१५ औँ दरबारमार्ग महोत्सवको तयारी पूरा

काठमाण्डौ – नेपाली नयाँ वर्ष २०७९ को अवसरमा भोलि वैशाख ३ गते काठमाण्डौको दरबारमार्गमा हुन गइरहेको १५ औँ दरबारमार्ग महोत्सवको तयारी पूरा भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवम् पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारासहित यो महोत्सव आयोजना हुन लागेको हो ।  महोत्सव नेपाल उद्योग वाणिज्य महासङ्घ, महासङ्घको सदस्य रेस्टुरेन्ट एन्ड बार एसोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँगको सहकार्य र मुख्य प्र...