीहरुका अनुसार दुई देशको बैठक कहिले बस्छ भन्ने कुनै निश्चित समय निर्धारण भएको छैन् । हातहतिया...

उज्यालो अनलाइन

ट्रम्पले रद्द गरे उत्तर कोरियाली नेता किमसँगको वार्ता

१० जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता रद्द गरेका छन् । किम र ट्रम्पबीच जुन १२ तारिखमा सिंगापुरमा वार्ता गर्ने तयारी थियो । ट्रम्पले किमलाई एक पत्र लेख्दै पछिल्लो दिनमा विकसित परिस्थितिमा वार्तामा बस्नु उपयुक्त नभएको भन्दै वार्ता स्थगित गर्ने जानकारी दिएका छन् । तर, …

अनलाइनखबर