आफ्नै अड्डामा मन्त्री भट्टराईको छड्के निरीक्षण : कतै फोहर, कतै कर्मचारी अनुपस्थित

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मङ्गलबार मन्त्रालयमा छड्के निरीक्षण गर्नुभएको छ । मन्त्री भट्टराईले आफू मातहत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखामा मङ्गलबार छड्के निरीक्षण गर्नुभएको हो ।

निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाइएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई कर्मचारी के कारणले उपस्थित हुन नसकेको हो बुझेर कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

मन्त्री भट्टराईले कार्यालयको सरसफाइ र कार्यालयको लेआउटमा ध्यान दिनसमेत कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

सरकारको निर्णय अनुसार कार्यालय दुई शिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नकाे लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिनुभएको छ । 

सम्बन्धित सामग्री

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ। शनिबार साँझ फेसकुकमा स्टाटस लेख्दै मन्त्री भट्टराईले आफूलाई कोरोना संक्रमण भएको जानकारी...

पर्यटनमन्त्रीले गरे एसिड पीडित बालिका खातुनलाई नगद सहयोग

२१ भदौ, काठमाडौं । संस्कृृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जन्मदिनको उपलक्ष्यमा एसिड पीडित बालिका मुस्कान खातुनलाई नगद सहयोग गरेका छन् । मन्त्री भट्राईको सचिवालयका अनुसार भट्टराईले उनलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरेका …

अनलाइनखबर

पर्यटनमन्त्रीको छड्के निरीक्षण

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मन्त्रालय मातहतका काम कारबाहीलाई परिणाममुखी बनाउन मन्त्री भट्टराईले आज मन्त्रालयका विभिन्न महाशाखाको छड्के निरीक्षण गरेका हुन् ।

नागरिक दैनिक

मन्त्रालयमा पर्यटनमन्त्रीको छड्के निरिक्षण

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मन्त्री भट्टराईले आफु मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखाहरुमा मंगलवार छड्के निरीक्षण गरेका हुन् । निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाईएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिह तामाङलाई कर्मचारी के कारणले उपस्थित …

राजधानी दैनिक

पर्यटन मन्त्रीले गरे आफ्नै मन्त्रालयमा छड्के अनुगमन

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन्।  मन्त्री भट्टराईले आफु मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्‍न शाखाहरुमा मंगलबार छड्के निरीक्षण गरेका उनका एक सहयोगीले जानकारी दिए।  निरीक्षणका क्रममा केही शाखामा कर्मचार...

थाहा खबर

पर्यटन श्रमिकलाई सुरक्षा दिन मन्त्रीको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन सम्बद्ध संघ संस्थाका प्रमुखहरुसँग ‘भिडियो कन्फरेन्स’ गरेका छन् । मन्त्री भट्टराईले ‘भिडियो कन्फरेन्स’ गरेर कोरोना भाइरसको विश्वव्यापी महामारीबाट पर्यटन क्षेत्रमा जारी असर, पर्यटन क्षेत्रका श्रमिक तथा कर्मचारीहरुको सबै खालका सुरक्षा र आगमी कार्ययोजना बारेमा छलफल गरेका हुन् ।

कारोबार दैनिक