
नेपालमा विगत २४ घण्टामा थप २९३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
यो वृद्धिसँगै आइतवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १५,७८४ पुगेको छ।
तीमध्ये ६,५४७ जना निको भएका छन् भने ३४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
निको भएर घर फर्कनेहरूको कुल सङ्ख्या ६,५४७ पुगेको छ।
- नेपालमा दिनदिनै यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण
- प्रतिदिन १० हजारवटा परीक्षण हुन सकेन, सरकार भन्छ 'आवश्यक छैन'
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,२०३छ।
क्वारन्टीनमा अहिले ३१,५७३ जना छन्।
नेपालमा सर्वाधिक प्रदेश नं २ मा ४,१६० जना र प्रदेश नं ५ मा ३,९६८ जना रकोभिड-१९ भएका व्यक्ति भेटिएका छन्।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।
असार २१ गते आइतवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क
१५,७८४कुल सङ्क्रमण
१३२२४ घण्टामा घर फिर्ता
विगत २४ घण्टामा पीसीआर परीक्षण ४,७१०
सक्रिय सङ्क्रमित९,२०३
देशभरि क्वारन्टीनमा३१,५७३
अहिलेसम्म निको६,५४७
पछिल्लो २४ घण्टामा ४,७१० जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन